वन्यजन्तु हाम्रा गहना हुन्
समयसापेक्ष हुनुपर्छ भनेर पाठ्यक्रममा वन्यजन्तु र वातावरणका विषय समावेश गर्नुपर्छ भनेर कुरामा वकालत गरिरहेका छौं । नेपाल प्रहरीको क्राइम हेर्ने थुप्रै पिलरमध्ये वाइल्ड लाइफ हेर्ने छुट्टै पिलर पनि बनिसकेको छ ।

जग्गाको मूल्य आकासिएको छ । खासगरी सहरी क्षेत्रमा पर्याप्त जग्गा जोड्न धेरैका लागि असम्भव जस्तै भइसकेको छ । तर पनि आफ्नै पसिना र पौरखको घर होस् भन्ने चाहना राख्न धेरैले छाडेका छैनन् । त्यसैले जीवनभर दुःख गरी जग्गा जोड्ने र घर बनाउनेहरू पनि भेटिएकै छन् । सायद आफ्नै घरमा बस्नुको आनन्द नै फरक हुन्छ । त्यसैले थोरै क्षेत्रफलमा भएपनि घर बनाएर बस्ने तयारी एवं योजना धेरैले बनाएका हुन्छन् । हुन त राम्ररी व्यवस्थापन गरेको सानो क्षेत्रफलमा पनि राम्रो घर बनाउन सकिन्छ । सानो क्षेत्रफलमा घर बनाउँदा के–के कुरामा ध्यान दिनुपर्छ भन्ने विषयमा केन्द्रित भई आर्किटेक लैला श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंश :
लैला श्रेष्ठ
आर्किटेक्ट डिजाइनर
सानो क्षेत्रफलमा घर बनाउनुपरे के–के कुरामा ध्यान पुर्याउनुपर्छ ?
सानो क्षेत्रफलमा घर बनाए पनि कोठाहरू पर्याप्त हुनैपर्छ । शयन कक्ष, बैठक कक्ष, बाथरुम, भान्सा सबै पुग्दो हुनुपर्छ । यस्तो अवस्थामा घर बनाउँदा थोरै जग्गा पनि खेर जान दिनु हुँदैन । मानौं चार आनाभन्दा कम क्षेत्रफलमा घर बनाउने योजना छ भने त्यो क्षेत्रफलका लागि यसरी डिजाइन गर्नुपर्छ कि, अलिकति पनि जग्गा खेर नजाओस् ।
चार आनाभन्दा कम क्षेत्रफलको जग्गामा घर बनाउँदा कति कोठे र कति तले बनाउन सकिन्छ?
भुइँतलामा तीन कोठाको हुने गरी र अढाइ तलाको बनाउँदा उचित हुन्छ । जस्तै, भुइँ तलामा लिभिङ रुम, किचन, डाइनिङ र माथिल्लो तलमा बेडरुमहरू भए भने राम्रो हुन्छ ।
यसो गर्दा सबै कोठामा पर्याप्त ठाउँ पुग्छ ?
तीन आना जग्गामा घर बनाउँदा वेडरुम, लिभिङ रुम, बाथरुम, किचन, बाल्कोनी आदिका लागि पर्याप्त ठाउँ पुग्छ भन्नुभन्दा पनि आफ्नो आवश्यकता र रुचि के हो ? त्यहाँ कति जना परिवारका सदस्य बस्छन् ? यी कुरामा ध्यान दिनु महत्वपूर्ण हुन्छ । मान्छेको आवश्यकतानुसार घर बनाउने हो । उनीहरूको सहजतालाई हामीले ध्यान दिनुपर्छ । सोहीअनुसार घरमा कति र कुन आकारको कोठा, बाल्कोनी आदि राख्ने भन्ने कुरा निर्धारण गर्न सजिलो हुन्छ ।
सानो क्षेत्रफलमा घर बनाउँदा पार्किङको व्यवस्था कसरी मिलाउन सकिन्छ ?
सानो क्षेत्रफलको घरमा पार्किङको व्यवस्था गर्न अलि गाह्रो हुन्छ । तर, असम्भव भने छैन । जस्तो भुइँतलाको एउटा कोठामा पार्किङको व्यवस्था गर्न सकिन्छ । घर डिजाइन गर्दा नै यसको भाग छुट्याउनुपर्छ । अर्को तरिका भनेको भुइँतलामा भर्याङ र पार्किङको मात्र व्यवस्था गरेर माथिल्लो तलामा मान्छे बस्नका लागि कोठाहरू निकाल्न सकिन्छ । यसो गर्दा दुई वटासम्म गाडी पार्किङ गराउन सकिन्छ । साथै थोरै बगैंचाका लागि ठाउँ पनि निकाल्न सकिन्छ ।
रड, सिमेन्ट, काठ, बालुवा, मार्बलको कसरी छनोट गर्नुपर्छ ?
हुन त अहिले बजारमा धेरै किसिमका निर्माण सामग्रीहरू पाउन सकिन्छ । तर, घर बनाउनुअघि निर्माण सामग्रीहरूको गुणस्तरका बारेमा इन्जिनियरसँग परामर्श लिनुपर्छ । साथै, बजार भाउ पनि राम्ररी बुझेर उचित मूल्यमा गुणस्तरीय सामग्री छनोट गर्न सकियो भने कम मूल्यमा घर बनाउन सकिन्छ ।
घरका झ्यालढोका रेडिमेड पनि पाइन्छन् । त्यस्ता झ्यालढोका कति उचित हुन्छन् ?
रेडिमेड झ्यालढोकाराम्रा कि आफैले बनाएका भन्ने कुरामा ठ्याक्कै यही हो भनेर जवाफ दिन सकिँदैन । दुवै राम्रा हुन सक्छन् । बजारमा पाइने झ्यालढोका पनि मूल्यअनुसार फरक–फरक गुणस्तरका हुन्छन् । छनोट गर्न सकियो भने रेडिमेड लिँदा समय र श्रमको बचत हुन्छ ।
साँझ–बिहान नै पर्याप्त घाम लाग्ने, ताजा हावा खेल्ने घर बनाउँदा के कुरामा ध्यान दिने ?
हुन त थोरै जग्गामा घर बनाउँदा सबै कोठामा पर्याप्त घाम पुर्याउन नसकिएला । तरपनि सकेसम्म घाम लाग्ने र ताजा हावा खेल्ने गरी बनाउने प्रयास गर्नुपर्छ । यसका लागि जग्गाको छनोट गर्दा नै विचार गर्नु जरुरी हुन्छ । जग्गाको अवस्थाले यसमा धेरै कुरा भर पर्छ । काठमाडौंमा घर बनाउँदा त एउटा घर अर्कोसँग जोडिएको हुन्छ ।त्यसैले घर बनाउँदा सकेसम्म बेडरुमहरू दक्षिणतर्फ बनाउनु उचित हुन्छ । सबै कोठामा दुईतर्फ झ्याल बनाउन सके क्रस भेन्टिलेटर हुन्छ र बिहान–साँझ ताजा हावा आउँछ ।