२०७९ साल फागुन महिनाको राशिफल
मेष कसै–कसैको प्रेमसम्बन्धले विवाहको रूप लिनेछ । परिवार, आफन्त एवं मित्रवर्गबाट अपेक्षित सहयोग र सद्भाव पाइनेछ । आर्थिक एवं व्यापारिक दुवै क्षेत्र सफल रहनेछन् ।

जाडो मौसममा खानपान र पहिरनमा हामीले विशेष ध्यान दिएकै हुन्छौं । तर, यतिले मात्रै पुग्दैन । यो मौसममा कोठा पनि न्यायो महसुस गराउने खालको हुनुपर्छ । थोरै खर्चमा हामी कोठालाई नयाँ लुक्स दिनुका साथै न्यानो पनि बनाउन सक्छौं ।
इन्टेरियर डिजाइनर सञ्जय वासुकलाका अनुसार जाडोमा घरलाई न्यानो किसिमको लुक्स दिन जरुरी छ । त्यसका लागि झ्याल वा ढोकामा डबल गेडिङ गर्नुपर्छ । यसमा दुईवटा सिसा राखिएको हुन्छ । एउटा सिसा राखेपछि अर्को सिसाबीच थोरै ग्याप राखिएको हुन्छ । भित्ताबाट चिसो आउने भएकाले वाल फर्म राख्न सकिन्छ । फल्स सिलिङ पनि कोठालाई न्यानोबनाउने राम्रो उपाय हुनसक्छ । भुइँबाट चिसो आउने भएकाले पछिल्लो समय कोरियन प्रविधिको हिटिङ लोरिङ सिस्टम बजारमा उपलब्ध छ । यो सिस्टमअन्तर्गत विद्युतीय सामग्री पार्केटिङमुनि ओछ्याइन्छ । जुन ठाउँ खुल्ला छ त्यहाँ यो उपयोगी हुन्छ । यसले भुइँलाई न्यानो बनाइराख्छ । त्यस्तै झ्याल र ढोकामा युभी/भिसी लगाउन सकिन्छ । यसले चिसो हावा आउन दिँदैन । साथै यो साउन्ड प्रुफ पनि भएकाले बाहिरबाट आउने अनावश्यक ध्वनिलाई पनि रोक्छ । यी र यस्तै अन्य उपाय अपनाएर कोठालाई न्यानो बनाउन सकिन्छ । केही उपाय यहाँ प्रस्तुत छन् ।
पुरानो स्वेटरको उपयोग
घरमै भएको पुरानो स्वेटरको प्रयोग गरी घरलाई न्यानो लुक्स दिन सकिन्छ । जस्तो, सोफा, लो बेड, डाइनिङ चियर, बेडका लागि कुसन कभर, सिरानीको कभर, फुट म्याट, डेकोरेसन पिस, स्टुल कभर आदि बनाउन सकिन्छ । पछिल्लो समय हातले बुनेको कभर निकै चलेको छ । यसरी विभिन्न डिजाइनमा बुनेर सजाउन सकिन्छ ।
रंगको प्रयोग
मौसम परिवर्तन हुनेबित्तिकै घरमा नयाँ रंगरोगन गरिरहनु सम्भव हुँदैन । तर, कुनै एक भित्तामा वा थोरै हिस्सामा रंग लगाएर घरलाई न्यानो लुक दिन सकिन्छ । सुन्तले, रातो, चकलेटी, नीलो, पहेंलो आदिगाढा रंग पनि प्रयोग गर्न सकिन्छ । यी रंगले न्यानो महसुस गराउँछन् । भित्ताको रंगसँग कुसन कभरको कन्ट्रास्ट गर्दा न्यानो महसुस हुनुका साथै कोठा पनि आकर्षक देखिन्छ ।
उचित फेब्रिक
मौसमअनुसार फेब्रिकको छनोट जरुरी हुन्छ । यो मौसममा पर्दा, बेडसिट, कुसन कभर आदि बाक्ला फेब्रिकको हुनुपर्छ । भेल्भेट र मखमल फेब्रिकका कुसन कभर जाडो मौसमका लागि उपयोगी हुन्छन् । तिनका अतिरिक्त कस्मिरी कढाई राख्न सकिन्छ । साथै सुन्तला रंग, रातो, बैजनी रंगको एक्सेसरिजको प्रयोग गर्न सकिन्छ ।
कुसन कभर
बेड वा सोफामा भिन्न–भिन्न रंगका कुसन राखेर घरलाई न्यानो लुक दिन सकिन्छ । यी कुसनले कोठालाई आकर्षक पनि देखाउँछन् । गर्मी महिनामा उज्यालो र हल्का फेब्रिकको कुसन प्रयोग गरिन्छ भने जाडोमा गाढा र बाक्लो फेब्रिकको कुसन कभर प्रयोग गरिन्छ । भेल्भेट वा फर भएको कुसन कभर घरलाई न्यानो लुक दिन उचित हुन्छ भने वुलनको कुसन कभर पनि पछिल्लो समय चल्तीमा छ । पुरानो स्वेटर वा बुनेर कुसन कभर बनाउन सकिन्छ ।
गलैंचाको प्रयोग
जाडोयाममा भुइँ एकदमै चिसो हुन्छ । जाडोबाट बच्नका लागि घरलाई न्यानो र सुन्दर बनाउन गलैंचा ओछ्याउन सकिन्छ । बजारमा हरेक आकार, डिजाइन र रंगका गलैंचा उपलब्ध छन् । पूरै घरमा सम्भव नभए पनि कुनै एक ठाउँ जहाँ धेरै समय बिताइन्छ, त्यहाँ ओछ्याउन सकिन्छ ।
कार्पेटिङ
भुइँको चिसोबाट बच्न बाक्लो कार्पेट ओछ्याउन सकिन्छ । कार्पेटको छनोट गर्दा कोठाको रंगसँग मिल्ने हुनुपर्छ । वुलनको लोर म्याटले पनि घरलाई न्यानो र सुन्दर देखाउँछ ।
पार्केटिङ
बैठक कोठा, भर्याङमा कार्पेट ओछ्याउनुभन्दा पार्केटिङ गर्न सकिन्छ । यसले घरलाई न्यानो बनाउनुका साथै कलात्मक देखाउँछ । पार्केटिङले कोठालाई प्राकृतिक लुक दिन्छ । यो सफा गर्न पनि सजिलो हुन्छ ।
प्रिन्टेड पर्दा
जाडो मौसममा सुती वा पारदर्शी पर्दा हटाएर बाक्लो पर्दा लगाउनुपर्छ । पातलो पर्दामा हावा छिर्ने भएकाले कोठा चिसो हुन्छ । कोठालाई आकर्षक लुक देखाउन बाक्लो पर्दामा फूलबुट्टा भएको वा प्रिन्टेड पर्दाको छनोट गर्न सकिन्छ । त्यस्तै गाढा रंगको पर्दाले कोठालाई न्यानो बनाउँछ ।
मैनबत्तीको प्रयोग
डाइनिङ टेबल वा बैठक कोठाको सेन्ट्रल टेबलमा विभिन्न डिजाइनका वासनादार मैनबत्ती राख्न सकिन्छ । साँझ मैनबत्ती बाल्दा कोठा सुन्दर मात्र होइन न्यानो पनि हुन्छ ।
बिरुवा रोप्ने
एरिका पाम वा क्रिसमस ट्री जस्ता ठूल्ठूला बिरुवा राम्रा गमलामा रोपेर कोठाको कुनै एक कुनामा राख्न सकिन्छ । त्यसमा रंगीबिरंगी बत्तीले सजाउँदा निकै सुन्दर देखिन्छ । यस्तो बत्तीले न्यानो महसुस गराउँछ । त्यस्तै, सयपत्री, पिटुनिया आदि रंगीबिरंगी फूलले घरलाई सुन्दर देखाउँछन् ।