‘क्षमता र धैर्य भए महिलाका लागि अवसरै–अवसर’
लामो समयदेखि मोडलिङ क्षेक्रमा सत्रिय धादिङकी शिला गजुरेलले डेढ सयभन्दा बढी म्युजिक भिडियो तथा कमर्सियल विज्ञापनमा अभिनय गरिसकेकी छिन् ।
दुर्गा बन्जाडे, योजना अधिकृत, राष्ट्रिय योजना आयोग
टंक बन्जाडे, चार्टर्ड एकाउन्टेन्ट
अघिपछि भाइको हातबाट पैसा नपाइने तर तिहारमा भने भाइले आफूलाई दक्षिणास्वरूप नगद दिने हुनाले दुर्गा बन्जाडेलाई बाल्यकालको तिहारको स्वादै अर्को लाग्थ्यो । अर्घाखाँचीमा बाल्यकालको तिहार मनाएका यी दिदीभाइ दसैंपछि पूर्णिमाका दिन भणारथुममा लाग्ने एकदिने मेलामा जेरी कुर्दाकुर्दै अबेर भएका कारण घरमा गाली खानुपरेको क्षण जीवनकै अविस्मरणीय भएको बताउँदै भन्छन्–‘उक्त एकदिने मेलाको रमाइलै अर्कै हुन्थ्यो । जति साँझ पर्दै गयो भोलिपल्ट बेच्न नपाइने भएकाले जलेबीको मूल्य त्यति नै कम हुँदै जान्थ्यो । कुन जलेबी पसलमा रास घट्दै जान्छ र सस्तोमा किनौंला भनेर बस्दाबस्दै साँझ छिप्पिसकेको थाहै भएन ।’ सानोमा कसले धेरै पायो, को पहिले खेल्न जान पायो, अभिभावकले कसलाई कति दिए भन्ने कुरामा यी दिदीभाइको निक्कै झगडा पथ्र्यो तर क्रमश: समय बित्दै जाँदा दुवैमा परिपक्वता आउँदै गयो । अहिले उनीहरूको सम्बन्ध नङ र मासुको जस्तै छ । दुर्गा भन्छिन्–पहिलेको तिहारमा दक्षिणा र उपहारमा केन्द्रित भइन्थ्यो । विवाहपछि माइतीघरमा गएर भाइलाई टीका लगाउँदा भातृत्व प्रगाढ भएको महसुस भयो । उपहार एवं दक्षिणा गौण हुँदै गए भने आफ्नोपन, निकटता, भ्रातृत्व आदि कुराले बढी भूमिका खेल्न थाले । टंकका अनुसार उनीहरू दिदीभाइ कम एक–अर्काका सहयोगी बढी छन् । दुवैले एक–अर्काको भावना सहज रूपमा बुझ्छन् । टंक सानादेखि ठूला निर्णयसम्ममा दिदीको सुझाव लिन्छन् । दुर्गा पनि भाइलाई साथी, अभिभावक एवं असल भाइ भन्छिन् । ३ वर्षदेखि दुर्गाले न्युजिल्यान्डमा बस्ने भाइसँग स्काइपमा तिहार मनाउँदै आएकी छिन् ।