मामाघरको सपना
नीलो आकाशमा कपासजस्तो ढकमक्क छोपेको सेता बादलले दसैंलाई स्वागत गर्दै थियो । त्यही आकाशमुनि आजाद पन्छी भई आदित्य र असीम छुट्टीको आनन्द लिँदै थिए । रङ्गीबिरङ्गी चङ्गाहरू उसैगरी आकाशमा नृत्य देखाइरहेका थिए ।

काठमाडौंको महाराजगंजस्थित एनसेल सेन्टरमा महिला कर्मचारी मात्रै राखिएका छन् । महिला सशक्तीकरण, लैंगिक समानता र समुदायको विकास गर्ने उद्देश्यले सेन्टरमा महिला कर्मचारी मात्रै राखिएको कम्पनीले जनाएको छ । सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाबारे सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङको जानकारीका साथै विभिन्न कर्पोरेट सेवाहरू लिन सक्ने जारी विज्ञप्तिमा उल्लेख छ । यसैगरी, ग्राहकले सिम फोरजीमा अपग्रेड, सिम तथा मोबाइल नम्बर परिवर्तन गर्न, सीयुजी नम्बरहरूको आवश्यक फेरबदल, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ सुचारु, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफरलगायतका सेवाहरू पनि लिन सक्ने कम्पनीले जनाएको छ ।