रंगमञ्चमा समाज रूपान्तरणको सपना
मानव समाज हिजो, आज र भोलि गर्दै समयको गति र लयमा दौडिरहेको छ । समय र पुस्ता फेरिए, र पनि हिजोको समयमा चलेका अनगिन्ती कुरीति, जातीय तथा लैङ्गिक विभेद र अन्धविश्वासले जेलिएका परम्पराहरू आजको समाजमा यथावतै छन् ।

मोतीशोभा श्रेष्ठद्वारा लिखित चार लघुउपन्यास ‘प्रकृति’, ‘सम्झनाको डायरी’, ‘सत्य र आमा’ र ‘आ“सु’ एकसाथ लोकार्पण गरिएको छ । नेपाल आर्ट काउन्सिलमा हिजो शनिबारका दिन पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले पुस्तकको लोकार्पण गर्दै महिलालाई प्रमुख पात्र बनाएर तयार पारिएका उपन्यासलाई पाठकले रुचाउने बताए ।
मोतीशोभाका पुस्तकमा महिलाले समाजमा पु¥याएको योगदान, वैदेशिक रोजगारी, बालश्रम, पारिवारिक हिंसा, सामाजिक समस्याका सेरोफेरो रहेको छ । कार्यक्रममा कवि, गीतकार तथा पूर्वसचिव कालीप्रसाद रिजाल, साहित्यकार तथा पूर्वअर्थमन्त्री शंकर कोइराला, सहित्यकार तथा चलचित्र निर्देशक यादव खरेल, कला समालोचक धुव्र मधिकर्मीले शुभकामना मन्तव्य राखेका थिए ।
लेखक श्रेष्ठले पितृसत्तात्मक नेपाली समाजमा महिलालाई हेर्ने, बुझ्ने र महसुस गर्ने तरिका तथा जीवनका भोगाइ एवं अनुभवका बारेमा समेटिएको बताइन् । उनले प्रकृति प्रेम, सामाजिक रीतिरिवाज, संस्कृति, पारिवारिक सम्बन्ध र मित्रताका कुरा पनि कृतिमा समावेश गरिएको जानकारी दिइन् ।
अर्थशास्त्रमा स्नातकोत्तर गरेकी लेखक श्रेष्ठ नेपाल सरकार श्रम तथा यातायात व्यवस्था मन्त्रालयको सहसचिव पदबाट अवकाशप्राप्त हुन् । उनको यसअघि ‘नेपालमा घरेलु उद्योगको विकास’ पुस्तक प्रकाशित छ ।
यसैगरी नेत्ररोग विशेषज्ञ डा. सविना श्रेष्ठको एकल चित्रकला प्रदर्शनीको समुद्घाटन शताब्दी पुरुष सत्यमोहन जोशीले लोकार्पण गरे । कलाकार श्रेष्ठका सिर्जनामा प्रकृति, जीवन जगतका विभिन्न पक्षहरुको चित्रण गरिएका छन् ।