कियानले ल्याएको खुसी
किरणले सबैलाई चकित पार्ने गरी खेल मैदानबाटै चिच्याए, ‘कञ्चन विल यु म्यारी मी ?’ घुँडा टेकेर हातमा हीराको औँठी बोकिरहेका किरणलाई सबैले एकतमासले हेरे । कञ्चन खुसी भएर मैदान छिरिन् ।
हिन्दु धर्म धार्मिक पुजा पाठमा जलले भरिएको कलशको निकै महत्व रहन्छ । जलले भरिएको कलश मन्दिरमा सागरको प्रतिक मानिन्छ । साथै धार्मिक कर्मकाण्डको समयमा कलश अध्यात्मिक तथा सात्विक उर्जाको संग्रह पनि मानिन्छ । कलशमा आम तथा पिपलको पात , नरिवलको पातले सजाइन्छ । पुजा समाप्त भएपछि यो जलले समस्त परिवारमा छर्किन्छ । यसले हरेक व्यक्तिमा सात्विक उर्जा प्रदान गर्छ । यसले घरमा कवचको काम गर्छ । पुजा पाठमा पंचतत्वको निकै महत्व हुन्छ त्यसैले पाच तत्व मध्ये जललाइ एक मानेर यसको महत्व रहेको हो । यसले पुजालाइ सम्पुर्णता प्रदान गर्छ ।
