पिङमा उल्लास
कपिलवस्तुको वाणगङ्गा नगरपालिकास्थित बुङ्चीकी ३६ वर्षे सुशीला बेल्बासे दसैं नजिकिँदै गर्दा पिङ राख्ने ठाउँ खोज्न थाल्छिन् । आफैं अग्रसर भई टोलमा महिला जुटाउँछिन् । एक–दुई दिन लगाएर बाँस र डोरी जम्मा गरी लिंगे पिङ ठड्याउँछिन् ।

- आगोको काम सकिएपछि निभाउने ।
- न्यानो रहन लुगा लगाउने, लुगा ओढ्ने, आगो ताप्नैपरे आगोको नजिक नबस्ने, खुकुलो लुगा नलगाउने, बच्चा नबोक्ने, मटीतेल–पेट्रोल आदि नखन्याउने ।
- फोहोर, प्लास्टिक र कागजको उचित तरिकाले विसर्जन गर्ने । यिनलाई पोल्दा प्रदूषण हुने मात्र होइन, आफै पोलिन सकिन्छ ।
- आगो, तातोपानी र तातो पदार्थबाट बालबालिकालाई टाढै राख्ने ।
- भुइँभन्दा अग्लो तहमा खाना पकाउने, पकाउँदा बच्चा नबोक्ने, कपाल र कपडा सपक्क बाँध्ने, छिट्टै आगो टिप्ने पोलिस्टर तथा टेरिकटनका कपडा नलगाउने ।
- ग्यास चुल्हो, पाइप र सिलिन्डरलाई नियमित रूपमा परीक्षण गर्ने, काम सकिएपछि रेगुलेटर बन्द गर्ने, ग्यास चुहावट भएको शंका लागे झ्यालढोका खोलेर रेगुलेटर बन्द गर्ने ।
- हावा नछिर्ने बन्द कोठामा गिजर, हिटर चलाउँदा निसास्सिएर ज्यानै जानसक्ने हुँदा यसो नगर्ने । हिटर निभाएर मात्र सुत्ने ।
- आगोले पोलिहाले आत्तिएर नदौडिने । यस्तो अवस्थामा रोकिने, भुइँमा लड्ने अनि लडिबुडी गरी जिउमा लागेको आगो निभाउने । यसरी ननिभे बाक्लो कम्बल वा सिरकले छोपेर निभाउन सकिन्छ ।
- आगो निभेपछि लुगा, घडी र गहनाहरू फुकाल्ने । त्यसपछि घाउलाई धाराको पानीमा कम्तीमा आधा घण्टा धुने ।
- घाउलाई सफा कपडाले छोपेर घाइतेलाई तत्कालै नजिकैको अस्पताल लैजाने । अस्पताल टाढा भए बाटोमा प्रशस्त नुन, चिनी, पानी वा जीवनजल सेवन गर्दै जाने ।