हिमालयन आर्ट फेस्टिभलमा ८० कलाकारका सिर्जना
बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा हिमालयन आर्ट फेस्टिभलको आज अन्तिम दिन हो । आर्ट फेस्टिभल सात दिनसम्म चलेको थियो । फेस्टिभलमा ८० भन्दा बढी कलाकारको १ सय भन्दा बढी सिर्जना राखिएको थियो ।

फोटोपत्रकार पूर्णिमा श्रेष्ठ विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा चढ्न सफल भएकी छन् । उनले ८५८६ मिटर अग्लो उक्त शिखर चुमेकी हुन् । यसअघि उनले सर्वोच्च शिखर सगरमाथा, धवलागिरि, मनास्लु, आमादब्लम र अन्नपूर्ण प्रथम हिमालको आरोहण गरिसकेकी छन् ।