मनमोहक राजकाँडा
उकालोमा हिँड्नुको दुःख, थोपाथोपा पानीका लागि तड्पिनुको पीडा र पहाडी भेगको चिसो सिरेटोले हानेको सबै दुःख बिर्साउने दृश्य थियो,राजकाँडाको ।
कलंकीस्थित नेपाल नेशनल हस्पिटलमा निसन्तान दम्पतीका लागि नेपाल नेशनल फर्टिलिटी सेन्टरको स्थापना भएको छ । एक समारोहबीच बुधबार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले उक्त सेन्टरको उद्घाटन गरे ।
उद्घाटन समारोहमा राष्ट्रियसभाका अध्यक्ष तिमिल्सनाले निसन्तान हुँदाको पीडा भयानक हुने बताउँदै पुरुष या महिलामा हुने बाँझोपनको समस्याले पारिवारिक विग्रह ल्याउने बताए । तिमिल्सनाका अनुसार निसन्तानको समस्याले महिलाहरु बढी पीडित हुने गरेका छन् । निसन्तान दम्पतीका लागि नेपाल नेशलन फर्टिलिटी सेन्टरले जागरण तथा गुणस्तरीय उपचार गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा हस्पिटलका सञ्चालक तथा मेडिकल डाइरेक्टर डा प्रकाश पौड्यालले अस्पतालले स्थापनाकालदेखि नै विभिन्न सेवाको बिस्तार गर्दै आइरहेको जानकारी दिए । अस्पतालले छोटो समयमै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न सफल भएको दाबी उनले गरे । बाँझोपनाको समस्या विकराल रहेको बताउँदै उनले फर्टिलिटी सेन्टरको स्थापना गरिएको बताए । अस्पतालको सेवा बिस्तारका अतिरिक्त निसन्तान दम्पतीका लागि सन्तान प्राप्तिको उपचार महंगो भएको भन्ने धारणालाई चिर्दै उपचारलाई सर्वसुलभ बनाउने उद्देश्यले सेन्टरको स्थापना भएको डा. पौड्यालले बताए ।
कार्यक्रममा अस्पतालकी फर्टिलटी सेन्टर प्रमुख डा. निकिता ढकालले नेपालमा हरेक ६ जोडीमध्ये एकजोडीमा निसन्तानको समस्या रहेको बताइन् । डा. ढकालका अनुसार निसन्तानको समस्याले डिप्रेसन, एन्जाइटी, पारिवारिक विग्रह तथा सामाजिक बहिष्करण जस्ता समस्या निम्त्याउने गरेको छ ।
न्यूनतम शूल्कमा सर्वसाधारणलाई सेवा प्रदान गर्ने तथा ठाउँ–ठाउँमा बाझोपन निदानसम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न स्थापित नेपाल नेशनल फर्टिलिटी सेन्टरको उद्देश्य रहेको डा. ढकालले बताईन् । कार्यक्रममा वरिष्ठ चिकित्सक डा. भोला रिजाल, राष्ट्रिय सभा सदस्य गंगा बेल्बासे, प्रदेश सांसद केशव पोखरेल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. राजेन्द्रराज वाग्ले तथा अस्पताल संचालक समितिका अध्यक्ष रामचन्द्र शर्मालगायतले आफ्नो मन्तव्य राखेका थिए ।