भान्साका सारथि
पाककलालाई ‘उत्कृष्ट’ कला मानिन्छ । यो सहज भए पनि चुनौतीपूर्ण छ । भान्सामा काम गर्नेहरूका लागि जोखिम पनि उत्तिकै हुन्छ । किनभने यहाँ धारिला र तिखा विभिन्न हतियारको प्रयोग गरिन्छ, आगोका लप्कासँग पनि खेल्नुपर्ने हुन्छ ।![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2022/miscellaneous/_S5I7166-21102022044844.jpg&w=1000&height=600)
![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2022/miscellaneous/_S5I7166-21102022044844.jpg&w=1000&height=600)
संखुवासभाकी रेजिना बस्नेतको दैनिकी झिसमिसेबाटै सुरु हुन्छ । लगनखेलबाट चल्ने साझा बसमा कहिलेयात्रु बोलाइरहेकी हुन्छिन् त कहिले भाडा उठाइरहेकी हुन्छिन् । बसमा कुनै खराबी भए आफै ओर्लेर हेर्नुपर्छ । उनले यो काम गरेको ठ्याक्कै चार वर्ष भएछ । २७ वर्षीया उनी साझा बसकी सह–चालिका हुन् । छोरी चार वर्षकी हुँदा रेजिना यो पेसामा लागेकी हुन् । सुरु–सुरुमा यात्रु बोलाउन उनलाई अप्ठ्यारो लाग्थ्यो । ‘किनभने महिला सह–चालिकाहरू कमै थिए। म एक्लै हुँ कि जस्तो लाग्थ्यो । तर, अहिले बानीपरिसक्यो,’ उनले भनिन्, ‘संखुवासभाबाट आएर काम सुरु गर्दा निकै गाह्रो होलाजस्तो लागेको थियो, लाज, डर पनि थियो, अहिले यो काम सजिलो लाग्छ । ’उनको दैनिकी बिहान सात बजे सुरु भएर बेलुकी करिब सात बजे सकिन्छ ।ड्युटी सकिए पनि दिनभरिको सबै हिसाब नबुझाई उनी घर जान पाउँदिनन् ।‘कहिलेकाहीँ बाटोमा गाडी जाममापर्दा ढिला हुन्छ । त्यसमाथि दिनभरिको हिसाब गरेर उठेको रकम बुझाउनुपर्छ, तर जागिर बिहान सातदेखि बेलुकी सात बजेसम्मै हो,’ रेखाले भनिन् । दैनिक सयौं यात्रुसँग भेट हुन्छ तर,महिला देखेर हेप्न खोज्ने कतिपय मानिससँग कडा रूपमा प्रस्तुत हुने गरेको उनले बताइन् । रेजिनाको ड्राइभिङ सिकेर आफैं गाडी चलाउने र सह–चालिकाका रूपमा अर्की महिला राख्ने चाहना छ । साझामा उनीसँगै अरु तीन महिला सह–चालिका कार्यरत छन् ।
तस्बिर : केशव थापा