Successfully Copied

साडी रोज्दा ध्यान पुर्‍याऔं

महिलाको सुन्दरता, शालीनता, यौवन एवं व्यक्तित्वमा साडीले ठूलो प्रभाव पार्छ। नेपाली महिलाहरूको प्रमुख पहिरनमध्ये साडी पनि एक हो।

महिलाको सुन्दरता, शालीनता, यौवन एवं व्यक्तित्वमा साडीले ठूलो प्रभाव पार्छ। नेपाली महिलाहरूको प्रमुख पहिरनमध्ये साडी पनि एक हो। समय र अवस्थाअनुसार साडीको स्वरूप एवं शैलीमा परिवर्तन हुँदै आएको छ। बार्‍ह हाते लामो साडीदेखि रेडिमेड साडीको शैलीसम्म आइपुग्दा साडीको स्वरूपमा निकै परिवर्तन देखा परेको छ।

कसरी छनोट गर्ने ?

–युवतीहरूले साडी लगाउन झन्झट महसुस गर्छन् तसर्थ युवतीहरूका लागि सिफन, जर्जेट, नेटजस्ता फेब्रिकका हलुका साडी उपयुक्त हुन्छन्।

–युवतीहरूले ब्राइट, पिंक, ग्रीन, एलो आदि क्यान्डी कलर छनोट गर्नुपर्छ।

–युवतीहरूको फिगर राम्रो हुन्छ र बडी पनि फिट र टोन्ड हुन्छ, त्यसैले उनीहरूले साडीका साथमा मज्जाले एक्सपेरिमेन्ट गर्न सक्छन्।  साडीमा बस्टियर, हल्टर ब्लाउज, सर्ट, ज्याकेट वेल्ट, ट्राउजर, प्रिन्टेड पेटिकोट आदि प्रयोग गर्न सकिन्छ।

–हेभी वर्क भएको वा प्रिन्टेड साडी लगाउँदा परिपक्व देखिने भएकाले युवतीहरूका लागि त्यति उपयुक्त मानिँदैनन् ।

–हेभी ज्वेलरीको साटो डेलिकेट ज्वेलरी लगाउनुपर्छ।

कुन अवसरमा कस्तो साडी ?

–ककटेल पार्टीमा जानु छ भने गाउन साडी उपयुक्त हुन्छ ।

–साथीको इंगेजमेन्ट पार्टीमा जानु छ भने सेक्सी लुकका लागि सिफनको साडीका साथमा बस्टियर लगाउनुपर्छ ।

–फर्मल वा कर्पोरेट मिटिङका लागि साडीका साथमा ज्याकेट वा बेल्ट सुहाउँदो हुन्छ ।

शरीर मोटो भएकाहरूका लागि

–मोटो शरीर भएका महिलाहरूले त्यस्तो साडी छनोट गर्नुपर्छ जसमा मोटोपन लुक्न सक्छ ।

–पारदर्शी साडीबाट जोगिनुपर्छ ।

–सिफन, जर्जेट तथा सिल्कको लाइट वेट साडी लगाउँदा स्लिम देखिन सकिन्छ ।

–धेरै हाइ वा लो नेक ब्लाउजबाट जोगिनुपर्छ, यसबाट अपर बडी हेभी देखिन्छ । ब्लाउजको नेक सात इन्च हुनुपर्छ ।

–साडी नाभीभन्दा धेरै मुनि लगाउनु हुँदैन, साडी थोरै माथि लगाउँदा पेट ठूलो देखिँदैन ।

–स्लिभलेस ब्लाउज लगाउँदा अझ बढी मोटो देखिने हुनाले त्यस्ता पहिरन छनोट गर्नु हुँदैन बरु केप स्लिभ प्रयोग गर्न सकिन्छ ।

–स्टार्च वा मोटो फेब्रिकको साडी लगाउनु हुँदैन ।

–ठूल्ठूला प्रिन्ट्स र हेभी इम्ब्रोइडरीयुक्त साडी पनि उपयुक्त मानिँदैन।

परिपक्व महिलाले कस्तो साडी लगाउने ?

–४० वर्षपछि साडी छनोट गर्दा पर्याप्त ध्यान पुर्‍याउनुपर्छ । यो उमेरमा धेरै एक्सपेरिमेन्ट गर्नु हुँदैन ।

–विवाह जस्तो विशेष अवसरमा बनारसी, चँदरीजस्ता एलिगेन्ट साडी लगाउनुपर्छ ।

–फ्लोरल प्रिन्ट, ह्यान्डलुम आदि राम्रो रोजाइ हुनसक्छन् ।

–साधारण ब्लाउज लगाउनुपर्छ ।

–हेभी वा चंकी ज्वेलरीबाट जोगिनुपर्छ । डेलिकेट तथा क्लासी ज्वेलरी लगाउनुपर्छ ।

उचाइ कम छ भने

–उचाइ कम भएका महिलाहरूले सार्प कन्ट्रास्टबाट जोगिनुपर्छ । जस्तै रेडका साथमा ग्रीनको कम्बिनेसनको साटो रेडका साथमा पिंकको कम्बिनेसन उत्तम हुन्छ । टोन अन टोन सेड छनोट गर्दा अग्लो देखिन सकिन्छ, तर कन्ट्रास्ट कलर छनोट गर्दा उचाइ कम देखिन्छ ।

–ठूलो र बोल्ड प्रिन्ट लगाउनु हुँदैन । यसबाट उचाइ कम देखिन्छ । सानो र डेलिकेट प्रिन्ट्स उत्तम हुन्छ ।

–यसैगरी हेभी इम्ब्रोइडरी र मोटो फेब्रिक भएको साडीबाट जोगिनुपर्छ ।

–उचाइ कम छ र मोटाइ बढी छ भने डार्क कलरको साडी लगाउनुपर्छ ।

–चौडा बोर्डर भएको साडी लगाउनु हुँदैन । २–३ इन्चको बोर्डर पर्याप्त हुन्छ ।

अफिसका लागि

–जर्जेट, सिफन तथा सिल्कका प्रिन्टेड साडी लगाउन सकिन्छ । यस्ता साडीका साथमा पर्ल र डायमन्डको ज्वेलरी क्यारी गर्न सकिन्छ ।

–अफिसमा पिंक, पिच, एक्वा, ओलिभ ग्रीनजस्ता सफ्ट र फ्रेस रंगका साडी लगाउनुपर्छ ।

–अफिसमा धेरै इम्बेलिस्ड साडी लगाउनु ठीक हुँदैन ।

–मिटिङ वा प्रेजेन्टेसनमा साडीका साथमा ब्लेजर वा ज्याकेट लगाउन सकिन्छ ।

न्यु साडी ट्रेन्डस्

–रेडी टु वेयर साडी

–लेहेंगा साडी

–गाउन साडी

–धोती साडी

–साडी विद बेल्ट

–साडी विद व्याकेट

–साडी विद ट्राउज

 Image