‘स्वस्थ रहन शरीर सन्तुलन हुनु जरुरी’
खाना र स्वास्थ्य एक–अर्काका परिपूरक हुन् । हामीले जस्तो खाना खान्छौं, हाम्रो स्वास्थ्य त्यस्तै हुन्छ । तसर्थ शारीरिक र मानसिक स्वास्थ्यका लागि स्वस्थ खाना एकदमै जरुरी हुन्छ ।![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2022/miscellaneous/274534692_469308097893120_5953990778006653407_n-29122022093158.jpg&w=1000&height=600)
![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2022/miscellaneous/274534692_469308097893120_5953990778006653407_n-29122022093158.jpg&w=1000&height=600)
१५ वर्षकी लुमिलाको संगीतप्रतिको रुचि पुरानै हो । घरमा सधैं सांगीतिक माहौल भइ रहने हुँदा गीतप्रतिको उनको लगाब हुनु स्वभाविक पनि हो । बरिष्ठ संगीतकार तथा गायक स्व द्वारीकालाल जोशीकी नातीनी तथा गायिका लसता जोशीकी छोरी हुन् लुमिला । हजुरबुबाका गीतहरु ‘माइतीघर तिम्रो होइन पराई घर जाऊ’, ‘बाधापरुन् जतिनै’ जस्ता गीतहरु सुन्न खुबै मनपर्छ ।
एसईईको तयारीमा रहेकी उनलाई कोरोनात्राससँगै परीक्षा स्थगित भएपछि संगीत अभ्यास गर्न सहज भयो । उनी अहिले यूरोपमा रहेका मामा शरद जोशीसँग अनलाइन गितार सिक्दै छिन् । शरदले धेरै वर्षदेखि विभिन्न देशमा रहेका व्यक्तिहरुलाई अनलाइन गितार कोर्ष सिकाउँदै आएका छन् ।
लकडाउनको एक हप्तापछि नै लुमिला सांगीतिक गतिविधिमा सक्रिय भइन् । अहिले युट्युब च्यानल खोलेर आफूलाई मन परेका नेपाली र अंग्रेजी गीतको कभर गाउँदै अपलोड गर्छिन् । एसईई अनिश्चित भएपनि उनमा निराशा आएन । संगीतले उनलाई सधै फ्रेस बनायो । प्रतिफल उनीे लकडाउनको अवधिमा अफैं गीत लेख्न र कम्पोज गर्नसक्ने भइन् ।
उनले गीत रेकर्ड गरी भिडियो बनाएर युट्युबमा समेत हालेकी छिन् । उनले ‘तिमी नै भन’बोलको उक्त गीत अहिलेको पुस्तालाई लक्षित गरी बनाएकी हुन् । लुमिला भन्छिनु, ‘सधैं पढाई, स्कूलमात्रै भइरहन्थ्यो । लकडाउन ब्रेकले आफू भित्रको क्षमता र रुचिलाई सिर्जनात्मक रुपमा पोख्न पाएँ ।’ उनले सांगीतिक क्षेत्रमा आफ्नो करिअर बनाउने योजना बनाएकी छिन् ।