‘क्षमता र धैर्य भए महिलाका लागि अवसरै–अवसर’
लामो समयदेखि मोडलिङ क्षेक्रमा सत्रिय धादिङकी शिला गजुरेलले डेढ सयभन्दा बढी म्युजिक भिडियो तथा कमर्सियल विज्ञापनमा अभिनय गरिसकेकी छिन् ।
बेचबिखनविरुद्ध २०५५ सालमा ३४ वटा उजुरी परेका थिए भने अहिले ७ सय २७ वटा उजुरी परेका छन् । गर्भपतनविरुद्ध त्यतिबेला १ सय १ उजुरी परेका थिए भने यतिबेला ३ सय ८ उजुरी परेका छन् । बहुविवाहविरुद्ध त्यतिबेला ८१ उजुरी परेका थिए भने यतिबेला १८ उजुरी परेका छन् ।
बालविवाहविरुद्ध त्यतिबेला ९६ उजुरी परेका थिए भने यतिबेला ६ सय २ वटा उजुरी परेका छन् । घरेलु हिंसाविरुद्ध त्यतिबेला एउटा उजुरी परेको थियो भने यतिबेला ६२ वटा उजुरी परेका छन् ।
समग्रमा दुई दशकको अवधिमा ९ सय ७६ वटा बलात्कारका घटना भएको तथ्यांक छ भने बलात्कार प्रयासका घटना ३ हजार ८ सय ३७ वटा भएको तथ्यांक छ । यो अवधिमा महिला हिंसाका घटना ६३ हजार ४ सय ६९ वटा भएको प्रहरीको तथ्यांकले देखाउँछ ।
महिला हिंसाको यो पाटोलाई विश्लेषण गर्दा दुई दशकअघिसम्म महिला हिंसाका घटना गुपचुप राखिन्थ्यो र अधिकांश घटना प्रहरीसम्म पुग्नै पाउँदैनथे ।