विषाक्त खाद्यले घरपालुवालाई समस्या
चकलेटमा ‘थियोब्रामाइन’ नामक पदार्थ हुन्छ, जुन कुकुरले मानिसले जस्तै सजिलै मेटोबोलाइज गर्न सक्दैनन् । यसले कुकुरको मुटु, रक्तनली, फोक्सो र केन्द्रीय प्रणालीलाई नै असर गर्छ र छारे रोगको जस्तो लक्षण देखाउँछ ।
१९५ देशको नाम, राजधानी र मुद्रा कण्ठै पार्ने सारा छिप्पा चर्चामा छिन् । भारतस्थित राजस्थानकी उनी हाल दुबईमा बस्दै आएकी छन् । आफ्नो अद्भूत स्मरण क्षमताको प्रदर्शन गरी १० वर्षीया साराले गिनिज बुकमा नाम लेखाउन सफल भएकी छन् । गत मे २ मा भर्चुअल माध्यमबाट आयोजित कार्यक्रम फेसबुक, युट्युब र लिंक्डइनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । १९५ देशको नाम, त्यहाँका राजधानी र मुद्रा खरर्र भन्न उनलाई १५ मिनेट लागेको थियो । यो सँगै उनको नाम अनौठो कीर्तिमान प्रमाणित गर्ने ओएमजी बुक अफ रेकर्डमा दर्ता भएको छ ।