‘रोजगारीको खानी हो आइटी क्षेत्र’
आइटी क्षेत्रमा अहिलेका युवापुस्ताको स्टार्टअपको संस्कृतिलाई अगाडि बढाएका छन् । स्टार्टअप सुरुवातमा नै कर लगाउनु हुँदैन भन्ने हाम्रो मान्यता छ ।
उपन्यास
हिमालकी छोरी
लाक्पा फुटी शेर्पाको दोस्रो कृति ‘हिमालकी छोरी’ उपन्यास बजारमा आएको छ । स्वीट्जरल्यान्डका नागरिकसँग विवाह गरेपछि भोगेका जीवनका विविध पाटा यो उपन्यासमा समेटिएको छ । यो उपन्यास नेपालका महिला एवं पश्चिमका महिलाबीचको फरक तथा समानताको तुलनात्मक अध्ययन हो । पुस्तकको आधा भागमा नेपाल र बाँकी भागमा स्वीट्जरल्यान्डको सेरोफेरो समेटिएको छ । यो उपन्यास एउटी महिलाले आमा तथा छोरी भएर जीवन बिताउन कति कठिन छ भन्ने कुरामा केन्द्रित छ । फरक धर्म, भाषा, संस्कृति, परम्परा एवं रहनसहन भएको ठाउँमा जिउन कति गार्हो हुन्छ त्यसको स्पष्ट चित्र पनि यसमा छ । लाक्पा फुटी ट्रस्टले बजारमा ल्याएको यो उपन्यासको मूल्य ५ सय रुपैयाँ राखिएको छ ।