Successfully Copied

नाक, कान, घाटीसम्बन्धी कोरोना त्रास

अहिले नाक, कान, घाटीमा सामान्य समस्या देखिएकै कारण त्रसित भएर अस्पताल आउनेहरु बढेका छन् । जसमा नाकबाट पानी बगिरह्यो, टाउकोसंगै कान दुख्यो, घाटीबाट केही निल्नै नसकिने भयो भन्दैमा कोरोना (कोभिड–१९) को संक्रमण भएको हुदैंन ।

डा. समुन थापा ( नाक, कान घाटी बरिष्ठ बिशेषज्ञ, अल्का अस्पताल )

अहिले नाक, कान, घाटीमा सामान्य समस्या देखिएकै कारण त्रसित भएर अस्पताल आउनेहरु बढेका छन् । जसमा नाकबाट पानी बगिरह्यो, टाउकोसंगै कान दुख्यो, घाँंटीबाट केही निल्नै नसकिने भयो भन्दैमा कोरोना (कोभिड–१९) को संक्रमण भएको हुदैंन । तर यही समस्यालाई लिएर संत्रास बोकेर आउने विमारीको संख्या केही बढेको देखिन्छ । नाकबाट पानी बग्दैमा या टाउकोसंगै कान दुख्दैमा र घांटी दुख्दैमा कोरोना भाइरसको संक्रमण भइहालेको भन्ने होइन् ।

यस्ता कुराले अहिले धेरैलाई अनावश्यक तनाव र त्रासमा राखेको छ । तसर्थ यि कुराबारे स्पष्ट जानकारी हुनु आवश्यक देखिएको छ । अहिले मौसम परिवर्तनको समय भएको कारण बिभिन्न किटाणु र जीवाणुहरु सक्रिय भइरहेका हुन्छन् भने हाम्रो शरिरमा पनि परिवर्तन आइरहेको हुन्छ ।

मौसमको परिवर्तन हुने समयमा सामान्य रुघाखोकी देखी ग्यास्ट्रिक, एलर्जी, घाटी दुख्ने र घाउ आउने समस्या देखिने गर्छ । जबकी कोरोना भाइरसको संक्रमण भएका ८८ प्रतिशतलाई ज्वरो आउने, ६८ प्रतिशतलाई सुख्खा खोकी सहित खकार आउने र ३८ प्रतिशतलाई थकानको महसुस हुने गर्छ ।

त्यसबाहेक श्वास प्रश्वासमा कठिन भएमा यसको अर्को लक्षण मानिन्छ । उल्लेखित कुराहरु लक्षणको रुपमा देखिएका ३ दशमलव ४ प्रतिशत र मौसमी रुघाखोकी लक्षण देखिएकाहरु १ भन्दा न्युन प्रतिशत मृत्युदर देखिएको कोभिड १९ को संक्रमणमा उमेर र लिंगले पनि प्रभावपार्ने बताइएको छ ।

कतिपय बिरामीहरु यस्तै कुरा सोचेर आत्मबल घटाउने गर्छन् । जसकाकारण उनीहरुको शरिरमा भएको रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउंछ र बिभिन्न रोगले आक्रमण गर्न सक्छ । तसर्थ आवश्यक ज्ञान र सुचना बटुलौं ढुक्क रहौं ।

अहिले सुचनाकालागि तपाइलाइ कुनै कठिन छैन, हातमै संसार छ । हातमा भएको मोबाइलमा गुगल गर्यो भने सबत्र्र रहेको सही जानकारी आइहाल्छ । यस्ता सामान्य अवस्थामा आफुलाई धैर्य राखी, घरायसी औषधीहरु जस्तैः अदुवा, जीरा, ज्वानो, बेसारलाई मनतातो पानी बनाएर पिउँदा राम्रो हुन्छ ।

चिसो खानेकुरा जस्तै कोल्ड ड्रिंक, आइसक्रिम, दही लगायतका खानेकुरा खानुहुदैन । यदि १ सय १ डिग्री फरेनहाइट भन्दा बढी ज्वरो आएमा, श्वासप्रश्वासमा समस्या भएमा, घाँटीमा गाँठा देखापरेमा, मुखमा रगत देखिएमा, केही निल्न नसकिने अवस्था भएमा र सुत्नै नसकिने गरी घाटी दुखेमा तत्काल डाक्टरसँग परामर्श लिनुपर्छ । आरामकालागी साधारण प्यारासिटामोल लिन सकिन्छ ।

 Image