फेसन शिक्षाप्रति बढ्दो आकर्षण
मैले बुझेअनुसार अन्य संकाय (फ्याकल्टी) पढेर पनि फेसन शिक्षा पढ्न आउनेहरू छन् । यो शिक्षाको बजार बिस्तारित हुँदै गएको छ ।

असार कृष्ण औंसीका दिन अर्थात् आज खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्य ग्रहण लाग्दैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहणले बिहान १० बजेर ५० मिनेट जाँदा स्पर्श गर्नेछ । आर्यभट् (पाँचौ शताब्दी ) ले सूर्य, चन्द्रको गति र ग्रहणसम्बन्धी धेरै तथ्य पत्ता लगाएर ग्रहणको समय तोकेका थिए ।
कमलपोखरीकी ८५ वर्षीया बद्रीलक्ष्मी शर्मा ग्रहण लागेको समयमा केही नखाई भजन गाएर बस्छिन् । यसैगरी हेमलता अग्रवाल पनि भगवानलाई यो समयमा गाह्रो हुने जनविश्वासका कारण अवधिमा निराहार बसी भजन गाउँछिन् ।
ग्रहण लागेका बेला धेरैले भगवानको नाम जपेर बस्छन् । प्रा. डा. वीणा पौड्यालका अनुसार ग्रहणको सूतक समय (सूर्य ग्रहण लाग्नु भन्दा १२ घन्टा अगाडि )देखि नै भोजन गर्न नहुने तथा पानी पनि पिउन नहुने चलन छ । बालक, वृद्धा र बिरामीले भने स्नान गरेर, दान गरेर सात्विक खाना खान सक्ने छुट छ ।
ग्रहण लाग्दा सूर्यलाई पीड़ा हुने विश्वास अनुसार नखाने तथा नसुत्ने गरिन्छ । ग्रहणको बेला पूजापाठ पनि गर्नु हुँदैन । यतिबेला ध्यान गर्न सकिन्छ । ग्रहण सकिएपंछि स्नान गरेर दान गर्न सकिन्छ ।
गर्भिणीले ग्रहणका बेला विशेष नियम पालना गर्नु पर्छ । जुन यसप्रकार छः
– फलफूल तथा सात्विक भोजन गर्नुपर्छ ।
– शरीरको कुनै पनि भाग र विशेष गरी पेटमा हात लग्ने वा कन्याउने गर्नु हुँदैन । त्यसको नकारात्मक असर गर्भमा रहेको शिशुलाई पर्ने धार्मिक विश्वास छ ।
– गर्भिणीले ग्रहण लागेको सूर्यको दर्शन गर्नु हुँदैन । हातहतियार चलाउनु हुँदैन । तुलसीको पात राखेर पानी पिउने र खाना खाने गर्न सकिन्छ । घर बाहिर जानु हुँदैन । नरिवल लिएर बस्ने चलन छ । जप गरेर ध्यान गर्ने तर पूजा नगर्ने चलन छ । शृंगार गर्नुहुँदैन ।
– आइतबार परेको सूर्य ग्रहणलाई राम्रो मानेर चूड़ामणि योगमा परेको भन्ने चलन छ । आज आइतबार परेकाले दानको विशेष महत्व छ । लुगा लगाएरै स्नान तथा ध्यान गर्न सकिन्छ ।
– ग्रहण कालमा गर्भ गीता पाठ गर्न सकिन्छ ।
ग्रहण २ बजेर २३ मिनेटमा समाप्त हुँदैछ । ग्रहण समाप्त भएपछि मात्र पूजा गर्नु पर्छ । गर्भिणीले शरीर ढाक्ने गरेर रातो पहिरन लगाउनुपर्छ । सूतक लागेका बेलामै कपडामा बेसार, कुश, तुलसीपत्र, कालो तील पोको पारेर शरीरमा राख्नु पर्छ । शरीरमा तेल मालिस गनहुँदैन । यो समयमा गमला, बारीमा खन्ने तथा गोडमेल पनि गर्नुहुँदैन । गाइको गोबर प्रवेशद्वार, पूजाकोठा वा भान्सामा राखेमा ग्रहणको बेला पर्ने नकारात्मक उर्जाले प्रवेश नपाउने मान्यता ज्योतिष शास्त्रमा उल्लेख छ ।
यी सब हुँदाहुँदै पनि ग्रहण प्राकृतिक घटना हो । यसलाई सामान्य ढंगले लिनु उपयुक्त हुने कुरा डा. वीणा पौड्याल बताउँछिन् ।