म्युजिक भिडियोमा उपासना
चलचित्र क्षेत्रमा स्थापित भइसकेको नाम हो उपासनासिंह ठकुरी । उनले थुप्रै हिट चलचित्र दिइसकेकी छन् ।

हामी सक्छौं स्वास्थ्य संगठन अन्तर्गतको डब्ल्युटिसिएचओ सेभेन क्यान्सर हेल्थ अर्गनाइजेशनले व्यानर समुद्घाटन कार्यक्रम आयोजना गऱ्यो । काठमाण्डौं महानगरपालिकाकी उप–मेयर हरिप्रभाव खड्गीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा आयोजक संस्थाकी संयोजक रीना शाक्यले घातक रोगमध्येको क्यान्सर रोगका बारे बिशेषत महिलामा कसरी सचेतना बृद्धि गर्ने र समस्या निम्तिइसकेपछि कसरी समाधान गर्ने भन्ने बारे व्यापक चेतना अभिबृद्धिका लागी यो कार्यक्रम शुरुवात गर्न लागेको जानकारी दिइन् ।
बिभिन्न क्षेत्रका बिशेषज्ञ, चिकित्सक, समाजसेवी लगायत विद्यार्थीहरुको उपश्थिती रहेको कार्यक्रममा चिकित्सकहरु डा. अरुणकृुमार सिंह, डा. रामहरी श्रेष्ठ, डा. टी.पी. दवाडी, पुर्ण शाहीले नेपालमा मुख्यत सात प्रकारका क्यान्सहरु, जस्तै– किड्नी, लिभर, ब्रेस्ट, लङस, युटेरस, स्किन, भजाइना का सम्बन्धमा रोगको स्थिती, रोकथाम र उपचार कसरी गर्न सकिन्छ भन्ने बारे आफ्ना बिचार व्यक्त गरेका थिए ।
संस्थागत विकाशका लागी योगदान गर्दै आएकाहरुलाई सम्मान समेत गरिएको कार्यक्रममा मुख्यत महिलामा हुने क्यान्सर सचेतना र रोकथाम तथा उपचार बारे अन्तरक्रिया समेत गरिएको थियो ।