Successfully Copied

भर्चुअल रोजगार

कोरोना महामारीपछि धेरै कुरामा परिवर्तन आएको छ । हरेक कुरा भर्चुअल हुन थाले । भर्चुअल कक्षा, भर्चुअल मिटिङ, भर्चुअल कुराकानी, भर्चुअलश्राद्ध आदि । कोरोनाबाट सुरक्षित रहन सामाजिक दूरी अपनाउनुपर्ने भएकाले पनि हरेक कुरा भर्चुअलमै सीमित रहे ।

कोरोना महामारीपछि धेरै कुरामा परिवर्तन आएको छ । हरेक कुरा भर्चुअल हुन थाले । भर्चुअल कक्षा, भर्चुअल मिटिङ, भर्चुअल कुराकानी, भर्चुअलश्राद्ध आदि । कोरोनाबाट सुरक्षित रहन सामाजिक दूरी अपनाउनुपर्ने भएकाले पनि हरेक कुरा भर्चुअलमै सीमित रहे । नयाँअवसरहरूको खोजी गरिरहेकाहरू अवसरबाट वञ्चित नहोऊन् भन्ने उद्देश्यका साथ लन्च भयो ‘रोलिङ नेक्सस डट कम’ । क्षमता भएर रोजगारीका खोजीमा रहेकाहरूका लागि भर्चुअल सारथी बनेको छ यो । मानव संसाधनको व्यवस्थापन, रोजगारी र उद्यमशीलतामा सामाजिक नेटवर्किङका माध्यमबाट हरेकको उपस्थिति गराउन यो संस्था सफल हुँदै गएको छ ।

‘रोलिङ प्लान्स’ ले १६ वर्ष पूरा गरेको अवसरमा नयाँ ब्रान्ड ‘नेक्सस रोलिङ डट कम’ संचालनमा ल्याएको हो । रोलिङ नेक्ससमार्फत क्षमता भएका र नयाँ अवसरको खोजीमा रहेका व्यक्तिहरूलाई रोजगार प्रदान गर्दछ । यसका अतिरिक्त टेन्डर, छलफलदेखि उपभोक्ताको उजुरीसमेत भर्चुअलमार्फत समाधान गर्दछ । मुलुकमा रोजगारी र उद्यमशीलताको अवसर नरहेकाले नयाँ सम्भावना र अवसरलाई एउटै प्लेटफर्ममा समेट्नका लागि नेक्सस रोलिङको सुरुवात गरेको निर्देशक निशा केसीले बताइन् ।

पछिल्लो समय भर्चुअल माध्यम निकै प्रभावकारी हुँदै गएको उनी बताउँछिन् । उनका अनुसार व्यक्तिहरूको सहभागिताका आधारमा मूल्यांकन गर्ने हो यसलाई एक अवसरको प्लेटफर्मका रूपमा प्रयोग गर्न थालेका छन् । उनी भन्छिन्, ‘नेक्सेसमा दैनिक दुई सय प्र्रयोगकर्ता र १२ सयले भिजिट भइरहेको छ ।’ रोलिङ नेक्ससलाई व्यक्ति र व्यवसायको संलग्नता र वेव ट्राफिक दुवैका आधारमा व्यावसायिक सामाजिक सञ्जालमा बनाउने योजना रहेको उनी बताउँछिन् । रोलिङ प्लान्सकै भर्चुअल माध्यमबाट ४० हजारभन्दा बढीलाई रोजगार प्रदान गरिसकिएको छ । यस क्रममा करिब दुई सयभन्दा बढी सम्पूर्ण रोजगारको भर्ना तथा छनोट प्रक्रियामा पनि सामेल भैसकेको निशा बताउँछिन् ।

के हो रोलिङ नेक्सस ?

रोलिङ नेक्सस डट कम नेपालको पहिलो व्यावसायिक सामाजिक सञ्जाल हो । करिब १६ वर्षदेखि संचालनमा आएको रोलिङ प्लान्स प्राइभेट लिमिटेडले आफ्नो ब्रान्डका रूपमा यसलाई लन्च गरेको हो । ‘नयाँ सम्भावनाहरूको सञ्जाल’ मुख्य नाराका साथ सञ्चालित यो व्यवसाय मुख्यतया चार सिद्धान्तमा आधारित रहेर सञ्चालित छ । यो वेवसाइटले दक्षता अभिवृद्धि, रोजगारी सिर्जना, अवसर र सम्भावनाको खोजी र उद्यमशीलतालाई वृद्धि गर्ने लक्ष्य राखेको छ ।

रोलिङ नेक्ससमार्फत रोजगारीका साथसाथै टेन्डर, फ्रिलान्स, क्याट, इभेन्ट, छलफलजस्ता कार्यहरू गर्न सकिन्छ । यसका अलावा रोलिङ बजार, रोलिङ उजुरीसमेतको व्यवस्था रहेको छ । यसअन्तर्गत उपभोक्ताहरूले आफू ठगिएमा वा कुनै समस्या परेमा सोको समाधानका लागि सम्बन्धित कम्पनीबाट जवाफको व्यवस्थासमेत रोलिङ उजुरीले मिलाएको छ ।

कसरी संलग्न हुने ?

रोलिङ नेक्सस सामाजिक सञ्जालको प्लेटफर्म प्रयोग गर्न पहिला ९धधध।चयििष्लनलझहगक।अय० को वेवसाइट खोल्नुपर्छ । यो सञ्जाल व्यक्ति वा व्यवसाय दुवैले प्रयोग गर्न सक्छन् । प्रयोग गर्नका लागि इच्छुक व्यक्ति व्यवसायले आफ्नो प्रोफाइल बनाउनुपर्ने हुन्छ । एकपटक प्रोफाइल तयार गरिसकेपछि खोजेअनुसारको सेवा प्राप्त गर्न सकिन्छ । यसमार्फत १८ वर्षदेखि ६५ वर्ष उमेर समूहका व्यक्तिहरूले सेवा लिन सक्छन् ।

निशा केसी, निर्देशक रोलिङ प्लान्स

देशको कुल जनसंख्याका आधारमा १८ देखि ६४ वर्षको करिब ८० लाख जनसंख्या मात्रै श्रम सहभागिता रहेको छ । रोलिङ नेक्ससको मुख्य उद्देश्य भनेको बेरोजगारी दर कम गर्नु हो । बेरोजगार जनसंख्यालाई उद्यमशीलतामार्फत अवसर दिनु नै नेक्सेसको काम हो । यसअन्तर्गत घरेलु उद्यम प्रवर्द्धन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रोजगारी प्रदान गर्ने, डेलिबरी सेवा, कृृषिजन्य कार्यक्रमलगायतका सेवा प्रदान गरिन्छ । प्रविधिले फड्को मारेको समयमा नेटवर्किङ माध्यमबाट हरेक व्यक्तिहरूको उपस्थिति जनाउनु रहेको छ ।

अत्यधिक श्रमशक्ति सहभागिता गराउने उद्देश्यका साथ अघि बढिरहे पनि हाम्रा माझ थुप्रै चुनौतीहरू रहेका छन् । उक्त वर्ग समूह प्राविधिक साक्षरता नहुनु, मोबाइलमैत्री वातावरण नहुनु नै मुख्य चुनौती हुन् । यस कारण सेवाग्राहीहरू प्रविधिमा पोख्त नहुनाले केही सीमित वर्गलाई मात्रै सेवा दिन सकिएको छ । प्रविधिमैत्री वातावरण बनाउन सके भविष्यमा धेरैलाई रोजगारी प्रदान गर्दै नेपालको अर्थतन्त्रमा टेवा पुर्‍याउने लक्ष्य हामीले लिएका छौं ।

 Image