Successfully Copied

साडीले दिन्छ सेक्सी लुक्स

अन्तिम पटक कहिले साडी लगाइएको थियो ? विवाह वा कुनै समारोहमा जहाँ अधिकांशले साडी नै लगाएका थिए । हुनसक्छ, कहिल्यै साडी नलगाइएको पनि हुनसक्छ । किनभने साडी सम्हाल्न वा व्यवस्थापन गर्न गाह्रो भएकाले पनि सितिमिति लगाइँदैन

अन्तिम पटक कहिले साडी लगाइएको थियो ? विवाह वा कुनै समारोहमा जहाँ अधिकांशले साडी नै लगाएका थिए । हुनसक्छ, कहिल्यै साडी नलगाइएको पनि हुनसक्छ । किनभने साडी सम्हाल्न वा व्यवस्थापन गर्न गाह्रो भएकाले पनि सितिमिति लगाइँदैन । ६ मिटर लामो साडी सम्हाल्नु चानचुने कुरा पनि होइन । त्यसैले धेरैले साडी लगाउन झन्झट मान्छन् । यद्यपि अब कुनै झन्झटबिना साडी लगाउन सकिन्छ । अहिले बजारमा विभिन्न प्रकारका साडी उपलब्ध छन् । वर्षौंदेखि चलिरहेको साडी लगाउने ट्ेरन्डमा नयाँ स्टाइलका साडीले ठाउँ बनाइसकेका छन् । डिजाइनर साडीले महिलाहरूलाई सरलता प्रदान गरेको छ । पहिलेजस्तो साडी लगाउन थुप्रै समय खर्चिनुपर्ने अवस्था पनि छैन । अहिले ब्लाउजको ठाउँ बिकनीले लिएको छ भने ज्याकेटको ठाउँ वेस्ट कोटले लिएको देखिन्छ । त्यस्तै पेटिकोटको ठाउँ लेगिन्ज अथवा डेनिमले लिएको छ । विभिन्न ट्ेरन्डी साडी विवाह, विभिन्न पार्टी वा समारोहमा लगाउन सकिन्छ किनभने साडीको फ्युजन लुक्सले अहिले नेपालको पनि बजार ओगटिसकेको छ । 

ज्याकेट स्टाइल

ब्लाउजसँग लगाउँदा साडीमा बढी निखार आउँछ । त्यसैले यसलाई ट्ेरन्डी बनाउन ज्याकेट स्टाइलको स्टिच ब्लाउज अथवा सिम्पल ब्लाउज अर्काे वान एण्ड टोनका साथ लगाउन सकिन्छ । ब्लाउजको कलर साडीमा कन्ट्रास्ट हुनुपर्छ । यो भेल्भेट, एम्बलिस्ट वा ब्रोकेट साडीमा मेल खान्छ । ज्याकेटवाला ब्लाउजको विशेषता भनेकै जुनसुकै समयमा लगाउन सक्नु हो । 

डेनिम वा लेगिन्जका साथमा साडी

साडीलाई पेटिकोटका साथमा लगाउने मन छैन भने स्किन फिट डेनिमका साथमा पनि लगाउन सकिन्छ । यो साडी लगाउँदा न हिँड्न गाह्रो हुन्छ न त नाच्दा नै झन्झन्ट हुन्छ । यो लुक्सका लागि साडी डेनिम वा लेगिन्जको माथि कम्मरभित्र राखेर अथवा तुना वा मुजा बनाएर लगाउन सकिन्छ । यसलाई खुट्टामा डेनिम वा लेगिन्ज देखाउने गरी लगाउनुपर्छ । यो लुक्समा साडीको पल्लु बायाँ सोल्डरमा आउँछ । यो फेसन भारतका एक लोकप्रिय डिजाइनरले सुरु गरेका हुन् ।

धोती स्टाइल 

नेपालको तराईमा धोती स्टाइलको साडी लगाउने चलन आज पनि छ । यो मधेसी मूलका महिलाहरूको पुरानो अथवा परम्परागत चलन पनि हो तर अहिले यो आधुनिक रूपमा देखा परेको छ । यसलाई पहिले विवाहितले मात्र लगाउने चलन थियो । अविवाहित महिलाहरूको स्टाइलिस्ट पहिरनका रूपमा परिचित हुँदै गएको छ । अब साडीलाई आधुनिक शैलीको धोती स्टाइलमा लगाउन सकिन्छ । अहिले र्‍याम्पमा पनि मोडलहरूलाई धोती स्टाइलको साडीमा देख्न सकिन्छ । सजिलोका लागि स्टिच धोती स्टाइलको फेसन पनि फस्टाएको छ । धोती स्टाइल क्यारी गर्न नयाँ साडी किनिरहनुपर्ने आवश्यकता पनि पर्दैन । आफूसँग भएका पुराना साडीलाई पनि डिजाइनरले स्टाइलिस धोती साडीमा परिणत गर्न सक्छन् ।

स्कार्फ स्टाइलको साडी 

महिलाहरू अधिकांश समय आफ्नो काँधबाट झरिरहेको अथवा झर्न लागेको साडीको सप्को मिलाइरहेका देखिन्छन् । यद्यपि अब यस्तो झन्झट गर्नुपर्दैन । फेसनले नयाँ स्टाइल मात्र होइन सहजता पनि थपिदिएको छ । स्कार्फसरह साडीको पल्लु अगाडि लगाउने साडीले कुनै झन्झट दिँदैन । यो साडी जाडो मौसममा लगाउनु उपयुक्त हुन्छ । 

बेल्ट स्टाइलको साडी 

कम्मर बेल्ट साडी अहिले ट्रेन्डमा छ । यो साडीमा बेल्ट अथवा स्कार्फ प्रयोग गर्न सकिन्छ । यसलाई कम्मरको माथि ब्लाउजको लाइनसँगै अथवा हिपको केही माथि बाँधेर लगाइन्छ । स्कार्फका साथै साडीलाई  स्टाइलिस बनाउन रेक्टेंगुलर फोल्ड गरेर कम्मरमा बाँध्न सकिन्छ । यो लुक्सका लागि स्कार्फका अतिरिक्त ब्रोकेड वा लेस प्रयोग गर्न सकिन्छ । 

 

 Image