Successfully Copied

मनकारी महिला

विनाशकारी महाभूकम्पले निम्ताएको महाविपत्तिमा देश–विदेशबाट सहयोग जुटिरहेको छ । कतिपय मनकारी व्यक्तिले स्वत:स्फूर्तरूपमा सहयोग जुटाइरहेका छन् ।

विनाशकारी महाभूकम्पले निम्ताएको महाविपत्तिमा देश–विदेशबाट सहयोग जुटिरहेको छ । कतिपय मनकारी व्यक्तिले स्वत:स्फूर्तरूपमा सहयोग जुटाइरहेका छन् । ‘सानो सहयोग’ अभियानले यतिबेला भूकम्प पीडितहरूको दु:खमा ठूलो सहयोग पुर्‍याइरहेको छ । ठूला व्यवसायी, दातृ संस्था, सामाजिक संस्था र धनाढ्य व्यक्तिहरू मात्र होइन केही मनकारी महिलाहरूले पनि पीडितहरूको दु:खमा साथ दिइरहेका छन् । घरबास गुमाएका परिवार, महाविपत्तिमा परेर अङ्गभङ्ग भएका व्यक्ति, सुत्केरी, किशोरी, एकल महिला, बालबालिका, वृद्धवृद्धा तथा विपन्न वर्गका मानिसहरूलाई उदार मन भएका महिलाहरूले उदाहरणीय काम गरिरहेका छन् । विभिन्न क्षेत्रमा ख्याति कमाएका कतिपय विदेशी महिलाले पनि नेपालीहरूको दु:खमा साथ दिएका छन् । प्रभावित गाउासम्म पुगेर मानवीय एवं भौतिक सहयोगमार्फत आफ्नो सहयोगी भावना अभिव्यक्त गरिरहेका केही महिला प्रतिनिधि :

कुञ्जना घिमिरे (सुन्तली), कलाकार

यतिबेला पीडितलाई राहत बााड्ने मात्र होइन विद्यालय र चर्पी निर्माण गर्ने अभियानमा क्रियाशील छिन् । विभिन्न दाता जुटाएर दिनभर आफैं श्रमदान गरी उनको समूहले नुवाकोटको ओखरपौवा–६ मा सात कोठे विद्यालय र सोही गाउामा ४० वटा अस्थायी चर्पी निर्माण गरिसकेको छ । त्यसबाहेक सिन्धुपाल्चोक, धादिङ, काभ्रेका अति प्रभावित गाउामा पुगेर त्रिपाल, म्याट, औषधिका साथै खाद्य सामग्री बााड्न पनि उनलाई भ्याइनभ्याइ छ । महामारी फैलन नदिन उनी जनचेतनामूलक कार्यक्रम लिएर पनि गाउँ–गाउँ पुगिरहेकी छिन् । महाभूकम्पपछिको लगातार २५ दिन आफूले गाउँमै रहेर सेवा गरेको कुञ्जनाले बताइन् । भूकम्प जानुअघि उनको समूहले अमेरिकामा संकलन गरेको १६ लाख रुपैंयाँ पनि राहत कोषमै जम्मा गर्ने घोषणा गरिसकेको छ ।

सुजाता कोइराला, कांग्रेस नेतृ

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकी पुत्री कांग्रेस नेतृ सुजाता कोइरालाले घर निर्माणको नौलो अभियान प्रारम्भ गरेर चर्चा बटुलिन् । महाभूकम्प लगत्तै विराटनगर पुगेकी कोइरालाले देशभरका ११ जिल्लाका ११ वटा गाउा विकास समितिलाई पुनर्निर्माणको घोषणा गर्दै नौलो अभियानको थालनी गरिन् । जीपी कोइराला फाउन्डेसनको अगुवाइमा उनले भूकम्पबाट प्रभावित ११ वटा गाविसका मानिसहरूलाई राहतस्वरूप घर निर्माण मात्र होइन त्यहााको भौतिक संरचनाको समेत निर्माण गरिदिने हिम्मत गरेकी छिन् । विश्वका विभिन्न दातृ संस्था तथा व्यवसायीहरूको सहयोगमा ११ वटा गाविसमा नमुना गाउँ विकास गर्ने सुजाताको लक्ष्य छ ।

केल्ली लेइच, श्रम तथा महिला मन्त्री, क्यानाडा

क्यानाडाकी श्रम तथा महिला मन्त्री केल्ली लेइच शक्तिशाली भूकम्पपछि नेपालप्रति सदाशयता प्रकट गर्दै काठमाडौं आइन् । राहत एवं उद्धारका लागि नेपाल आएकी लेइचले आफ्नो देशले भूकम्पपीडित नेपाली युवाहरूलाई रोजगारी दिने इच्छा देखाएको बताइन् । उनले श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङसँगको कुराकानीमा भूकम्प प्रभावित युवालाई क्यानाडामा कृषि क्षेत्रमा रोजगारी दिन सकिने बताएकी थिइन् ।

मनीषा कोइराला

डिग्निटी फस्ट अभियान नेपाल सरकार र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषद्वारा भूकम्पपीडित महिलाका लागि प्रारम्भ गरिएको अभियान हो । यसैअन्तर्गत नायिका मनीषा कोइरालाले काठमाडौं तथा काभ्रेमा राहत वितरणमा सक्रिय सहभागिता जनाइन् । महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयको सहकार्यमा नेपालका १४ वटा जिल्लामा सञ्चालित यो कार्यक्रममा गर्भवती, सुत्केरी महिला, शिशु तथा किशोरीहरूमा लक्षित छ । मनीषा कोइराला नेपाल सरकारको राहत कोषकी सद्भावना दूत पनि हुन् ।

मिचेल योह

एसियाकै सम्भवत: नम्बर वान हलिउड सेलिब्रेटी हुन्–मिचेल योह । ग्लोबल सडक सुरक्षाकी सद्भावना दूत योह अन्तर्राष्ट्रिय अटोमोबाइल महासंघअन्तर्गत एफआइए एसिया क्षेत्रीय कंग्रेसमा सहभागी हुन १० वैशाखमा नेपाल आएकी थिइन् । भूकम्पले उनको उडान रोक्यो । उनले इन्डो एसियन न्यूज सर्भिससँग भनेकी छिन्–विनाशकारी भूकम्पको केही घन्टामा होटल पुगियो । छैटौं तल्लामा रहेको पासपोर्ट र पैसा लिन भगवान्सँग पुकारा गर्‍यौं ।’ उनी फ्रान्स त फर्किन् तर आफूले देखेको दर्दनाक अनि ह्दयविदारक दृश्य आँखाअगाडि आइरह्यो । आफूलाई थाम्न नसकी उनी पुन: नेपाल फर्किन् र आफूलाई भूकम्पपीडितहरूको सहयोगमा सुम्पिन् ।

साध्वी ऋतम्भरा

साध्वी ऋतम्भरा नेपाली भुकम्पपीडितहरूका लागि आवास निर्माणको नेतृत्व गरिरहेकी छिन् । विश्व हिन्दू परिषद्की सदस्य ऋतम्भरा राम कथा प्रवचनका लागि संसारभर प्रख्यात छिन् । उनको पहलमा भूकम्पपीडितको सहयोगार्थ काठमाडौंको धर्मस्थलीस्थित चौगाउँमा ७७ वटा अस्थायी आवास निर्माण गरिएका छन् । यो अभियानमा करिश्मा मानन्धर, दीपाश्री निरौला आदि अन्य थुप्रै कलाकारको समेत सहभागिता छ ।

हिमानी शाह, पूर्वयुवराज्ञी

पूर्वयुवराज्ञी हिमानी शाह पनि भूकम्प पीडितहरूका निम्ति उदार मन लिएर प्रस्तुत भैरहेकी छिन् । उनले सुरु गरेको ‘सानो सहयोग’ अभियानले धेरैलाई खुसी दिएको छ । हिमानी कोष स्थापना गरेर केही वर्षअघिदेखि समाजसेवामा क्रियाशील हिमानी महाविपत्का बेला ‘सानो सहयोग’ अभियान लिएर प्रभावित क्षेत्रमा पुगिरहेकी छिन् । छोरीहरू पूर्णिका र कीर्तिकालाई साथ लिएर उनी सयौं सहयोगीका साथ राहत लिएर गाउासम्म पुगिरहेकी छिन् । सुरुमा व्यक्तिगत खर्चमा राहत वितरण गरेकी हिमानीलाई नेपालका विभिन्न व्यवसायी तथा भारतबाट पनि सहयोग जुटिरहेको छ । काठमाडौं, ललितपुर, सिन्धुपाल्चोक, धादिङ आदि जिल्लामा पुगेर हिमानीले भूकम्प पीडितहरूलाई आफ्नै हातले खाद्यान्न तथा घर निर्माणका सामग्री वितरण गरेकी छिन् ।

मुना थापा मगर

सांगीतिक प्रस्तुतिका सिलसिलामा वैशाखको दोस्रो साता बहराइन उड्ने क्रममा रहेकी गायिका मुना थापा मगरको विदेश उड्ने सपना मात्र तुहिएन गोरखामा रहेको घर पनि ध्वस्त भयो । आफू भूकम्पपीडित हुँदाहुँदै पनि उनी अहिले अरु पीडितको सेवामा जुटिरहेकी छिन् । पीडितले एक–अर्कालाई सहयोग गरे मात्र भूकम्पले दिएको चोट निको हुन्छ भन्ने मुना अहिले गोरखाका लागि राहत संकलन एवं वितरणमा सक्रिय छिन्् ।

सोनिया आचार्य, मिस नर्स

भूकम्पबाट अंगभंग भएका मानिसहरूको उपचार गर्न नर्सहरूको भूमिका उल्लेख्य छ । दिनरात खटेर वा गाउासम्म पुगेर धेरै नर्सले भूकम्प पीडितहरूको उपचारमा सघाएका छन् । तीमध्ये सोनिया आचार्य एक उदाहरणीय पात्र हुन् । नर्सिङ अध्ययन गरेर पाएको ज्ञानलाई उनले धादिङका गाउाहरूसम्म पुगेर पीडितहरूको सेवामा बिताएकी छिन् । महाविपत्तिपछि पहिलोपटक धादिङको किन्ताङ फेदीमा डाक्टरहरूसाग पुगेकी आचार्यले दर्जनौं पीडितलाई नयाँ जीवन दिएर गुन लगाइन् । काठमाडौंकी रैथाने सोनिया यही वर्ष मिस नर्सको उपाधि चुमेकी व्यस्त नर्स हुन् । काठमाडौंमा पनि उनले धेरै घाइतेको उपचार गरेर आफूलाई मनकारी नर्सका रूपमा उभ्याइसकेकी छिन् । आचार्य उद्धार र सेवाका क्रममा धादिङको गाउामा कुखुराको खोरमा रात काटेको क्षण अविस्मरणीय भएको बताउँछिन् ।

सुजन सारान्डोन, हलिउड नायिका

हलिउड नायिका सुजन सारान्डोनलाई पनि नेपालमा आइपरेको महाविपत्तिले पीडामा पारेको छ । यही पीडामा मल्हम लगाउने उद्देश्यले सुजनले नेपाल आएर फरक अभियान प्रारम्भ गरिन् । महाभूकम्पबाट ध्वस्त भएको रामकोटमा पुगेर १ हजार घर निर्माण गर्ने अभियानलाई सुरुवात गरेर धेरै प्रशंसा बटुलिन् । ‘लिभ टु लभ इन्टरनेसनल’ संस्थाको अगुवाइमा उनले पीडितहरूका निम्ति सानो र सुन्दर घर ‘लिभ टु लभ होम’ निर्माणको अभियानमा साथ दिइरहेकी छिन् । उनले उद्घाटन गरेका यस्ता घरहरू भूकम्प तथा आाधीहुरीप्रतिरोधी हुने बताएकी छिन् । ‘डेड म्यान वाकिङ’, ‘थेल्मा एन्ड लुजी’, लोरेन्जोज ओइन’, ‘एटलान्टिक सिटी’ आदि चलचित्रमा अभिनय गरेकी सुजनले नेपालप्रति देखाएको उदारभावको धेरैले प्रशंसा गरेका छन् । अमेरिकाको न्यूयोर्कमा जन्मिएकी सुजनले सन् १९९५ मा ‘डेड म्यान वाकिङ’ मार्फत ओस्कार अवार्ड हात पारेकी थिइन् । उनले नेपालमा आइपरेको विपत्तिमा सहयोग गर्न आफ्नो फेसबुकमार्फत पनि अभियान चलाइरहेकी छिन् ।

जोहान लुम्ले

सन् १९४६ मे १ का दिन ब्रिटेनमा जन्मिएकी हलिउड अभिनेतृ जोहान लुम्ले सुरुवाती दिनमा मोडलिङ गर्थिन् । क्रमश: उनले लेख्ने काममा समेत हात बढाउन थालिन् । मोडल, साहित्यकार, टेलिभिजन कार्यक्रम सञ्चालिका तथा नायिकाको भर्सटायल छवि बनाउन सफल लुम्ले सन् २०११ मा टोनी अवार्डअन्तर्गतको बेस्ट फिचरर्ड एक्ट्ेरस इन प्लेबाट सम्मानित छिन् । वैशाख १२ गतेको महाभूकम्पमा ठूलो जनधनको क्षतिको खबर बाहिर आएपछि मनकारी लुम्लेको मन पोल्यो र उनी जुर्मुराइन् नेपाली भूकम्पपीडितका लागि सहयोग जुटाउन । उनले नेपाली भूकम्पपीडितका लागि ५ अर्ब नेपाली रुपैंयाँ संकलन गरिसकेको बताइन्छ ।

करिश्मा मानन्धर, अभिनेतृ

नेपालमा आइपरेको महाविपत्तिमा नेपाली नायिकाहरूले देखाएको सहयोगी मनले पनि राम्रो चर्चा बटुलिरहेको छ । चर्चित अभिनेतृ करिश्मा मानन्धरलगायत अन्य कलाकारहरू पनि यतिबेला भूकम्प पीडितहरूका निम्ति घर निर्माणमा जुटेका छन् । उनीहरूले राजधानीको धर्मस्थलीको चौगाउाका ७५ वटा क्षतिग्रस्त घर भत्काएर पुन: स्थायी घर निर्माण गर्न थालेका छन् जहाँ मानन्धरसँगै अन्य कलाकारहरूले स्वयंसेवीको भूमिका निर्वाह गरेका छन् । भारतको परमशक्ति पीठको सहयोगमा नेपाल सेवा समिति स्थापना गरेर त्यहाँ स्थायी घर बनाउन थालिएको छ । त्यहाँ स्थानीय श्रमदान र करिब ५० हजारको लागतमा १० वर्षसम्म टिक्ने घर निर्माण गर्न लागिएको हो ।

राधा पौडेल, समाजसेवी

आफ्नै अनुभूतिमा आधारित ‘खलङ्गामा हमला’ पुस्तकमार्फत मदन पुरस्कार विजेता समाजसेवी राधा पौडेलले महाविपत्का बेला नौलो अभियानमार्फत सबैको मन जितेकी छिन् । उनकै नेतृत्वमा रहेको ‘एक्सन वक्र्स’ संस्थाको अगुवाइमा अति प्रभावित क्षेत्रमा पुगेर पालमुनि रहेका सुत्केरी तथा गर्भवती महिला, बालबालिका एवं किशोरीहरूलाई आवश्यक सामग्री वितरण गरिन् । विभिन्न दाताहरूको सहयोगमा उनले सुत्केरी महिला एवं शिशुका लागि ब्लाङ्केट, सेनिटरी प्याड, म्याक्सी, पेटिकोट, पेन्टी आदि कपडाका साथै गर्भवती महिलाहरूका लागि सेनिटरी प्याडलगायतका सामग्रीहरू वितरण गरिसकेकी छिन् । पालमुनि बस्ने क्रममा महिनावारी हुादा किशोरीहरूले व्यहोर्नुपर्ने समस्यासम्बन्धी चेतनाका कार्यक्रमहरू पनि उनकै अगुवाइमा संचालन भैरहेका छन् । राधा भन्छिन्–‘हामी पहिलो चरणमा राहतका सामग्रीहरू लिएर गाउँ पुग्यौं, दोस्रो चरणमा महिलाहरूका अत्यावश्यक सामग्री लिएर प्रभावित गाउँसम्म पुगिसकेका छौं ।’

भगवती नेपाल

विगत ३५ वर्षदेखि सामाजिक कार्यमा खटिरहेकी भगवती नेपालले यो वर्षको भूकम्पपछि १ ट्रक कपडा काभ्रेको गैरी बिसाउनी तथा नयाँगाउँ पठाइन् । ती कपडालाई उनले परिवार र चिनेजानेका मानिसबाट बटुली आफू एक्लैले धोएर आइरन गर्नुका साथै प्याक गरी हाइजिन बनाएर पठाएकी थिइन् । त्यसमा उनले सुत्केरी, महिला, बालबालिका, वृद्धवृद्धा तथा नवजात शिशुका लागि छुट्टाछुट्टै सामान प्याक गरेकी थिइन् । त्यसबाहेक उनले आफ्नै पहलमा कुबेत तथा अस्ट्ेरलियाबाट सामग्री झिकाई भूकम्पपीडितहरूलाई बाँडिन् भने हाल उनी घर–टहरा बनाउने काममार्फत पुनस्र्थापनामा खटिरहेकी छिन् ।

विपना थापा

विगत आठ वर्षदेखि भारतको मथुरामा बस्दै आएकी कुनै बेलाकी चर्चित नायिका विपना थापा राहत सामग्री लिएर नेपाल आइन् अनि पीडितहरूलाई आफ्नै हातले राहत वितरण गरिन् । जाडो महिनालाई समेत ख्याल गरेर विपनाले १ हजार ५० थान सिरक–डसना ल्याएकी थिइन् । उनले २ सय लिटर तेल, ५ क्विन्टल चामल, ५ सय किलो दाल, नुन, चिनी, साबुन, बालबालिकाका लागि खाजा वितरण गरेकी थिइन् । माइती देश दु:खमा पर्दा चुप लागेर बस्न नसकेको बताउँदै थापाले आफ्नो माइती गाउँ काठमाडौंको स्युचाटार तथा काभ्रेको बालुवापाटीमा ध्वस्त भएका घरधनीहरूलाई राहत बाँडेकी हुन् ।

भूकम्पपीडितसँग बेलायतका नर्स

टेलिभिजनबाट भूकम्पको विध्वंश नियालेपछि स्कटल्याण्डको ग्लास्गोको एउटा अस्पतालमा कार्यरत नेपाली नर्स सरोजा अर्याल लाई नेपाल गएर आफूले सिकेको सीपको सदुपयोग गर्ने उत्प्रेरणा जाग्यो । बेलायतमै नेपाली नर्सहरूको संगठन नेप्लिज नर्सिङ एसोसिएसन यूकेसँग परामर्स गरेपछि सरोजासहित ९ जना नेपाली नर्सको समूह नेपाल आयो । प्रशस्त औषधि तथा प्राथमिक उपचारका सामग्रीसहित आएको उक्त समूहले काठमाडौं ओर्लिएको भोलिपल्टै गोरखाको विकट लाप्राक गाउँमा सेवा प्रदान गर्‍यो । त्यसपछि सरोजा साथी नर्सहरूको समूहसँग दोलखाको चरीकोट, सुनखानी, नुवाकोटका केही गाउँ तथा काठमाडौं वरपरका क्षेत्रका पीडितहरूको उपचार तथा राहत वितरणमा सक्रिय भइन् । नर्सहरूको समूहले घादिङ, मकवानपुर, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रसुवा, दोलखा, काठमाडौं, भक्तपुर तथा ललितपुर जिल्लाका विभिन्न स्थानमा घाइतेहरूको उपचारमा संलग्न भएर करिब दुई हजार घाइतको उपचार गर्‍यो । यो समूहमा संयोजक प्रसुना कँडेलका साथै टुका क्षेत्री, कमला पाण्डे, भावना श्रेष्ठ, उमा दाहाल, ज्योति तिवारी, सोविता कार्की तथा मोनिका संलग्न थिए । आफ्नै खर्चमा बेलायतबाट काठमाडौं आएका ती दश जना नर्स हाल बेलायत फर्किसकेका छन् ।

ममता बनर्जी, मुख्यमन्त्री पश्चिम बंगाल (भारत)

नेपालमा परेको महाविपत्तिमा साथ दिन छिमेकी देश भारत पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले पनि ठूलो सहयोग जुटाइन् । ‘नेपालीहरूलाई चोट पर्दा हामीलाई पनि दुख्छ’ भन्ने अभिव्यक्ति दिएकी बनर्जीले कााकरभिट्टा नाकासम्म आएर राहत हस्तान्तरण गरेर चर्चा कमाइन् । ३५ वटा ट्रकमा राहत बोकेर काँकरभिट्टा आएकी ममताले सहरी विकाश मन्त्री डा. नारायण खड्कालाई उक्त राहत सामग्री जिम्मा लगाइन् । टेन्ट, चिउरा, सक्खर एवं बालबालिकालाई आवश्यक १ लाख पोका सामान लिएर आएकी मुख्यमन्त्री बनर्जीले थप सहयोगका लागि पनि प्रतिबद्धता जनाएकी छिन् ।

मुक्ता पाण्डे

लण्डनको नटिंघममा गोरखा किचन चलाइरहेकी मुक्ता पाण्डेले नेपालमा भूकम्प गएको खबर सुन्नेबित्तिकै मन थाम्न नसकी आफ्ना बाइकर श्रीमान् अन्दीप क्षेत्री (आचार्य) लाई राम्रैसँग सम्झाइन् । खुकुरी क्रस र नेपाली झण्डा अंकित हेल्मेट र पहिरन लगाएर संसारभर मोटरसाइकलमा घुम्ने अन्दीपलाई मुक्ताको विचारले आकर्षित गर्‍यो । मुक्ताले उनलाई यतिसम्म मनाइन् कि आफ्नो मुटु अनि सर्वस्व मानिएको सर्वाधिक महँगो डुकाटी मोटरसाइकल नै उनीहरूले चिठ्ठामा राखे, जसबाट उठेको लगभग २७ लाख रुपैंयाँ राहतस्वरूप नेपाल पठाउन सफल भए । उक्त रकम दोलखा भीमेश्वर नगरपालिका उखुबारी तथा बोच गाविसका ५ वटा वडाका करिब ६ सय १० धुरीका लागि दाल, चामल, नुन, तेल, दालमोठ, चिउरा आदि खाद्यान्न र त्रिपाल खरिद गर्न खर्च गरियो भने त्यसैबाट धादिङ, काभ्रेस्थली, मार्खु कुलेखानी, दोलालघाट, नुवाकोट आदि स्थानका ३ सयभन्दा बढी घरधुरीलाई खाद्यान्न, जस्तापाता एवं म्याट्रेस आदि बाँडियो । मातृभूमिका लागि आफ्नो सपना र लक्ष्य नै चिठ्ठामा राख्न सफल मुुक्ता र अन्दीपको यो कार्यलाइ बीबीसीलगायतका विदेशी सञ्चारमाध्यमहरूले समेत महत्वका साथ प्रसारण गरे ।

 Image