झिलिमिली तिहार
तिहारको बेला बजारमा बेग्लै रौनक देख्न सकिन्छ । रंगीबिरंगी लाइटदेखि भगवान्का मूर्ति, मैनबत्ती, फूल, सजावटका सामग्री बजारमा छ्यापछ्याप्ती हुन्छन् । यो पर्वमा थुप्रै सामग्रीको किनमेल गरिन्छ ।![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2022/miscellaneous/IMGM9865-20102022011503.jpg&w=1000&height=600)
![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2022/miscellaneous/IMGM9865-20102022011503.jpg&w=1000&height=600)
उमेरले किरण मानन्धर ७० वर्ष पुगिसकेका छन् । उनका हातहरू अझै पनि क्यानभासमा दौडिरहन्छन् । उनी नेपाली कला सिर्जनामा करिब ६ दशकदेखि क्रियाशील छन् । उनको कलाप्रतिको प्रेम साउनमा बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा देखियो । ‘समर्पण’ शीर्षकमा उनले ४२ वटा चित्रकलाको एकल प्रदर्शनी गरे । लामो समयदेखि ‘एब्सट्रयाक’ पेन्टिङमा पहिचान बोकेका उनी केही समय एब्सट्रयाक पेन्टिङमा ‘फोकस’ भए ।
‘समर्पण’ मार्फत पुनः फिगरेटिभ ‘फर्म’ लाई स्थान दिएका छन् । प्रायः जुटका बोरामा अमूर्त चित्रहरू उतार्ने उनले मिलेको क्यानभासमा ब्रस (कुची) खेलाएका छन् । पहेंलो, सेतो, रातो रंगमा देवीहरूलाई उतारेका छन् र ज्वालालाई रातो रंग, सेतोलाई चाँदीको बिम्ब मान्दै उनले पहेंलो रंगलाई वैभवको रूपमा प्रतिनिधित्व गरेका छन् । मानन्धरले हिन्दू र नेवारी समुदायको आस्थाका प्रतीक विभिन्न भगवान्का रूपलाई क्यानभासमा उतारेका छन् । उनले गणेश, लाखे, कृष्णलगायत भगवान्का प्रतीकलाई क्यानभासमा ‘आधुनिक ढंग’ बाट उतारेर उनीहरूका गुणलाई देखाउन खोजेका छन् ।
भारतको बनारसबाट ललितकलामा स्नातकोत्तर तह उत्तीर्ण गरेका उनले कलाकारलाई चरासँग दाँज्छन् । उनले कलाकारहरू नयाँ कुराको खोजीमा रमाउनुपर्ने बताए । उनले भने ‘कलाकार चरा जस्तै हुनुपर्छ । आहाराको खोजीमा चरा हिँडेजस्तै कलाकारहरूले पनि नयाँपनका लागि खोजी गर्नुपर्छ ।’ चरा कहिल्यै एउटा फल खाएर अघाउँदैन । कलाकारमा पनि त्यही गुण हुनुपर्ने उनी बताउँछन् ।