विषाक्त खाद्यले घरपालुवालाई समस्या
चकलेटमा ‘थियोब्रामाइन’ नामक पदार्थ हुन्छ, जुन कुकुरले मानिसले जस्तै सजिलै मेटोबोलाइज गर्न सक्दैनन् । यसले कुकुरको मुटु, रक्तनली, फोक्सो र केन्द्रीय प्रणालीलाई नै असर गर्छ र छारे रोगको जस्तो लक्षण देखाउँछ ।

आर्थिक वर्ष २०७÷७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई १ अर्ब १४ करोड रुपैयाँ बजेट बिनियोजन भएको बताएका छन् । यसअन्र्तगत दमनमा परेका महिला, बालबालिका जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको सुरक्षा तथा संरक्षणका लागि सरकार गम्भीर भएको अर्थमन्त्री खतिवडाले बताए ।
महिलाको आर्थिक सामाजिक अधिकार हाँसिल गर्ने गरी महिलालक्षित कार्यक्रम सञ्चालन गरिने भएको छ । त्यस्तै राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई पनि बजेटमा समावेश गरिएको छ । बजेटमा भनिएको छ। ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत बिपन्न र बञ्चित परेका महिलाको सीप तथा उद्यमशीलतामा विकास गरी रोजगारी प्रदान गरिनेछ ।’
त्यस्तै स्वास्थ्य जोखिमको सुत्केरीमा रहेका महिलाहरुको हवाई उद्दार गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको छ । महिलालाई उद्यमशीलतातर्फ आकर्षण गर्नका लागि सबै स्थानीय तहमा महिला उद्यमशीलता सहजीकरण केन्द्र स्थापना गरिने बजेटमा उल्लेख गरिएको छ ।
त्यस्तै बजेटमा महिलाबिरुद्ध हुने हिंस अन्त्य गरिने उल्लेख गरिएको छ । सामाजिक ‘कु’प्रथा, बिभेद अन्त्य गर्नका लागि स्थानीय सरकार, गैरसरकारी संस्था समेतलाई सहभागी गराई सामाजिक जागरण र सचेतना सञ्चालन गरिने बताइएको छ । बजेट प्रणालीलाई प्रदेश र स्थानीय तहको बजेटमा लैङ्गिक उपस्थित र सहभातिाका आधारमा वितरण गरिने जनाइएको छ ।
त्यस्तै बालबालिकाका लगि राष्ट्रिय रणनीति तयार गरिने उल्लेख गरिएको छ । बालश्रम सदाका लागि अन्त्य गर्दै सडक बालबालिका अन्त्य गर्ने बजेटमा उल्लेख छ ।
बिद्यालयमा छात्रालाई निः शुल्क प्याड बितरणका गरिने
सामुदायिक बिद्यालयमा अध्ययनरत छात्राहरुलाई १३ लाख ४० हजार छात्राहरुलाई निशुल्क प्याड बितरणका गरिने बजेटमा उल्लेख छ । सरकारले उपलब्ध गराउने प्याड छात्राहरुले स्थानीय तह मार्फत अनुदानको रुपमा प्राप्त गर्नेछन् ।