Successfully Copied

घरमा सुन्दर बगैंचा बनाउन

ठाउँ अथवा जमिन नै चाहिन्छ भन्ने छैन । यसका लागि विभिन्न विकल्प अपनाउन सकिन्छ । गमलाबाट निर्मित बगैंचा त्यसको एउटा उत्कृष्ट उदाहरण हो ।

ठाउँ अथवा जमिन नै चाहिन्छ भन्ने छैन । यसका लागि विभिन्न विकल्प अपनाउन सकिन्छ । गमलाबाट निर्मित बगैंचा त्यसको एउटा उत्कृष्ट उदाहरण हो । गमलामा विभिन्न प्रकारका फूल रोपेर आफ्नो चाहना पूरा गर्न सकिन्छ । आफूलाई मन परेको फूलको बिरुवा गमलामा रोपेर घर सजाउँदाको आनन्द बेग्लै हुन्छ । गमला स्ट्यान्डमा विभिन्न गमला राखेर घर सजाउन सकिन्छ । गमलामा रोपिएका फूल-बिरुवाले घरलाई निकै सुन्दर बनाउँछन् तर गमलामा फूल रोप्दा केही कुरामा ध्यान पुर्‍याउनुपर्छ ।

गमला रोज्ने विधि

\"\"बजारमा विभिन्न प्रकारका गमला उपलब्ध छन् । साधारण माटोले बनेका गमलादेखि फाइबर, सिमेन्ट, प्लास्टिक आदिबाट बनेका गमला बजारमा पाइन्छन् । द्धगमला किन्नुभन्दा पहिले कस्तो खालको बिरुवा रोप्ने हो त्यसमा ध्यान पुर्‍याउनुपर्छ । उदाहरणका लागि गुलाबको फूललाई धेरै पानी चाहिन्छ तर भाँडामा पानी जम्नु हुँदैन । त्यसैले प्लास्टिकको भाँडामा गुलाबको बिरुवा रोप्नुहुँदैन ।

-ठूला बिरुवा हुर्काउन ठूलै गमला चाहिन्छ । सानो गमलामा ठूलो हुने बिरुवा रोप्दा गमला फुट्ने डर हुन्छ । त्यसैले गमला किन्दा कस्तो खालको बिरुवा रोप्ने हो ध्यान पुर्‍याउनुपर्छ । बिरुवाको लम्बाइ तथा उचाइ कतिसम्म हुन सक्छ विचार पुर्‍याउनुपर्छ ।

-बिरुवा रोप्न माटो र सिमेन्टको गमला उत्तम हुन्छ । यसमा सबै प्रकारका बिरुवा रोप्न सकिन्छ तर यस्ता गमलामा माटो चाँडै सुख्खा हुन्छ । त्यसैले समय-समयमा पानी दिइरहनुपर्छ ।

द्धक्लोरोफाइटम, पिस लिली, पाम, र्फन, मनी प्लान्ट, क्याक्टस आदि बिरुवालाई प्लास्टिकका गमलामा रोप्न सकिन्छ । प्लास्टिकका गमलामा पानीको उचित निकास नभए बिरुवा मर्ने सम्भावना हुन्छ । त्यसैले प्लास्टिकको गमला प्रयोग गर्नुभन्दा पहिले त्यसमा पानी निकासका लागि ठूलो प्वाल बनाउनुपर्छ ।

-प्लास्टिक तथा फाइबरका गमलामा दुई इन्चजति माटो सुख्खा भएपछि मात्र पानी हाल्नुपर्छ अन्यथा पानी जम्मा भएर बिरुवा सड्छ ।

गमलामा माटो र कम्पोस्ट मल भर्ने विधि

\"\"- सबैभन्दा पहिले गमलामा गेगर राखेर छोप्ने ।

द्धगेगरपछि माटोको मिश्रण राख्ने । माटो गमलाभरि नराखी एक इन्चजति भाग खाली छोड्नुपर्छ । यसो गर्दा पानी हाल्न सजिलो हुन्छ ।

- गमलामा कुन बिरुवा रोप्ने हो ध्यान दिने । गमलाका लागि बिरुवाअनुसार माटोको मिश्रण बनाउनुपर्छ किनभने फरक-फरक प्रकारको बिरुवालाई फरक प्रकारको माटोको मिश्रण चाहिन्छ । क्याक्टस, जरबरा, जिरेनियम आदिका लागि रेतिलो माटो राम्रो हुन्छ तर गुलाबको बिरुवाका लागि दोमट माटो उपयुक्त हुन्छ ।

- गमलामा क्रोटन, अफ्रिकी भायलेट, डिफेनबेकिया, पाम, र्फन आदि बिरुवा रोप्दा माटोमा पात, गोबर तथा निमको धूलो मिसाउनुपर्छ ।

- चिम्ट्याइलो माटो प्रयोग गर्दा एक भाग दोमट माटो, एक भाग बालुवा, एक भाग पातको मल, एक भाग गोबरको सडेको मल, आधा भाग काठको पिसेको कोइला, एक चौथाइ पिना आदि राम्रोसँग मिसाउने । त्यसमा कीटनाशक र दुई चम्चा सूक्ष्म तत्वयुक्त एग्रोमिन अथवा मल्टिप्लेक्स मल मिसाएर गमलामा भर्ने ।

गमलामा भएका बिरुवाको हेरचाह

\"\"-गमलामा पानी छिटो सुख्खा हुन्छ । जमिनको तुलनामा माटो छिटो सुख्खा हुने हुँदा समय-समयमा पानी हालिरहनुपर्छ । त्यसमा पनि गर्मीमा दिनको दुई पटक पानी हाल्नुपर्छ ।

- गमलामा भएको माटोमाथि मासको एक इन्च मोटो लेयर राख्ने । यसले गर्दा माटो छिटो सुख्खा हुन पाउँदैन । गर्मीमा गमलालाई दिउँसोको घामबाट जोगाउने । पातमा पनि हल्का हातले पानी छर्कने ।

- गमलामा पानी हाल्दा पानीसँगै आवश्यक पोषक तत्व पनि बगेर जान्छ । त्यसैले समय-समयमा मल हालिरहने ।

- बिरुवामा आवश्यकताअनुसार औषधि पनि हाल्नुपर्छ ।

गमलामा रोप्न मिल्ने बिरुवा

\"\"- गमलाका लागि उपयुक्त बिरुवा त्यसलाई कुन स्थानमा राख्ने भन्ने कुरामा निर्भर गर्छ । गुलाब, क्याक्टस, र्फन, जिरेनियम, जरबर आदि मौसमी फूलका बिरुवा घरको छतमा राख्न सकिन्छ । यसलाई घामले पनि त्यति नोक्सान गर्दैन ।

- सीधा घाम नपर्ने तर घामको प्रकाश पर्याप्त मात्रामा आउने ठाउँमा इन्डोर प्लान्ट रोप्न सकिन्छ । यसका लागि पाम, र्फन, क्रोटन, फाइकस आदि बिरुवा रोप्न सकिन्छ ।

द्धघरभित्र हल्का प्रकाश आउने ठाउँमा मनी प्लान्ट, लकी ब्याम्बो, पिस लिली, र्फनजस्ता बिरुवा रोप्न सकिन्छ ।

- घरको बाहिरी भागमा राखिएका ठूला गमलामा कागती, अंगुर, सुन्तला, मुन्तला, अनार आदि फलका बिरुवा रोप्न सकिन्छ । यसका साथै बेगनबेली, अलमेन्डाजस्ता ठूला बिरुवा भएका फूल रोप्न सकिन्छ ।

- ठूला गमला, ड्रम आदिमा तरकारी रोप्न सकिन्छ । यसमा भिन्डी, भान्टा, टमाटर, करेला, प्याज, खुर्सानी, साग आदि रोप्न सकिन्छ ।

\"\"गमलामा बिरुवा रोपेपछि त्यसलाई कीराबाट जोगाउनुपर्छ । बिरुवामा लाग्ने रोगका बारेमा जानकारी राखी त्यसमा उपयुक्त कीटनाशक औषधि छर्कनुपर्छ । यसका लागि मालाथिन, रोगोर र फेनवलरेट प्रतिलिटर पानीमा दुई मिलिलिटर मिसाएर हाल्नुपर्छ । त्यसैगरी बिरुवामा आउने गाँठाका लागि डायथेन एम-४५ प्रयोग गर्न सकिन्छ । यसमा पनि १ लिटर पानीमा २ ग्रामका दरले हरेक ३ हप्तामा एकपटक औषधि छर्कनुपर्छ । फल अथवा तरकारी टिप्नुभन्दा कम्तीमा पनि ३ हप्ता पहिले औषधि हाल्न छोड्नुपर्छ । यसो गर्दा गमलाका बिरुवा सुरक्षित रहन्छन् ।

फ्लावर आर्ट

गमला, टे्र, ह्याङ्गिङ् बास्केट, डिब्बा आदिमा विभिन्न प्रकारका फूल-बिरुवा रोपी कोठा सजाउन सकिन्छ ।

 Image