Successfully Copied

पाठेघरको क्यान्सर रोग जाँचको एउटा विधि : भिजुअल इन्सपेक्सन विथ एसिटिक एसिड

अव्यवस्थित जीवन शैली, सुर्तीजन्य पदार्थको सेवन तथा नियमित उपचार नगर्दा क्यान्सर रोगीको संख्या बढ्दो छ । विश्वमा हरेक वर्ष ५ लाखजति पाठेघर तथा स्तन क्यान्सरबाट ग्रस्त हुने र तीमध्ये २ लाख ७० हजारको ज्यान जाने गरेको छ ।

अव्यवस्थित जीवन शैली, सुर्तीजन्य पदार्थको सेवन तथा नियमित उपचार नगर्दा क्यान्सर रोगीको संख्या बढ्दो छ । विश्वमा हरेक वर्ष ५ लाखजति पाठेघर तथा स्तन क्यान्सरबाट ग्रस्त हुने र तीमध्ये २ लाख ७० हजारको ज्यान जाने गरेको छ । 

डा. रंगीना लाइकांगबम शाह, कन्सल्टेन्ट, स्त्री तथा प्रसूति रोग विशेषज्ञ, अल्का अस्पताल, जावलाखेल  

पाठेघरको जाँच के हो ? 

पाठेघर जाँच गर्नुको अर्थ क्यान्सर नै भएको छ भन्ने होइन । यो जाँचबाट समयमै रोग भए नभएको पत्ता लगाउन सकिन्छ । समयमै जाँच नगर्दा पाठेघरको क्यान्सर हुनसक्छ । 

विश्वमा महिलाको सबैभन्दा बढी मृत्यु पाठेघरका कारणले हुने गरेको छ । 

सन् २००० मिलर्स इन्टरनेसनल जर्नलका अनुसार पाठेघरको जाँचले विकसित मुलुकमा ८० प्रतिशतभन्दा बढी यो क्यान्सरबाट हुने मृत्युलाई कम गरेको छ । यद्यपि यो विधि अविकसित तथा विकासोन्मुख मुलुकमा भने प्रभावकारी रूपमा प्रयोग आइसकेको छैन । 

१५ डिसेम्बर २०१४ को आई.सी.ओ. सूचना केन्द्रका अनुसार नेपालमा ९० लाख ६५ हजार महिलामध्ये १५ वर्ष तथा त्यसभन्दा बढी उमेरका महिला यो क्यान्सरको जोखिममा छन् । प्रत्येक वर्ष २ हजार ३ सयभन्दा बढी महिलालाई क्यान्सर लाग्छ जसमध्ये १ हजार ३ सयजति महिला यो रोगका कारण मर्छन् । नेपालमा यो क्यान्सर १५ देखि ४४ वर्ष उमेरका महिलालाई हुने सम्भावना बढी छ । 

भिज्युअल इन्सपेक्सन विथ एसिटिक एसिड (भी. आई. ए) विधि

भी.आई. ए. पाठेघरको मुखको क्यान्सर निरीक्षण गर्ने विधि हो । यो क्यान्सर रोग पत्ता लगाउने प्रभावकारी विधि हो । यसबाट कम खर्च, कम समय तथा सजिलो तरिकाद्वारा तरल पदार्थको प्रयोगले पाठेघरको मुखको क्यान्सर निरीक्षण गर्न सकिन्छ । यसलाई प्याप स्मेयर विधिको वैकल्पिक विधिका रूपमा लिइन्छ । 

सामग्री

औजार, बत्ती, कपास (कटन स्वाब) तथा ५ प्रतिशत एसिटिक एसिड (भेनेगर) । यसमा प्याथोलोजिस्टको आवश्यकता पर्दैन । 

विधि 

एसिटिक एसिडको सहायताले दृश्यात्मक परीक्षण गर्न कपासमा ५ प्रतिशत एसिटिक एसिड राखेर पाठेघरको मुखमा ३० देखि ६० सेकेन्डसम्म छामेर आँखा तथा बत्तीको सहायताले जाँचिन्छ । त्यसपछि निरीक्षकले नकारात्मक तथा सकारात्मक नतिजा पत्ता लगाउन सक्छन् । 

पाठेघरको मुखको क्यान्सर हुने कारण 

एकभन्दा बढी यौन पार्टनर राख्ने, छिटो विवाह गर्ने तथा कम उमेरमै सन्तान जन्माउने, धेरै सन्तान जन्माउने महिलालाई यो क्यान्सर हुने सम्भावना हुन्छ । यसैगरी एच.भी.पी संक्रमण तथा सरसफाइमा ध्यान नदिँदा पनि यो रोग लाग्न सक्छ । 

कसले गर्ने पाठेघरको जाँच ?

क्यान्सर रोग पनि समयमै पत्ता लागे उपचार सम्भव हुन्छ । त्यसैले २१ वर्षदेखि ७० वर्षका महिलाले यो जाँच गराउनु जरुरी छ । यौन सम्पर्क राख्ने महिलाले यो जाँच प्रत्येक वर्ष गराउनुपर्छ । यो जाँच गराउँदा लगातार तीन वर्षसम्म नकारात्मक नतिजा आए त्यसपछि २–३ वर्षमा जाँच गराउन सकिन्छ । 

 

 Image