मेष
योजनानुरूप काम सफल हुँदै जानेछन् । महिनाको सुरूको साता–दश दिन काम गर्दा बाधा हुनसक्छ । काम गर्ने जाँगरमा पनि कमी आउनसक्छ । त्यसपछिको समयमा भने सबै कुरा मिल्दै जानेछन् । दाम्पत्य जीवन सुमधुर रहनेछ । कतैबाट केही लाभको योग छ । आफ्नो इच्छानुसार किनमेल गर्ने एवं समय बिताउने अवसर मिल्नेछ । आर्थिक काम गर्दा सतर्क रहनुपर्ने बेला छ । जहाँसुकै यात्रा गर्दा वा बाटोमै हिँड्दा पनि आफ्नो धनमालको राम्रो ख्याल गर्नुपर्ने हुन्छ ।
वृष
सोचेअनुसार सबै काम सम्पन्न हुँदै जानेछन् । सन्तान सुख मिल्नुका साथै परिवारमा पनि खुसी छाउनेछ । इष्टमित्रहरूसित भेटघाट हुनेछ । विभिन्न कुराको लाभ हुनेछ । कहिलेकाहीँ काम गर्दा मनमा दोधार हुनसक्छ । शान्त र धैर्य भई काम गर्दा सबै कार्य सहज हुनेछन् । दाम्पत्य जीवनमा एक–अर्काको भावना बुझ्दै सम्झौता गर्न सके सम्बन्धमा मधुरता थपिनेछ । सकेसम्म अत्यावश्यक कार्यमा मात्र अग्रसर रहनु राम्रो हुनेछ । आपूmसित असम्बन्धित कुराबाट टाढै रहन सके सम्भावित अपजश टर्नसक्छ । व्यक्तिगत कार्यका लागि पनि केही समय छुट्याउनसके तनावरहित हुन सकिनेछ ।
मिथुन
काम विशेषले यात्रा गर्नुपर्ने हुनसक्छ । व्यक्तिगत कार्यमा सफलता मिल्नेछ । पारिवारिक भेटघाट हुनुका साथै कतै घुमघाम गर्ने मौका मिल्नसक्छ । अपेक्षितरूपले तपाईंका काम सम्पन्न हँुदै जानेछन् । मनमा भएको बोझ हट्न जाँदा काम गर्ने उत्साह बढ्नेछ । खानपान र व्यायाममा भने सतर्कता अपनाउनुपर्नेछ । कुनै कुराको लाभ हुनेछ । सबैले तपाईंको इच्छा र खुसीको ख्याल गर्दै कार्य गर्ने प्रयास गर्नेछन् । सन्तानबाट सुख एवं सन्तोष पाइनेछ । पेटका रोगीहरूले आफ्नो आहार–विहारको विशेष ख्याल गर्नुुपर्नेछ ।
कर्कट
कुनै बहुप्रतीक्षित कार्यमा सफलता मिल्नेछ । काम गर्ने पराक्रम बढ्नेछ । मनमा भएको तनाव हट्न जाँदा शरीर स्वस्थ भई मन पनि खुसी हुनेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ । एक–अर्काको भावनालाई सकेसम्म बुझ्ने प्रयास गरिनेछ । व्यक्तिगत कार्यका लागि समय निस्कनेछ । कतैबाट कुनै कुराको लाभ हुनेछ । अनपेक्षित कलहको सामना गर्नुपर्ने हुनसक्छ, सकेसम्म आपूूmसित असम्बन्धित कुराबाट परै रहनुहोला । आफ्नो रिसलाई नियन्त्रणमा राख्दै धैर्य रहने प्रयत्न गर्नुहोला । मनलाई सकारात्मक राख्ने प्रयास गर्नुहोला ।
सिंह
विभिन्न कुराको जिम्मेवारी निर्वाह गर्नुपर्नेछ । पारिवारिक भेटघाट हुनेछ । कहिलेकाहीँ कुनै कुरामा वैचारिक मतभेद भए तापनि दाम्पत्य जीवनमा अपेक्षित सहयोग र सद्भाव भने कायमै रहनेछ । सबैले तपाईंको इच्छा र मानको ख्याल गरेरै कार्य गर्ने प्रयास गर्नेछन् । छोराछोरीले कुनै कुरामा जिद्दी गर्नसक्छन्, तिनको खुसीका निम्ति कुनै कुरामा सम्झौता गर्नुपर्ला । कतैको रमाइलो यात्रा गर्ने मौका मिल्नसक्छ । व्यक्तिगत खुसीका लागि केही समय निस्कनेछ । शत्रुुबाट भने टाढै रहनुहोला । आफ्नो स्वास्थ्य र खानपानको भने राम्रो ख्याल गर्नुहोला ।
कन्या
सबै काम योजनाबद्ध ढङ्गले पूरा हुँदै जानेछन् । समय एवं परिस्थितिअनुसार सबैले तपाईंको ख्याल गर्नेछन् । आफ्नो कार्यक्षेत्रबाट पनि अपेक्षित सफलता मिल्नेछ । मनमा कुनै नवीन कार्य गर्ने योजना बन्न सक्छ । विभिन्न इष्टमित्र, साथी एवं परिवारका सदस्यहरूसित भेटघाट गर्ने मौका जुर्नेछ । घरायसी एवं व्यावहारिक कार्य गर्दा एवं बोल्दा सतर्क रहनुपर्नेछ । कुनै चित्त नबुझेको कुरा भए तत्काल नभनी समय विचारेर सम्बन्धित व्यक्तिसित भनेमा मनको अन्तद्र्वन्द्वको समाधान हुनेछ । समयानुसार आपूmलाई चुस्त राख्न सके सबै कार्यमा सफलता एवं सन्तोष प्राप्त हुनेछ ।
तुला
घरजग्गा किनबेच हुने सम्भावना छ । कसैकसैको जागिरको सिलसिलामा कतैको बसाइ सराइ हुनसक्छ भने कसैको कुनै कामले यात्रा हुनसक्छ । रमाइलो पारिवारिक जमघट हुनेछ । कतैबाट आर्थिक लाभ हुनेछ । कतै कुनै कारणले रोक्का भएको रकम हात लाग्नेछ । सोचेअनुरूप काममा सफलता मिल्दै जानेछ । कसैकसैलाई यो महिना सम्मान मिल्ने वा अभिनन्दित हुने अवसर मिल्नेछ । कतैबाट कुनै उपहार प्राप्त हुनसक्छ । मनमा भएको तनाव हटेर शरीर पनि स्वस्थ हुनेछ । काम गर्ने पराक्रम बढ्नेछ । कुनै प्रतियोगितात्मक क्रियाकलापमा सफलता मिल्नेछ । इच्छानुसार सबै काम पूरा हँुदा मन खुसी हुनेछ ।
वृश्चिक
पारिवारिक खुसी मिल्नेछ । सन्तान सुखका निमित्त खर्च बढ्नेछ । छोटो समयमा विभिन्न कामहरू भ्याउनुपर्दा मनमा तनाव हुनसक्छ । सकेसम्म धैर्य भई अत्यावश्यक कुरामा मात्र प्राथमिकता दिन सकेमा आफैंलाई सहज हुनेछ । अति व्यस्तताले गर्दा आफ्ना कुनै व्यक्तिगत कार्यमा सम्झौता गर्नुपर्नेछ । आफ्ना मुख्य कार्यहरूका लागि समय छुट्याउनु नै लाभदायक रहनेछ । काम गर्दा आकस्मिक समस्या आउनसक्ने भएकाले सम्भावित समस्याको आँकलन गरी कार्य गरेमा निकै सहज हुनेछ । टाउको एवं आँखा दुख्ने योग भएकाले मसिनो काम गर्दा र विद्युतीय माध्यमको प्रयोग गरी काम गर्दा समयको ख्याल गर्नुपर्नेछ ।
धनु
कुनै काम विशेषले यात्रा हुनसक्छ । कसैको भने पारिवारिक घुमघाम हुनसक्छ । आफ्नो व्यक्तिगत चाहनानुसार काम गर्ने मौका मिल्नेछ । सहयोगी हातहरू पछि हट्ने हुँदा प्रायः सबै काममा आफू नै खट्नुपर्नेछ । पेट एवं मुटुका बिरामीहरूले आफ्नो स्वास्थ्यको राम्रो ख्याल गर्नुपर्नेछ । आफूलाई चाहिने सुख एवं सन्तोष मिल्नेछ । आफ्नै चाहनानुसार काम गर्ने र समय कटाउने समय जुर्नेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ ।
मकर
आफ्नो अनुकूल समय हेरी सबै कार्य गर्ने प्रयास हुनेछ । कुनै कुराले गर्दा मनमा एक प्रकारको राहत मिल्नसक्छ । आफ्नो कार्यक्षेत्रमा मन रम्नेछ । आर्थिक पक्ष सुदृढ भए तापनि कुनै नयाँ कुरामा लगानी गर्दा विचार पु¥याउनुपर्नेछ । अपेक्षित व्यक्तिबाट निर्धारित समयमा भनेजस्तो काम नहुनसक्छ । सकेसम्म आफ्नो काम आफैं गर्ने प्रयास गर्नुहोला । कुनै कामबाट मनमा सन्तोष मिल्नसक्छ । प्रायः सबै कार्य आफ्नै रोहबरमा सम्पन्न हुनेछन् । कामको धपेडीले गर्दा कहिलेकाहीँ मन विचलित हुनसक्छ । सकेसम्म आफ्नो व्यक्तिगत कार्य र इच्छाका निम्ति पनि केही समय छुट्याउनुहोला ।
कुम्भ
महिना राम्रो रहेको छ । सबै कामहरू क्रमशः सम्पन्न हुँदै जानेछन् । सबैले तपाईंकोसम्मान गर्नेछन् । कुनै नयाँ ठाउँमा घुम्ने अवसर मिल्नेछ । मनमा भएको तनाव हट्नेछ र शरीर पनि स्वस्थ रहनेछ । व्यक्तिगत कार्य एवं खुसीका लागि केही किनमेल हुनेछ । कुनै विशेष कामले टाढिएका आफ्ना प्रियजनसित भेटघाट गर्ने मौका मिल्नेछ । पारिवारिक वातावरण सुखमय रहनेछ । प्रायः सबै काम आफ्नै प्रभुत्वमासम्पन्न गर्न पाउँदा मनमा खुसी एवं सन्तोष बढ्नेछ ।
मीन
समस्याको समाधान हुनेछ । विविध कारणले रोकिएका कामहरू क्रमशः पूरा हुँदै जानेछन् । आफ्ना प्रियजनसित भेटघाट एवं रमाइलो गर्ने वातावरण जुट्नेछ । कसैकसैलाई केही समय माइती बस्न जाने मौका मिल्नेछ । समयलाई आफ्नो इच्छानुसार हिँडाउने प्रयास हुनेछ र सफल पनि भइनेछ । रिस गर्ने व्यक्तिहरू आफैं तर्किएर हिँड्न थाल्नेछन् । दाम्पत्य जीवनमा अपेक्षित सुख एवं समझदारी कायम रहनेछ । आफ्नै काममा मात्र ध्यान दिँदा जसले जे गरे पनि त्यसको प्रभाव तपाईंमा देखिने छैन । आफूमै रमाउने र खुसी हुने बानीले गर्दा मनमा सन्तोष मिल्नेछ ।