Successfully Copied

बालबालिकाहरूलाई आर्थिक स्वतन्त्रता

अहिलेका बालबालिकाहरू निकै चलाख छन् । उनीहरू हरेक क्षेत्रमा रुचि राख्छन् । चाहे मनोरञ्जन होस् वा आर्थिक पक्ष, उनीहरू जिज्ञासु हुन्छन् ।

अहिलेका बालबालिकाहरू निकै चलाख छन् । उनीहरू हरेक क्षेत्रमा रुचि राख्छन् । चाहे मनोरञ्जन होस् वा आर्थिक पक्ष, उनीहरू जिज्ञासु हुन्छन् । त्यसैले यस विषयमा आमाबाबुले पनि उदार भएर सन्ततिहरूलाई आफ्नो आर्थिक स्थितिका सम्बन्धमा जानकारी दिनुपर्छ । उनीहरूलाई बचत, लगानी, खर्चजस्ता विषयमा जानकारी प्रदान गर्नुपर्छ । सानैदेखि आर्थिक विषयमा जानकारी राख्ने बालबालिकाहरू पछि गएर आफ्नो आर्थिक कारोबारमा कठिनाइविना नै अघि बढ्न सक्छन् । उनीहरूले आर्थिक समस्यालाई सहज रूपमा लिन्छन् ।

आफ्ना समस्या सुल्झाउँछन् । अभिभावकले आफ्ना सन्ततिलाई आफ्नो आर्थिक स्थितिका सम्बन्धमा खुलेर बताउनुपर्छ । कहिल्यै उनीहरूको चाहनालाई आफ्नो स्तरभन्दा माथि बढ्न दिनु हुँदैन । सानै छँदा घरका सानातिना कारोबारमा उनीहरूलाई सम्लग्न गराउनुपर्छ । किनमेल, भण्डारण तथा बचतजस्ता बानीको विकास गराउँदै लानुपर्छ । विभिन्न कार्यक्रम तथा चाडपर्वमा उनीहरूले दक्षिणा तथा मायाका रूपमा मान्यजनबाट पाएको पैसा मनग्य खर्च गर्छन् । त्यसले उनीहरूमा बढी खर्च गर्ने बानीको विकास हुन्छ । त्यसैले प्राप्त रकम कति खर्च गर्ने, कति जम्मा गर्ने भन्ने विषयमा नानीहरूलाई बताउनुपर्छ ।

खुत्रुके बचतको बानी

बालबालिकाहरूमा बचत गर्ने बानी बसाल्न उनीहरूका लागि खुत्रुके खरिद गरिदिनुपर्छ । अहिले खेलौनाका रूपमा पनि खुत्रुुके खरिद गर्न सकिन्छ । आफूले पाएको सबै पैसा थोरै-थोरै जम्मा गर्दा एकदिन पैसाको थुप्रो बन्ने कुरा पनि उनीहरूलाई सिकाउनुपर्छ । सुरुदेखि जम्मा गरेको पैसा महिनाको अन्तिम दिन गनेर उनीहरूलाई देखाउनुपर्छ । यसबाट बालबालिकाहरूले बचत गर्ने बानी सिक्छन् । अहिले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले खुत्रुके बचतको कार्यक्रम पनि संचालनमा ल्याएका छन् । यसवापत उनीहरूले व्याज तथा अरु सुविधा पनि प्रदान गर्छन् । अभिभावकले कहिल्यै सन्ततिको जम्मा पैसा खर्च गरिदिनु हुँदैन ।

आफ्नो आर्थिक अवस्थामा छलफल

सन्तति भनेका आफ्ना सबैभन्दा नजिकका शुभचिन्तक हुन् । त्यसैले उनीहरूसँग आफ्नो आर्थिक स्थितिका सम्बन्धमा कुरा गर्न हिचकिचाउनु हुँदैन । आफ्नो स्थितिका बारेमा जानकारी दिँदा बालबालिकाहरूको अनावश्यक माग पनि कम हुन्छ । उनीहरू चाहेर पनि बढी माग गर्न सक्दैनन् । उनीहरू यस प्रकारका क्रियाकलापले कर्तव्यनिष्ठ हुन्छन् । सानैदेखि समस्यासँग जुध्ने हुन्छन् । त्यसैले यस विषयमा समयमै आफ्ना सन्ततिलाई जानकारी दिनुपर्छ ।

आर्थिक परिधि निर्धारण गर्नुपर्छ

बालबालिकाहरूको मन निकै चञ्चल तथा परिवर्तित हुन्छ । उनीहरू जे देख्छन् त्यसको चाहना राख्छन् । सामान खरिद गरेको केही समयमा उनीहरू त्यो सामानको मतलब गर्दैनन् । त्यो भन्दा अर्को सामानतर्फ मोडिन्छन् । आफूसँग जे छ त्यसको बेवास्ता गर्नु बालमनोविज्ञान नै हो । सकेसम्म साथीभाइभन्दा आफ्ना खेल्ने, चलाउने सामान बढी हुन् भन्ने उनीहरू चाहन्छन् । त्यसैले सावधानीपूर्वक उनीहरूको यो बानीमा कटौती गर्दै लानुपर्छ । उनीहरूले चाहेको सामान आफ्नो बजेटभन्दा बाहिर छ भने कराएर, हप्काएर नभै बिस्तारै सम्झाउनुपर्छ । पहिलेदेखि यस्तो परिधि निर्धारण भएन भने उनीहरूको खर्च गर्ने प्रवृत्ति बढ्दै जान्छ जुन पछि समस्यामा परिणत हुन्छ ।

निर्णय गर्ने अवसर

सन्ततिलाई निर्णय गर्ने अवसर दिएर उनीहरूको हौसला बढाउनुपर्छ । कुनै पनि कुरामा उनीहरूलाई कर लगाउनु हुँदैन । आफ्नो रुचिको कुरा होस् वा कुनै प्रकारको आवश्यकता आफ्नो बजेटअनुसार बालबालिकालाई स्वनिर्णयको अधिकार दिनुपर्छ ।

क्युज सिनेमा

आउटलेट : राइजिङ मल

विशेषता : चलचित्र हेर्न फरक मज्जा ।

जापानको लोकप्रिय ब्रान्ड क्युजबाट प्रभावित भएर खोलिएको यो सिनेमा हल राइजिङ मलको पाँचौं तल्लामा अवस्थित छ । दुईवटा सिल्भर स्क्रिन रहेका यी हलमध्ये एउटा हलमा १ सय ६८ तथा अर्को हलमा ७७ सिट क्षमता छ । सुविधासम्पन्न तथा आरामदायक सिटको व्यवस्थासहित यो हल अत्याधुनिक साउन्ड सिस्टमले युक्त छ । साना भएकाले यी हलमा भीडभाड तथा हल्ला कम हुन्छ । क्युज अडी तथा क्युज प्रिमियम गरी यसको भिन्न टिकट शुल्क कायम गरिएको छ । सिनेमा हेर्दा पेय पदार्थ तथा स्न्याक्स सिटमै उपलब्ध हुन्छ । यहाँ बल्कमा टिकट काट्दा कम शुल्क लाग्छ । यो हलले हरेक मंगलबार क्युज डे मनाउने योजना बनाएको छ । उक्त दिनमा टिकटमा विशेष छुटको व्यवस्था हुन्छ । पार्किङको राम्रो सुविधा भएको यो हलमा चलचित्र हेर्दा निकै फरक अनुभव हुन्छ ।

आलियाज कलेक्सन

आउटलेट : कमलपोखरी ।

विशेषता : लेहेंगा, अनारकली, कुर्ती र साडी ।

कोलकाताबाट आयातीत साडी, कुर्ता, अनारकली, लेहेंगा तथा टप्स र लेगिन्सका लागि उपयुक्त गन्तव्य आलियाज कलेक्सनमा विविध रंग तथा फेबि्रकका पहिरन उपलब्ध छन् । १५ सयदेखि ३० हजारसम्म पर्ने आलियाजका पहिरनहरू कटन, अनारकली, सिफन, नेट तथा जर्जेटबाट बनेका छन् । रेडिमेड र कपडा पिस दुबै पाइने आलियाजका पहिरनहरू उच्च गुणस्तरीय, रंग र भुवा नआउने तथा लेटेस्ट डिजाइनका भएको संचालिका प्रज्ञा अग्रवाल बताउँछिन् । सबै वर्गका ग्राहक लक्षित आलियाजका पहिरनहरू समयअनुसार विभिन्न डिजाइन एवं कलरमा उपलब्ध छन् ।

पिकबु

आउटलेट : कपन मार्ग, महाराजगंज ।

विशेषता : सुलभ मूल्यमा शिशुका ब्रान्डेड पहिरन ।

२०१३ सालदेखि सञ्चालित पिकबु विशेषत: अनलाइन किड्स कोल्डिङ स्टोर हो । पिकबुले ग्याप, एस एण्ड एम, जुटानो, सिल्को, जेरानिमल, जिङबोरी, चिल्ड्रेन्स पेलस, काइरो, कायट्रस आदि विश्वका प्रख्यात ब्रान्डका पहिरन सुलभ मूल्यमा उपलब्ध गराउँछ । फेसबुक पेजबाटै अर्डर दिन सकिने यो अनलाइन स्टोरमा बालबालिकाका १ सयदेखि ५ हजारसम्मका पहिरन उपलब्ध छन् । कपनस्थित किड्स भ्यालीमा हुने वर्थ डे पार्टीहरूमा पिकबुले विशेष सेल लगाउँछ ।

क्विन्स बर्गर

आउटलेट : एपेक्स बिल्डिङ, कमलादी ।

विशेषता : सफा एवं स्वादिष्ट बर्गर ।

दुई महिनाअघि एपेक्स बिल्डिङ कमलादीमा खुलेको क्विन्स बर्गरमा गुणस्तरीय बर्गर पाइन्छ । बर्गर पारखीहरूलाई लक्षित गरी खोलिएको क्विन्स बर्गरमा बर्गरका साथै म:म, फ्रेन्च फ्राइज, नगेट तथा कोल्ड डि्रंक्स पनि उपलब्ध छन् । यहाँ प्रयोग गरिने सस घरमै बनाइएको तथा ब्रेड पनि गुणस्तरीय भएको दाबी गरिन्छ । बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म खुल्ने क्विन्समा धेरैजसो बैंकका कर्मचारी तथा कलेजका विद्यार्थीहरू पुग्ने गरेका छन् । खुलेको एक महिनामै राम्रो प्रतिक्रिया मिलेको क्विन्स बर्गरका पुरुषोत्तम तथा रमा भेटवाल बताउँछन् ।

 Image