Successfully Copied

परफ्युम ब्युटिपार्लर एण्ड ट्रेनिङ सेन्टर

यहाँ गुणस्तरीय सौन्दर्य प्रसाधन मात्र प्रयोग गरिन्छ । अनुभवी तथा दक्ष सौन्दर्यकर्मीबाट तालिम पनि प्रदान गरिने यो ब्युटिपार्लरका सेवामध्ये

परफ्युम ब्युटिपार्लर एण्ड ट्रेनिङ सेन्टर

आउटलेट : हाडीगाउँ ।

विशेषता : सबै प्रकारका सौन्दर्य सेवा ।

यहाँ गुणस्तरीय सौन्दर्य प्रसाधन मात्र प्रयोग गरिन्छ । अनुभवी तथा दक्ष सौन्दर्यकर्मीबाट तालिम पनि प्रदान गरिने यो ब्युटिपार्लरका सेवामध्ये मेकअप तथा फेसियल धेरैले मन पराएका छन् । यहाँ गरिने स्ट्रेट पनि लामो समयसम्म टिक्छ । यहाँ चाडपर्वको अवसर पारेर ग्राहकहरूलाई विभिन्न सुविधा प्रदान गरिन्छ । यो सफा एवं सुन्दर वातावरणमा आरामदायक सेवाका लागि विश्वासिलो पार्लर हो ।

नेचुरा सुगर फ्रि

चिनी मोटोपनको कारक मानिन्छ । मोटोपनले विभिन्न रोग निम्त्याउँछ । त्यसैले स्वाद तथा स्वास्थ्यलाई ध्यानमा राखी नेचुरा सुगर फ्रि बजारमा आएको छ । नेचुरा सुगर फ्रिलाई चिनीको विकल्पका रूपमा प्रयोग गर्न सकिन्छ । फिट तथा स्वस्थ रहन चिनीको साटो नेचर सुगर फ्रि प्रयोग गर्न सकिन्छ । यो चिनीभन्दा २ सय गुणा बढी गुलियो हुन्छ । यो सुराक्रोसबाट बन्छ । यसको प्रयोग स्वस्थ रहन चाहने तथा चिनी रोग लागेका मानिसहरूले गर्न सक्छन् । यो विभिन्न प्याकमा उपलब्ध छ । नेचुरा सुगर फ्रि तातो तरलमा सजिलै घुल्छ ।

म्याट लिक्विड मोसेस फाउन्डेसन

रिमेल विश्वकै एक उत्कृष्ट ब्रान्डका रूपमा स्थापित छ । यसका सबै प्रकारका कलर कस्मेटिक बजारमा खरिद गर्न सकिन्छ । यसले आफ्नो उत्पादनलाई समयअनुकूल परिस्कृत गर्छ । रिमेलका वेटलेस तथा साइनलेस फाउन्डेसन गर्मीका लागि निकै उपयोगी छन् । यसलाई अनुहारमा लगाउँदा सजिलै ब्लेन्ड हुन्छ अनि यसले प्राकृतिक लुक पनि दिन्छ । यसबाट दिनभरिका लागि फ्रेस लुक प्राप्त हुन्छ । यो म्याट तथा बेबी फिनीसयुक्त छ भने हलुका भएकाले लगाएपछि सहज महसुस हुन्छ । यसले अनुहारका रोमछिद्रलाई पनि लुकाउने काम गर्छ । नेपाली बजारमा ५ सेड्समा उपलब्ध यो फाउन्डेसनले अनुहारलाई बाहिरी प्रभावहरूबाट जोगाउँछ ।

टिलय

आउटलेट : ज्याठा, ठमेल ।

विशेषता : हरेक प्रकारका चियाका लागि उत्कृष्ट गन्तव्य ।

टिलय ठमेलको ज्याठा चोकमा छ । अंग्रेजी शब्द टि अर्थात् चिया र नेपाली लय शब्दको संयोजन गरी नामकरण गरिएको टिलय विशुद्ध चिया बिक्री कक्ष हो । यहाँ नेपाल अधिराज्यभर उत्पादन हुने चियाको नमुना उपलब्ध हुन्छ । टिलयमा दूध र चिनीमा मिसाएर पिइने सामान्य सिटिसी चियादेखि ग्रिन, ह्वाइट, ब्ल्याक, हर्बल ओलन, रुविसजस्ता अनेकौं प्रकारका चिया खरिद गर्न सकिने सञ्चालक चिरन दाहाल बताउँछन् । त्यसैगरी औषधीय महत्वका गोल्डेन टिप्स, सिल्भर टिप्स पनि यहाँ उपलब्ध छन् । प्रतिकिलो ३ सय रुपैंयाँ देखि १ लाख रुपैंयाँभन्दा बढीका चिया पनि टिलयमा खरिद गर्न सकिन्छ । चियाको स्वादका सम्बन्धमा चासो राख्नेहरूका निम्ति टिलय उपयुक्त गन्तव्य हुनसक्छ ।

 Image