अहिलेको आर्थिक मन्दीले जताततै असर
महिलाले घरपरिवार, समाज र व्यावसाय दुवै हेर्नुपर्ने र सन्तुलनमा राख्नुपर्ने भएकाले सहज छैन तर यसका बावजुद पनि अवसर नभएका होइनन् । आत्मनिर्भर हुन, एक्सपोजर पाउन, विदेशी संस्कृतिबारे थाहा पाउन यसले सघाएको पनि छ ।
यसपटकको ‘मिस नेपाल वल्र्ड–२०२२’ को उपाधि प्रियंका रानी जोशीले जितेकी छिन् । हिडन ट्रेजरद्वारा शनिवार सा“झ ललितपुरको गोदावरी सनराइज कन्भेन्सन सेन्टरमा आयोजित मिस नेपाल वल्र्ड– २०२२ को ग्राण्ड फिनालेमा उपाधि जित्न सफल काठमाडौंकी २४ वर्षीया जोशीले अब ‘मिस वल्र्ड’ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । आमसञ्चार र अंग्रेजी साहित्यमा स्नातक जोशीलाई पूर्व मिस नेपाल नम्रता श्रेष्ठले ताज पहि¥याएकी थिइन् । यो सँगै जोशीले मिस डिलाइटको उपाधि पनि जित्न सफल भइन् । २३ जना युवतीले सहभागिता जनाएको यो प्रतियोगितामा ‘मिस नेपाल अर्थ’ को उपाधि संखुवासभाकी २५ वर्षीया सरिशा श्रेष्ठले जितेकी छिन् । उनले मिस अर्थमा नेपालको प्रतिनिधित्व गर्नेछिन् । त्यसैगरी ‘मिस नेपाल ईन्टरनेशनल’ को उपाधि विराटनगरकी २४ वर्षीया न्यान्सी खड्काले जितेकी छिन् । न्यान्सी अब मिस ईन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्नेछिन् । मिस कन्फिडेन्टको उपाधि पनि मिस नेपाल अर्थ श्रेष्ठले नै जितिन् भने ‘मिस पपुलर च्वाइस’ उपाधि खड्काले हात पारिन् । ‘मिस नेपाल सुप्रानेसनल’ फ्रेन्चाइजलाई भने यस वर्ष निरन्तरता दिइएको छैन ।



प्रतियोगितामा विभिन्न १० वटा सब–टाईटलमा विजेता घोषणा गरिएको थियो । स्मारिका शर्माले ब्यूटी विद द पर्पसको उपाधि जितेकी छिन् । त्यसैगरी रोज क“डेल ‘डाबर अमला मिस ब्युटीफुल हेयर’ र द काठमाडौं पोस्ट ‘मिस इन्टलेक्च्युअल’, ‘फार्मेसी फेस अफ २२’ गंगा गुरुङ, ‘मिस फोटोजेनिक’ ममता ढकाल र ‘मिस ग्ल्यामर’ सोफिया श्रेष्ठ घोषित भए । यस वर्षको मिस नेपालमा देशभरबाट झन्डै ८ सय जनाले आवेदन दिएका थिए । आवेदकहरुमध्ये १ सय ९६ जना छनोट गरी २३ जना प्रतिस्पर्धीहरु ग्रान्ड फिनालेमा प्रतिस्पर्धाका लागि सहभागी थिए ।
मिस नेपाल २०२२ प्रतियोगिताको निर्णायक मण्डलमा अभिनेता निश्चल बस्नेत, मिस नेपाल इन्टरनेशनल २०१७ नीति शाह, पूर्व मीस नेपालद्वय पूनम घिमिरे तथा अनुष्का श्रेष्ठ, बैंकर्स किशोर महर्जन, दीपक थापा, लाक्पा तामाङ, तेक्वान्देकी आयशा शाक्य, मेकअप आर्टिस्ट लेमी तामाङ थिए ।




तस्बिरहरु : महेश प्रधान