रंगहरूको पर्व : होली
होली पर्व प्रत्येक वर्ष फागुन शुक्लपूर्णिमाका दिन हर्षोल्लासका साथ मनाइने हिन्दूहरूको प्रमुख चाड हो । होली रंगहरूको पर्व हो । असत्यमाथि सत्यको विजय भएको खुसीमा उल्लासका साथ एक–आपसमा अबिर एवं रंग लगाई यो पर्व मनाइन्छ ।

महिला उद्यमशीलता र वित्तीय पहुँचसम्बन्धी अन्तक्र्रिया, निःशुल्क स्वास्थ्य शिविर, फोटो सुट, मेहन्दी आर्ट तथा हात खाली नजाने विशेष उपहार प्रदान गर्ने कार्यक्रमसहित काठमाडौंमा पाँच दिने ‘डाबर बाटिका तीज फेस्टिभल–सिर्जनशील उद्यमी मेला २०७९’ शुरु भएको छ । मेलामा घरेलु तथा हस्तकलाका सामग्रीहरू, तीज विशेष खानाका परिकारहरू, बैंक तथा बित्तीय संस्थालगायत लत्ताकपडा, सौन्दर्य प्रसाधनका साथै फर्निचरका सयभन्दा बढी स्टल राखिएका छन् ।
त्रिपुरेश्वरको वर्ड ट्रेड सेन्टरमा साउन ३१ सम्म जारी रहने मेलालाई ३० हजार भन्दा बढी आगन्तुकले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । मेलाको मुख्य प्रायोजन कान्तिपुर पब्लिकेशन्सको सह–प्रकाशन ‘नारी’ मासिकले गरेको छ भने आयोजक संस्थामा ‘महिला सिर्जनशील केन्द्र’ रहेको छ । ‘राइजिङ नेपाल’ को व्यवस्थापन रहेको मेलाको शुक्रबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मी र हिमाल आरोही तथा पत्रकार पूर्णिमा श्रेष्ठले गरेका छन् । सिर्जनशील महिला दिदीबहिनीहरूलाई आर्थिक रूपमा सबल र दक्ष बनाई प्रविधिमैत्री वातावरण सिर्जना गरी सफल उद्यमी बनाउने लक्ष्यका साथ विगत १९ वर्षदेखि आयोजना हुँदै आएको उद्यमी मेलाको मूल उद्देश्य अशिक्षित, भेदभाव तथा अवसरबाट वञ्चित महिला समुदायलाई सीप सिकाई उनीहरूको सिर्जना र उत्पादनलाई बजारीकरण गर्ने रहेको आयोजक संस्थाकी अध्यक्ष मिलु थापाले बताइन् ।