पुस महिनाको राशिफल
मेष : सोचेजस्तै सफलता पाउन काममा अलिक बढी खट्नुपर्नेछ । काम सकियो भन्ने बेलामा आकस्मिक बाधा आउँदा काममा समस्या हुनसक्छ । सकेसम्म महत्वपूर्ण कामलाई निर्धारित समयमै गर्दा ढुक्क भइनेछ ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको पछिल्लो आख्यान ‘कारा’माथि अन्तरसंवाद गरिएको छ । उपन्यासमाथि सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल र पूर्वप्रहरी नायब महानिरीक्षक रमेश खरेलले टिप्पणी गरेका थिए ।
‘कारा एउटा उपन्यासमात्र होइन, यो सुशीला कार्कीले देख्नुभएको नेपाली जनजीवनको यथार्थ पनि हो’– कार्यक्रममा बोल्दै न्यायाधीश मल्लले भनिन् ‘उहाँले आफूले देखे–भोगेका घट्नाहरुलाई जसरी लेखनमा उतार्न सक्नु भएको छ, त्यसले यो उपन्यासलाई निकै सजीव र रोचक बनाएको छ ।’
पूर्वप्रधानन्यायाधीश कार्कीले प्रजातान्त्रिक आन्दोलनको पृष्ठभूमिमा लेखेको ‘कारा’मार्फत् नेपाली कारागारभित्र देखिने फरक जीवनकथाहरुलाई औपन्यासिक लयमा समेटेकी छन् ।
पुस्तकमाथिको अन्तरसंवादमा बोल्दै पूर्वडीआईजी खरेलले प्रहरी सेवामा रहदा ताका अनुभव गरेका कतिपय घट्नाको झल्को आफूले कारामा पाएको उल्लेख गरे । ‘एउटा छुट्टै नेपाल बुझ्ने भए एकपटक कारा उपन्यास पढ्नुपर्ने हुन्छ’, उनले पुस्तकको कथावस्तुमाथि प्रकाश पार्दै टिप्पणी गरे ।