अपाङ्गता भएकाको अब्बल परिचय
अपाङ्ग सन्तान जन्मिए नानाथरिका कुरा गरिन्छ । जस्तै, ‘पूर्वजुनीको पापको फल पाएको, आमा अलच्छिनी भएको, गर्भावस्थामा गर्न नहुने काम गरेको, पाप कुर्लिएको, फलानोलाई यसो गरेको थियो यही जुनीमा देखियो आदि ।

संस्कृति बस्नेत, इन्टेरियर डिजाइनर
घरको इन्टेरियर डिजाइनका विभिन्न पक्षमध्ये कोठामा प्रयोग गरिने रंगले विशेष भूमिका खेल्छ । यसो त समयसँगै रंगको छनोट र प्रयोगमा परिवर्तन आएको छ । एउटै कोठामा पनि एक वा सो भन्दा बढी रंगको प्रयोग बढेको छ । यसो गर्दा कोठालाई सुन्दर र आकर्षित बनाउन सकिन्छ । एउटा कोठामा तीन थरी रंग प्रयोग गर्न सकिन्छ । त्यो भन्दा बढी रंगको प्रयोग आकर्षित देखिँदैन । सही रंगको प्रयोगले कोठाको आकार र आयाममा परिवर्तन ल्याउन सकिन्छ । भित्ता र सिलिङमा रंगको प्रयोग र संयोजनको तरिकाले कोठाको आकार र आयाममा भ्रम देखाउन सकिन्छ, जस्तैः सानो कोठालाई ठूलो र ठूलो कोठालाई सानो देखाउन सकिन्छ । रंगले कोठालाई सुन्दर देखाउनुका साथै उचित आकारमा देखाउन सहयोग गर्ने केही उपायहरू :
- कोठाको बिस्तार बढी देखाउन कोठाको भित्ता र सिलिङमा उज्यालो रंगको प्रयोग गर्नुपर्छ । खासगरी सेतो रंगको प्रयोग उत्तम हुन्छ ।
- कोठाको लम्बाइ बढी देखाउन दुई विपरीत भित्तामा एउटा र रंग अर्को दुई विपरीत भित्ता र सिलिङमा एउटा रंग प्रयोग गर्नुपर्छ । एउटा उज्यालो र अर्को गाढा रंगको प्रयोग गर्नुपर्छ ।
- कोठाको उचाइ बढी देखाउन सिलिङमा उज्यालो रंग (सेतो) प्रयोग गर्नुपर्छ ।
- कोठालाई साँघुरो देखाउन भित्ता र सिलिङमा कुनै गाढा रंग प्रयोग गर्नुपर्छ । भित्ता र सिलिङमा छुट्टै रंगको प्रयोग गर्दा पनि हुन्छ ।
- कोठाको कुनै एउटा भित्तामा विशेष ध्यान केन्द्रित गर्न सोही भित्तामा एउटा रंग र बाँकी भित्ताहरूमा अर्को रंग प्रयोग गर्नुपर्छ । गाढा वा चहकिलो रंगको प्रयोगले सोही भित्तामा ध्यान केन्द्रित गर्न बढी मद्दत पुर्याउँछ ।