Successfully Copied

वर्षा राउत, नायिका तथा मोडल

विज्ञापन, म्युजिक भिडियो तथा चलचित्रको कार्यशालामा व्यस्त छु ।

हिजोआज केमा व्यस्त हुनुहुन्छ ?

विज्ञापन, म्युजिक भिडियो तथा चलचित्रको कार्यशालामा व्यस्त छु ।

यो क्षेत्रमा आएको कति भयो ?

साढे २ वर्षजति भयो, मैले म्युजिक भिडियोबाट सुरुवात गरेकी हुँ ।

चलचित्रमा नदेखिनुको कारण ?

पहिले पढाइ र परिवारको दबाबका कारण प्रस्ताव स्वीकार गरेकी थिइन । अब छिट्टै चलचित्र लभबर्डमार्फत सशक्त भूमिकामा देखिने तयारीमा छु ।

मोडलिङ र अभिनयबाहेक अरू केमा रुचि छ ?

कुकिङमा ।

मीठा के पकाउन आउँछ ?

मैले जे पकाए पनि मीठै हुन्छ । त्यसमा पनि मासुका विभिन्न परिकार त भिन्नै हुन्छन् ।

फुर्सदमा के गर्नुहुन्छ ?

म घुम्नभन्दा घरमै बढी समय बिताउन रुचाउँछु । चलचित्र हेर्छु, पसल जान्छु र उपन्यासहरू पढ्छु ।

आफू कस्ती युवती हुँ जस्तो लाग्छ ?

प्याम्पर, छिट्टै रिसाइहाल्ने र स–साना कुरामा पनि खुसी भैहाल्ने ।

भगवान्प्रति कत्तिको आस्था छ ?

मनमा आस्था छ तर मन्दिर त्यति धाउँदिन ।

व्रत बस्नुहुन्छ ?

हप्तैपिच्छे त बस्दिन तर तीज र साउने सोमबारको व्रत भने बस्छु ।

कस्तो गेटअपमा हिँड्न रुचाउनुहुन्छ ?

जिन्स र टिसर्टमै हिँड्न मन लाग्छ ।

फिटनेसका लागि के गर्नुहुन्छ ?

जिम र स्वीमिड जान्छु ।

सुन्दरताका लागि के गर्नुहुन्छ ?

महिनाको एकपटक फेसियल गराउँछु, मोइस्चराइजर तथा फेसवास प्रयोग गर्छु ।

मनपर्ने फेसन डिजाइनर ?

शुभेच्छा भँडेल ।

मनपर्ने मेकअप आर्टिस्ट ?

सोफी ।

म्युजिक भिडियो एवं सर्ट मुभीमै काम गर्न रमाइलो लाग्छ

रितु श्रेष्ठ, मोडल

रितु श्रेष्ठमा सानैदेखि मोडल बन्ने चाहना थियो । त्यसैले उदय सोताङको म्युजिक भिडियोमा अभिनय गर्ने अफरलाई उनले सहजै स्वीकार गरिन् । त्यसपछि उनी टिभी, पेपर आदिका विज्ञापनमा मोडलका रूपमा देखा परिसकेकी छिन् । रितुले अभिनय गरेको छोटो चलचित्र राजमार्ग प्रदर्शनको क्रममा छ भने उक्त चलचित्र अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा समेत सहभागी हुने उनी बताउँछिन् । राजमार्गमा उनकै मुख्य भूमिका छ । मोडलिङमा रमाउने रितुको अभिनय यात्रा कस्तो हुने हो त्यो त भविष्यले नै बताउला तर उनी आफूलाई चलचित्रभन्दा म्युजिक भिडियो एवं सर्ट मुभीमै काम गर्न रमाइलो लाग्ने बताउँछिन् । स्वीमिङमा रमाउने रितु प्रेमभावका गीत सुन्न रुचाउँछिन् । निशा अधिकारी तथा विनय श्रेष्ठ उनलाई मन पर्ने सेलिब्रेटी हुन् ।

पुरुष

सुनील रावल, निर्माता

तपाईंको आदर्श ?

मेरी श्रीमती दुर्गेश थापा ।

सुन्दर लाग्ने महिला ?

नम्रता श्रेष्ठ, प्रकृति श्रेष्ठ ।

भविष्य राम्रो देखिएकी नायिका ?

स्वस्तिका खड्का ।

कस्ता युवतीले आकर्षित गर्छन् ?

टिपटप भएर हिँड्ने र आफूलाई अपडेट गरिरहने ।

महिलाहरूको सकारात्मक पक्ष ?

संवेदनशील, भावुक एवं कोमल स्वभाव ।

महिलाहरूको नराम्रो बानी ?

पूरा कुरै नबुझी आवेगमा आएर रिसाइहाल्ने ।

नारीप्रधान चलचित्र पनि बनाउँदै हुनुहुन्छ कि ?

म नारी–पुरुष दुवैलाई समान रूपमा हेर्ने भएकाले सबैलाई समेटेर युवापुस्ता लक्षित चलचित्र बनाउँछु ।

 

 Image