Successfully Copied

अन्तराष्टिय प्याजेनमा मिस नेपालका तीनै जना

मिस इन्टरनेसनलकी प्रतियोगीका रूपमा मेधाले पनि मुस्कान शीर्षकमा भिडियो प्रस्तुति तयार पारेकी छन् । उनले मुस्कान सेवा नेपालका १३ अनाथ बालबालिकालाई नेपाल म्युजिक सेन्टरमा संगीत प्रशिक्षणमार्फत् भूकम्पपछिको मनोवैज्ञानिक त्रास हटाउन र क्षमता अभिवृद्धिका लागि सघाएकी थिइन् ।

यस वर्षका मिस नेपालका साथमा फस्ट रनर अप तथा सेकेन्ड रनरअपले आफूले प्रतिनिधित्व गर्ने छुट्टाछुट्टै तीन अन्तर्राष्ट्रिय ब्युटी पेजेन्टमा प्रतिस्पर्धाका लागि जाने तयारी पूरा गरेका छन् । मिस वल्र्डमा भाग लिनका लागि मिस नेपाल इभाना मानन्धर मंसिर ५ मा चीनको सान्या प्रस्थान गर्नेछिन् भने मिस अर्थमा सहभागी हुन मिस नेपाल फस्ट रनरअप दिव्यता वैद्य मंसिर १ मा अस्ट्रियाको भियना र सेकेन्ड रनरअप मेधा कोइराला मिस इन्टरनेसनलका लागि शनिबार नै जापान उड्कि छिन् । मिस इन्टरनेसनल कातिर्क १९ मा सम्पन्न हुँदै छ । हिडेन ट्ेरजरले तीनै सुन्दरीको अन्तिम तयारी पूरा भइसकेको शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । मिस नेपालका उत्कृष्ट तीनले नै आफ्ना अन्तर्राष्ट्रिय स्पर्धाका लागि झन्डै पाँच महिनादेखि कडा प्रशिक्षण गरेको आयोजक हिडेन ट्रेजरका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतीले जनाए ।  मिस इन्टरनेसनलकी प्रतियोगीका रूपमा मेधाले पनि मुस्कान शीर्षकमा भिडियो प्रस्तुति तयार पारेकी छन् । उनले मुस्कान सेवा नेपालका १३ अनाथ बालबालिकालाई नेपाल म्युजिक सेन्टरमा संगीत प्रशिक्षणमार्फत् भूकम्पपछिको मनोवैज्ञानिक त्रास हटाउन र क्षमता अभिवृद्धिका लागि सघाएकी थिइन् । त्यसबाहेक मेधाले झ्याउरे तामाङ सेलो मिक्स डान्स प्रस्तुत गर्ने र एकल गायनको प्रस्तुति दिनेसमेत तयारी पूरा गरेको बताइन् ।

 Image