घरैमा स्वरोजगार
चितवनको माडीस्थित बोटे, थारू, दुरा, दराई, पुन मगर, गन्धर्वलगायत आदिवासी जनजाति तथा लोपोन्मुख समुदायका महिला होमस्टे चलाएर आत्मनिर्भरतातर्फ लम्किँदैछन् ।

कलाकार दम्पती आशा डंगोल र एरिना ताम्राकारले लकडाउनको घोषणा हुने बित्तिकै घरमै आर्ट स्टुडियो बनाए । उनीहरु अहिले उक्त स्टुडियोमा लकडाउन सिरिज आर्टहरु तयार पार्न व्यस्त छन् । यस अघि भूकम्पका बेला पनि कोलाब्रेट आर्ट मार्फत ३, ४ वटा चित्र तयार गरी प्रदर्शन गरेका उनीहरुले अहिलेको विषम परिस्थितिलाई पनि सिर्जना गर्ने अवसरको रुपमा सदुपयोग गरेका हुन् ।
‘श्रमान्–श्रीमती अरु काममा अल्झनु भन्दा सिर्जनशील काममा लाग्नु नै ठिक लाग्यो’, एरिना भन्छिन्, ‘यसरी सँगै काम गर्दा अफेयर चल्दाको याद आइरहेको छ ।’
कला क्षेत्रमा लाग्दालाग्दै प्रेममा परेका उनीहरुको १८ वर्षअघि विवाह भएको हो । विहेपछि पनि उनीहरुको कलायात्रा निरन्तर अघि बढिरहेको छ । उनीहरुले लकडाउनको यो अवधिमा ५ वटा संयुक्त चित्र तयार पारिसकेका छन् । उनीहरुले क्यानभासमा तयार पारेको चित्र लकडाउन सएिपछि प्रदर्शन गर्ने योजना बनाएका छन् ।
कोरोनाभाइरस (कोभिडि १९) शीर्षकमा तयार पारिएको चित्रहरुमा वर्तमान परिवेशलाई समेट्न खोजिएको छ । आफ्नो सिग्नेचर थिम‘थर्ड आई’ मा काम गर्दै जाँदा एरिनाको मनमा कोरोनाको डर र समाचारका हेडलाइनले पछ्याइरह्यो । जसकारण उनले महिला आकृतिमा मास्क बनाइन् । एरिना भन्छिन्, ‘मैले यो थिममा काम गरेकै थिइनँ, अनायास चित्र कोर्दाकोर्दै चर्चामा रहेको कोरोना थिममापो बनाउन पुगेछु ।’
एरिनाको थिमलाई पूरा गर्न आशाले चित्रको तलको भागमा मठ मन्दिरमा राखिने संरक्षकका सिम्बोल हात्ती र सिंहहरु बनाए । यसले नेपाल संस्कार, संस्कृतिमा कति धनी छ भन्ने प्रस्टाएको छ ।
उनीहरुको चित्रलाई ई आर्टले अनलाईन मार्फत प्रदर्शनी समेत गरिरहेको छ ।