Successfully Copied

तीजको मेकअप

एक त भोकै, अर्को भारी साडी त्यसमाथि बिहानै मठ-मन्दिर जानुपर्ने बाध्यता। यस्तो बेला जस्तो पायो त्यस्तो मेकअप गरियो भने सौन्दर्यमा दाग लाग्नसक्छ।

एक त भोकै, अर्को भारी साडी त्यसमाथि बिहानै मठ-मन्दिर जानुपर्ने बाध्यता। यस्तो बेला जस्तो पायो त्यस्तो मेकअप गरियो भने सौन्दर्यमा दाग लाग्नसक्छ। त्यसैले अरू बेला भन्दा तीजको मेकअप गर्दा अलि बढी होसियारी अपनाउनुपर्छ। दिनभरि घाममा हिँड्न र नाच्न पनि मिल्ने गरी वाटरप्रुफ मेकअप गर्नुपर्छ।

ओइली तथा धेरै पसिना आउने स्किनमा मेकअप टिकाउन गार्‍हो हुन्छ। यस्तो स्किन भएकाहरूले तातोपानीमा भुवा भएको रुमाल भिजाएर १५ मिनेट स्टिम लिने। ताजा घिउकुमारीको जेल तथा १० थोपा कागतीको रस मिसाएर बनाइएको प्याक लगाई २० मिनेटपछि पखाल्ने। बढी नै पसिना आउने स्किन छ भने राति नै मनतातो पानीले अनुहार धुने। गुलाब जल लगाएर सुत्ने। राति नै एक गिलास तातोपानीमा सफा निमको काठको सानो टुक्रा डुबाउने।  बिहान निमको काठ डुबाइएको पानीमा मनतातो पानी मिसाएर अनुहार धुने।

स्ट्रबेरी, मेवा तथा सुन्तलाको रसको आइसक्युब बनाउने। मेकअप गर्नुभन्दा १५ मिनेटअघि फलफूलको आइसक्युब कटनको सहायताले अनुहार, घाँटीजस्ता देखिने सबै भागमा रब गर्दा मेकअप लामो समयसम्म टिक्छ।

आँखाको मेकअप

तीजको मेकअप गर्दा आँखाको मेकअप गर्ने कुरामा पनि ध्यान पुर्‍याउनुपर्छ। आइस्याडो जेलको बेस बनाउने र त्यसको माथि आफ्नो पहिरनअनुरूपको आइस्याडो लगाउने। यसले गर्दा आइ मेकअप लामो समयसम्म जस्ताको तस्तै रहन्छ। आइब्रो सधैं उल्टो दिशाबाट मात्र कोर्ने। आइब्रोलाई ४ प्रकारले मिलाउन सकिन्छ। यु आकारको अनुहार छ भने यु, भी, स्ट्रेट, राउन्ड चारै प्रकारको आइब्रो सुहाउँछ। भी आकारको अनुहारलाई भीबाहेक ३ वटै आइब्रो सुहाउँछ। गोलो अनुहार भएकाहरूका लागि भी आकारको आइब्रो मात्र सुहाउँछ। त्यस्तै स्क्वायर अनुहारमा स्ट्रेट र यु आकार सुहाउँछ। आफ्नो अनुहारअनुरूप आइब्रो बनाए मेकअप अझ राम्रो देखिन्छ।

ओठको मेकअप

ओठका लागि बजारमा भनेजस्तो वाटरप्रुफ लिपिस्टिक, ग्लस तथा लाइनरहरू पाइन्छन्। आफूलाई मन परेको कलर र ब्रान्डको वाटरप्रुफ लिपिस्टिक प्रयोग गर्ने। वाटरप्रुफ लिपिस्टिक लगाउँदा लामो समय जस्ताको तस्तै देखिन्छ।

रोज लगाउँदा

गालालाई सेप दिन लगाइने रोज जस्तो पायो त्यस्तो हुनुहुँदैन। यु आकारको अनुहारमा चिकबोनबाट रोज लगाउने। भी आकारको अनुहार छ भने कानतिरबाट सीधा क्रस गरेर रोज लगाउने। राउन्ड अनुहारमा कन्चटबाट तलतिर रोज लगाउने र स्क्वायर अनुहारमा ब्लन्ड ब्रस मात्र लगाइदिने।

मेकअप गर्ने विधि

सर्वप्रथम वाटरप्रुफ फाउन्डेसन लगाउने। त्यसपछि सनब्लक र कम्प्याक लगाउने। सनब्लक पनि अहिले फाउन्डेसनयुक्त पाइन्छ र त्यही नै उपयुक्त पनि हुन्छ। कम्प्याकपछि पानी स्प्रे गर्ने। स्मोजले ब्लेन्ड गर्ने। फेरि कम्प्याक लगाउने। आँखामा आइस्याडो जेलले बेस बनाउने र त्यसपछि आइस्याडो लगाउने। वाटरप्रुफ गाजल लगाउने। अनुहारको प्रकृतिअनुरूप जेल रोज लगाएपछि आइब्रो कोर्ने।

- लक्ष्मी श्रेष्ठ, बरिष्ठ सौन्दर्यविद्

००००००००००००

बडी स्पाको आवश्यकता

समाज विकाससँगै मानिसहरूको जीवनशैली पनि परिवर्तन भैरहेको छ। व्यस्त मानिसहरू चाहेर पनि आरामदायक जीवन बिताउन सकिरहेका हुँदैनन्। व्यस्त दैनिकी, दूषित हावा-पानी, विषादी प्रयोग गरिएका खानेकुरा आदिले गर्दा विभिन्न रोग लाग्ने तथा  अनावश्यक रूपमा शरीरको तौल बढेर हामीमध्ये कतिपय कम उमेरमै जीवनबाट हरेस खान पुग्छौं। परिणाम स्वरूप काम गर्न उत्साह नहुने, मानसिक रूपमा रोगी हुने, छिटो रिसाउने, कसैसँग पनि राम्रो मेलमिलाप नहुने, एकान्तमा बस्न मन लाग्ने, शारीरिक रूपमा अस्वस्थ हुनेजस्ता समस्या देखा पर्छन् भने त्यसबाट छुटकारा पाउन ठूलो धनराशि खर्च हुने गरेको पाइन्छ। अहिलेको समाज बौद्धिक विचारको प्रतिस्पर्धा र बाहिरी आवरणको ग्ल्यामरमा टिकेको छ, जसले गर्दा आफूलाई प्रतिस्पर्धामा टिकाउन शरीर चुस्त एवं दुरुस्त हुनुपर्छ र यसमा बडी स्पा सहयोगी हुन्छ। स्पाका विभिन्न सेवाहरूले शरीरका नकारात्मक कुरा बाहिर निकाली नयाँ ऊर्जा प्रदान गर्छ। जसले आफ्नो शरीरको आवश्यकताअनुसार स्पासम्बन्धी सेवा प्रयोग गरेको छ ऊ अरुका अगाडि सबैभन्दा राम्रो र स्वस्थ्ा देखिन्छ। उसको अनुहारमा चमक हुन्छ। शारीरिक उचाइअनुरूप तौल हुन्छ। यस्ता मानिसको जीवन सदाबहार, सफा र तरोताजा हुन्छ। उनीहरू हरेक कुरामा प्रतिस्पर्धा गर्न सक्छन् र जीवनको सम्पूर्ण समयलाई अत्यधिक प्रयोग गरी हरेक कार्यमा सफलता हासिल गर्छन्।

गर्मी मौसममा बडी स्पा

गर्मी मौसममा मानिसको शरीरको छाला पातलो हुन्छ भने पसिना पनि प्रशस्त आउँछ। काम गर्दा छोटो समयमै थाकेको महसुस हुन्छ। यस्तो मौसममा चिसो तेल प्रयोग गरी मसाज गर्ने, प्रशस्त पानी पिउने, स्टिम बाथ प्रयोग गर्ने, सनक्रिमले मसाज गर्ने, छालालाई घामबाट जोगाउने तथा सनस्क्रिन क्रिम लगाएर हिँड्ने, हेड मसाज गर्ने तथा एरोमा थेरापी लिने।

भवी शर्मा

संचालक रियल थेरापी ब्युटी पोइन्ट, ठमेल

००००००००००००

पेडिक्योर

पेडी भनेको खुट्टा र क्युराको अर्थ हेरचाह हो। ल्याटिन भाषाको यो शब्दबाट खुट्टाको सरसफाइ एवं हेरचाह भन्ने बुझिन्छ। व्यक्तिगत सरसफाइमा पेडिक्योरको ठूलो महत्व छ। राम्रोसँग हेरविचार गरे खुट्टा राम्रो रहनुका साथै मानिस पनि स्वस्थ एवं सुन्दर देखिन सक्छ। खुट्टमा थकान नङ नबढ्ने समस्या, दाद वा छालाको रोगजस्ता धेरै समस्या हुन्छन्। उमेर पुगेकाहरूको घँुडा, पैताला दुख्ने थुपै्र आन्तरिक समस्या पनि हुनसक्छन्। ती सबै समस्या मसाजद्वारा खुट्टामा भएको प्रेसर प्वाइन्टमा दबाब दिएर समाधान गर्न सकिन्छ। पैतालामा शरीरका सबै अंगको प्वाइन्ट हुने भएकाले पेडिक्योर हरेक मानिसका लागि अत्यावश्यक छ। आफै घरमा पनि पेडिक्योर गर्न सकिन्छ तर मसाज आफैमा पूर्ण नहुने भएकाले विशेषज्ञसँग पेडिक्योर गराउँदा खुट्टा सुन्दर रहनुका साथै विभिन्न शारीरिक समस्या पनि कम हुन्छन्।

यसरी गर्न सकिन्छ पेडिक्योर

-    पेडिक्योरमा सोल र नेल अनि छालाको हेरविचार गर्नुपर्छ।

-    नेलपोलिस सफा गर्ने, खुट्टाको नङको साइज मिलाएर फाइल गर्ने र बफर गरी चमक दिने।

-    खुट्टाले सहन सक्ने तातोपानीमा भए     पेडिक्योर पाउडर हाइड्रोजन स्याम्पो, डेटोल आदि ती सामग्री नपाए नुन, कागती, मह आदि घरेलु सामग्री मिसाएर त्यसमा खुट्टालाई कम्तीमा १५ मिनट भिजाउने ।

-    भिजेको खुट्टामा कुनै राम्रो साबुन, स्क्रबर वा प्युमिक स्टोनका माध्यमबाट खुट्टाको सोललाई घर्षण गरी मृतकोषिकाहरू फाल्ने। पिँडौला र पूरा खुट्टामा स्क्रब गरी सफा गर्ने।

-    कुर्कुच्चा धेरै फुटेको छ भने कपासमा हाइड्रोजन प्याराअक्साइड भिजाएर लगाउने। धेरै नै फुटेको भए सोडियम बाइकर बोनेट एक वा दुई चिम्टी पानीमा हालेर लगाउने।

-    भिजेका मृतकोषिकालाई क्युटिकल क्रिम लगाएर क्युटिकल कटरले काटेर फ्यँाक्ने।

-    सफा पानीले धोएर खुट्टामा कुनै राम्रो मसाज क्रिमले मसाज गर्ने। आवश्यक भए भाइब्रेटरी मसाज पनि दिन सकिन्छ।

-    घरमा आफैंले पेडिक्योर गरेको हो भने सुत्नुअघि फुटेको कुर्कुच्चामा पेट्रोलियम जेली अथवा भ्यासलिन लगाएर कटनको मोजा लगाई सुत्ने र भोलिपल्ट बिहान निकालेर सफा पानीले धुने।

-    पार्लरमा मसाजपछि खुट्टामा प्याक पनि लगाउन सकिन्छ। पेडिक्योर गर्दा प्रयोग गरिने सामग्रीहरू इस्ट्रलाइजेसन गरिएको हुनुपर्छ। हप्तामा कम्तीमा एकपटक पेडिक्योर गर्नु राम्रो हुन्छ।

 मीना गुरुङ,

बरिष्ठ ब्युटिसियन, हङकङ ब्युटी इन्स्िटच्युट एण्ड कलेज, चिप्लेढुंगा पोखरा

००००००००००००

हातको हेरचाह

प्राय:जसो युवती एवं महिलाहरूको ध्यान आफ्नो अनुहार र पहिरनमा हुन्छ। आफ्ना हात वा खुट्टातिर उनीहरू खासै ध्यान दिँदैनन्। शरीरका अंगमध्ये आँखापछि हातलाई महत्वपूर्ण मानिन्छ। प्रकृतिको प्रभाव सबैभन्दा बढी हातमै पर्छ। गर्मी वा ठण्डीको प्रभाव सबैभन्दा पहिले हातमै पर्छ। हातप्रति ध्यान नपुर्‍याउँदा त्यसको सौन्दर्य नै हराउन सक्छ।

घरधन्धाको सबै काम सकिएपछि राम्रोसँग हात सफा गर्नुपर्छ। हातको मात्र होइन नङको पनि हेरचाह आवश्यक छ। आफ्नो नङलाई सुरक्षित राख्न बोतल, डिब्बा आदि नङले खोल्नु हुँदैन। घरको काम सकिएपछि नङ सफा गर्नुपर्छ। नङ सुन्दर राख्न नेल कटरले राम्रोसँग काटेर रगड्नुपर्छ। बेलाबेलामा टि्रम गरिरहनुपर्छ। हात र औंला पनि छोटा छन् भने आफ्नो नङलाई लामो राख्नुपर्छ। औंला मोटो छ भने त्यसलाई पातलो आकारमा राख्नुपर्छ। नङमा नेलपोलिस लगाउँदा नङको दुवैतर्फ लम्बाइको भागमा थोरै राखेर हल्का रंगको नेलपोलिस लगाउनुपर्छ।

नङको सफाइ

हात वा खुट्टाका नङलाई समय-समयमा काटिरहनुपर्छ। नङ बढाउन चाहने युवतीले दिनहुँ नङ सफा गर्नुपर्छ। बढेको नङले युवती तथा विवाहित महिलाको हातको शोभा बढाउँछ तर काम गर्दा भने असुविधा हुन्छ। यसको सरसफाइमा ध्यान दिनुपर्छ। नङमा फोहोर जम्मा भएको छ भने नङ अनाकर्षक देखिनुका साथै स्वास्थ्यका हिसाबले पनि हानिकारक मानिन्छ।

नेलपोलिस

नङको शोभा नेलपोलिसले बढाउँछ। नङलाई सुन्दर तथा आकर्षक बनाउन विभिन्न रंगको नेलपोलिस प्रयोग गर्न सकिन्छ। जुन रंगको नेलपोलिस वा सेडको नेलपोलिस हातखुट्टासँग मेल खान्छ, बढी खुल्छ, त्यही रंगको नेलपोलिस प्रयोग उपयुक्त हुन्छ जसले गर्दा नङ आकर्षक देखिन्छ। अहिले रंगीन नेलपोलिसको चलन छ। रातोबाहेक नीलो, पहेंलो, हरियो, प्याजी आदि रंग पनि चलेका छन्। नेलपोलिस लगाउँदा पुरानो नेलपोलिस पूर्णरूपमा मेटाउनुपर्छ। एसिटोन भएको रिमुभर प्रयोग नगरी सामान्य रिमुभर प्रयोग गर्नुपर्छ। कपासलाई रिमुभरमा भिजाएर नङको जरादेखि किनारसम्म दल्नुपर्छ।

नङको जरामा क्युटिकल क्रिम वा नेल फुडले मालिस गर्नुपर्छ। क्रिमलाई भित्रसम्म जान तथा सुक्न दिनु हुँदैन। नङमा वेस कोट वा नेल हार्डनर लगाउनुपर्छ। पछि ब्रसले नङमा पोलिस लगाउनुपर्छ। पोलिसलाई तत्काल सुकाउन क्विक ड्रायर प्रयोग गर्न सकिन्छ।

नङको सुरक्षा

भिटामिन ए, डी र बी कम्प्लेक्स नङका लागि लाभदायक मानिन्छ। फुटेको नङ क्याल्सियम एवं रक्सी दल्दा पनि ठीक हुन्छ। भोजनद्वारा नङको विकास र अवस्थ्ाा सुधार्नुका अतिरिक्त हातले कुनै कठोर कार्य गर्ने समयमा, नङको मुनि तथा नङमा क्रिम लगाउनुपर्छ। यसले हातको मात्र होइन नङको स्थिति पनि राम्रो राख्छ। टेलिफोन डायल गर्दा वा टाइप गर्दा नङको सुरक्षामा ध्यान पुर्‍याउनुपर्छ।

नङ काट्नुपूर्व जैतुनको तेलमा हलुका भिजाउनुपर्छ। यसले नङ काट्दा फुट्ने सम्भावना कम हुन्छ। बदाम र सेतो आयोडिन मिसाएर लेप बनाउन सकिन्छ। दाग हटाउन नङमा आलु वा कागतीको टुक्रा दल्नुपर्छ। बलियो बनाउन र सुरक्षा गर्न नङको किनारा सीधा तथा समान बनाउनुपर्छ। नङ काटेपछि औंलालाई मनतातो पानीमा डुबाएर ब्रसले सफा गर्नुपर्छ। नङको माथि र जराको छालालाई रिमुभरको सहायताले नरम बनाउनुपर्छ। त्यसपछि स्क्रेपरले त्यसलाई काट्नुपर्छ। छालामा बढी रिमुभर लगाउनु हुँदैन। नङ वरिपरि मनतातो तेल दल्नुपर्छ।

प्राय: महिलाको नङ कालो हुने कारण नेलपलिस परिवर्तन गरिरहनु हो। विशेष गरी अफिसमा काम गर्ने महिलाहरूमा यो समस्या देखिन्छ। नङ कालो हुनुमा रिमुभरको प्रयोगले पनि काम गरेको हुनसक्छ। नेलपोलिसमा र्फमल डोहाइड रेसिन नामक तत्व हुन्छ जसले नङको प्राकृतिक रंगमा परिवर्तन ल्याउँछ। यसको बढी प्रयोगले नङको चमक उड्छ। गुणस्तरहीन रिमुभरमा एसिटोन हुन्छ जसले रक्त संचारमा कमी ल्याउँछ। त्यसैले त्यस्तो स्थितिबाट जोगिन दिनहुँ नेलपोलिस बदल्नु हुँदैन। नङमा जैतुनको तेलले मालिस गरिरहनुपर्छ।

 संगीता श्रेष्ठ

००००००००००००

फेसियलको जादु

जुली प्याकुरेल, ब्युटिसियन

सबैको सबैभन्दा पहिलो नजर पुग्ने ठाउँ नै अनुहार हो। त्यसैले अनुहारलाई हरेक प्रकारले राम्रो बनाउने प्रयास गर्नुपर्छ। अनुहारको छालालाई दागरहित, स्वच्छ एवं चम्किलो बनाउन फेसियल गरिन्छ जुन छोटो समयमा सम्पन्न हुने कम खर्चिलो उपचार हो। फेसियलले छालाको रेखदेखमा मद्दत पुर्‍याउँछ, फेसियलले मृतकोष हटाउनुका साथै छालालाई चाउरीबाट पनि जोगाउँछ। फेसियलले छालामा चमक ल्याउँछ, फुस्रो हुन दिँदैन। फेसियलले दागहरू हटाउन मद्दत गर्छ। फेसियल गरेको छालामा कुनै पनि प्रकारको मेकअप सेट हुनुका साथै मेकअप पनि राम्रो देखिन्छ।

आधुनिक युगमा हरेक प्रकारको काममा आश्चर्यलाग्दा परिवर्तनहरू भैरहेका छन्। अन्य कुरामा जस्तै फेसियलमा पनि पहिले-पहिले क्लिन्जिङ, स्क्रविङ, रोनिङ, मसाज, स्टिमिङ तथा फेस व्याकको मात्र प्रयोग गरिन्थ्यो तर अहिले त्यस्तो समय रहेन। अब वर्षौंको रिसर्चपछि तयार पारी वरिष्ठ सौन्दर्य विशेषज्ञहरूद्वारा प्रमाणित प्रसाधनहरू प्रयोग गरिन्छ भने अत्याधुनिक इलेक्टि्रक मेसिनद्वारा फेसियलमै स्किन टि्रटमेन्ट पनि गरिन्छ, जसले गर्दा छाला लामो समयसम्म स्वस्थ एवं सुन्दर देखिन्छ। यस्तो नयाँ प्रविधि अपनाई गरिएको फेसियल छालाको सौन्दर्य वृद्धिका लागि रामवाण साबित भैरहेको छ।

 अहिले फेसियल गराउँदा शुद्ध अक्सिजन दिइन्छ। जसले छाला अझ स्वस्थ हुन्छ तथापि फेसियल सदैव अनुभवी ब्युटिसियनद्वारा नै गराउनुपर्छ। महिनामा एकपटक वा उमेरअनुसार दुईपटक फेसियल गराउनुपर्छ। फेसियल गराउँदा ब्रान्डेड सामानहरू नै प्रयोग गर्नुपर्छ, सस्ता एवं गुणस्तरहीन सामानबाट जोगिनुपर्छ। महँगो फेसियल भन्नेबित्तिकै त्यो हरेकको पहुँचबाट टाढा हुन्छ भन्ने होइन। सबै वर्गका दिदीबहिनीले हरेक महिना फेसियल गराउन सक्छन् किनभने अहिले सबैले फेसियल गर्न सकून् भन्ने कुरालाई ध्यानमा राखेर अनुभवी ब्युटिसियनहरूले त्यस्ता उत्पादनलाई प्रयोगमा ल्याइरहेका छन् जुन छालाका लागि लाभदायक हुनुका साथै सस्ता पनि छन्। फेसियल गराउँदा ब्युटिसियन अनुभवी हुनुपर्छ भन्ने कुरामा ध्यान पुर्‍याउनुपर्छ। अनुभवी ब्युटिसियनले गरेको फेसियलले व्यक्तित्व आकर्षण बनाउँछ।

००००००००००००

तीजका लागि हेयर स्टाइल

रूस्का बैद्य श्रेष्ठ, सौन्दर्यविद्

केशलाई सुन्दर बनाउन केशको हेरचारका साथै राम्रो स्याहार पनि आवश्यक हुन्छ। केशको शृंगार गर्दा विभिन्न हेयर स्प्रे, जेल, फिक्सर, ड्रायर आदि प्रयोग गरिन्छ। त्यसले गर्दा केश सुख्खा हुने, हाँगा फाट्ने तथा र्झने समस्या हुन्छ। तीजका लागि महिना दिनअघिदेखि दर तथा कार्यक्रमहरूमा सजिएर जानुपर्ने बाध्यतालाई मध्यनजर गरी केश स्याहारका लागि निम्न विधि अपनाउन सकिन्छ।

केशको समस्याअनुसार मात्र स्याम्पु प्रयोग गर्नुपर्छ। स्याम्पुपछि अनिवार्य कन्डिसनर प्रयोग गर्ने। हप्तामा एकपटक हेयर स्पा गर्ने। हट ओयल मसाज गर्ने। ओयल मसाज गरी स्टिम दिने। महिनाको एकपटक केशलाई टि्रम गर्ने। हेयर आइरन, हेयर सेटिङ गर्दा हिट प्रोटेक्सनको प्रयोग गर्ने। नुहाएपछि केश कोर्नुअघि हेयर सिरप लगाउने। प्रोटिनयुक्त स्याम्पु तथा हर्बल हेयर प्याक प्रयोग गर्ने। भिटामिन ई र केराटिन भएको हेयर टि्रटमेन्ट क्रिम तथा हेयर स्पाहरू मात्र प्रयोग गर्ने। यसरी स्याहार गरेपछि जस्तो केश पनि राम्रो हुँदै जान्छ।

सिम्पल बन स्टाइल

सबैभन्दा पहिले आफूलाई सुहाउने गरी केशको बीचमा वा साइडमा सिउँदो बनाउने। त्यसपछि दुवै साइडको केशलाई बटार्दै कानको पछाडि लगेर पिनअप गर्ने। पछाडिको पूरै केशलाई बीचमा रबरले बाँध्ने। केशलाई चार भागमा पार्टेसन गर्ने। हरेक भागको केशलाई औंलाले बेरेर ओभल सेप देखिने गरी पिनअप गर्ने। त्यसपछि पूरै केशलाई हेयर स्प्रेले सेट गर्ने। पहिले केशमा बाँधेको रबरलाई कैंचीले काट्ने जसले गर्दा जरा हल्का तलतिर र्झछ । त्यसपछि केश राम्रो र स्टाइलिस्ट देखिन्छ। अन्त्यमा केशमा विभिन्न हेयर क्लिप, फूल तथा डेकोरेटिभ पिनहरू लगाउने। यो हेयर स्टाइल टिनएजरदेखि हरेक उमेरका लागि उपयुक्त हुन्छ। यो हेयर स्टाइल दिनभरि जस्ताको तस्तै रहनुका साथै फ्रेस पनि देखिन्छ।

फाइभ फ्लेट हेयर स्टाइल

केशलाई राम्रोसँग कोर्ने। क्राउन एरियाभन्दा माथिको केशलाई गोलाकारमा लिएर हल्का पफ उठाउने। पछाडिको केशलाई तीनवटा सेक्सनमा भाग लगाउने। दुवैतिरको एक-एक सेक्सन लिएर बीचको सेक्सनसँग तीन चुल्ठी बाट्दै जाने। यसरी बाट्दै जाँदा दुवैतिरको सेक्सनको केशलाई बीचको सँग जोडेर बाट्दै जाने। बाट्दै जाँदा हल्का-हल्का साइडमा ल्याएर बाट्ने। यसो गर्दा केश स्टाइलिस्ट देखिन्छ। बाँकी केशलाई लम्बाइसम्म त्यसैगरी बाट्दै जाने वा कर्ल पनि गर्न सकिन्छ। यो स्टाइललाई आकर्षक देखाउन विभिन्न डेकोरेटिभ पिन, फ्लावर पिन आदिलाई बाटेको केशको बीच-बीचमा सजाउन सकिन्छ।

 

 

 Image