Successfully Copied

सम्बन्धका बारेमा कति बुझ्नुहुन्छ ?

'सम्बन्ध’ शब्दले आफैंमा धेरै कुरा बताउँछ, कारण सम्बन्धको डोरीले नै मानव जीवन अघि बढ्छ।

'सम्बन्ध’ शब्दले आफैंमा धेरै कुरा बताउँछ, कारण सम्बन्धको डोरीले नै मानव जीवन अघि बढ्छ। सम्बन्ध शब्द नहुँदो हो त सम्भवतः जीवन निरस हुने थियो। न कोही आफ्नो हुन्थ्यो, न त आफू कसैको रहनुहुन्थ्यो। यद्यपि स्थिति त्यस्तो छैन, व्यक्ति एउटा नभई अनेकौं सम्बन्धमा बाँधिन्छ, जसले उसको जीवनलाई गतिमान मात्र राख्दैन, त्यसलाई सुचारु ढंगले चलाएर समय-समयमा सुख-दुःखमा उसको सहारा बन्छ। यी सबका लागि सम्बन्धमा समझदारी हुनुपर्छ र सम्बन्धलाई बुझ्न सक्ने क्षमता पनि हुनुपर्छ।

के 'सम्बन्ध’ शब्दलाई जान्नु, बुझ्नुहुन्छ। तपाईंलाई लाग्छ कि जीवन बिताउनका लागि सम्बन्ध अत्यावश्यक छ ?

(क) हो  (ख) सायद  (ग) होइन।

सम्बन्ध निर्वाह गर्दा कुन-कुन सम्बन्धलाई कति महत्व र स्पेस दिनु जरुरी छ, कुन-कुन सम्बन्ध तपाईंको जीवनका लागि विशेष र महत्त्वपूर्ण छ ध्यान पुर्‍याउनुहुन्छ ?

(क) हो  (ख) सायद  (ग) होइन।

कसैले आफूलाई मन पराउँदैन र आफूसित सम्बन्ध पनि राख्न चाहँदैन भने उसका पछाडि भाग्नुहुन्न र त्यो सम्बन्धलाई शान्तिपूर्वक विश्राम दिनुहुन्छ ?

(क) हो  (ख) सायद  (ग) होइन।

आफ्ना आमाबुबा र सासू-ससुरालाई समान रूपले सम्मान गर्नुहुन्छ, तपाईंको नजरमा दुवै समान छन्। दुवैसँगको सम्बन्धमा तपाईंको जीवनले केही न केही प्राप्त गर्छ ?

(क) हो  (ख) सायद  (ग) होइन।

आफ्ना श्रीमान्लाई जीवनमा अहम् स्थान दिनुहुन्छ, कारण मातापितालाई जन्मको साथी र श्रीमान्लाई कर्मको साथी मान्नुहुन्छ, जसका साथमा आफ्नो सम्पूर्ण जीवन बिताउनु छ ?

(क) हो  (ख) सायद  (ग) होइन।

सन्तान तपाईंका लागि अत्यन्त जरुरी छन्। तपाईं तिनका लागि जे पनि गर्नुहुन्छ। आफ्ना सन्तानले हरेक क्षेत्रमा सफलता प्राप्त गरी सधैं स्वस्थ र सुखी भएको देख्न चाहनुहुन्छ ?

(क) हो  (ख) सायद  (ग) होइन।

परिवारका हरेक सदस्यका लागि केही न केही गर्न चाहनुहुन्छ। आफ्नो माइती र श्रीमान्को घरमा सबैजना सधैं सुखी र स्वस्थ रहून् भन्ने चाहना राख्नुहुन्छ ?

(क) हो  (ख) सायद  (ग) होइन।

देश एवं समाजप्रतिको आफ्नो कर्तव्य बुझ्नुहुन्छ। आफ्नो देश एवं समाजका लागि केही गर्न चाहनुहुन्छ ?

(क) हो  (ख) सायद  (ग) होइन।

आफूप्रति पूर्ण उत्साह राख्नुहुन्छ। आफ्नो स्वास्थ्य, मनोरञ्जन, रुचि एवं सपनाहरूप्रति सजग रहनुहुन्छ। समय-समयमा ती कुरामा ध्यान दिनुहुन्छ आफ्नो रहर पूरा पनि गर्नुहुन्छ ?

(क) हो  (ख) सायद  (ग) होइन।

मूल्यांकन

बढी उत्तर 'ए’ छ भने तपाईंलाई सम्बन्धका बारेमा पूर्ण ज्ञान छ। तपाईं त्यसलाई बुझ्नुहुन्छ र राम्रोसँग निर्वाह गर्नुहुन्छ। तपाईं बुद्धिमान् हुनुहुन्छ।

उत्तरमा 'बी’ बढी छ भने तपाईंलाई सम्बन्धका बारेमा पूर्ण ज्ञान त छ तर तिनलाई निर्वाह गर्न चुक्नुहुन्छ।

बढी उत्तर 'सी’ छ भने तपाईं सम्बन्ध शब्दको अर्थ बुझ्नुहुन्न  अनि अव्यावहारिक पनि हुनुहुन्छ। आफ्नो व्यवहारको पुनर्मूल्यांकन गरी त्यसमा परिवर्तन ल्याउनुपर्छ र जिम्मेवार बन्ने प्रयास गर्नुपर्छ।

- रोजिन शाक्य

 Image