Successfully Copied

शरीरका यी अङ्गको एक्सफोलिएट 

ओठको पनि एक्सफोलिएट गर्नु जरुरी छ । यसबाट ओठका शुष्क तथा मृतकोशिकाहरू हटाउन सकिन्छ । बजारमा अनेकौं प्रकारका लिप स्क्रब उपलब्ध हुन्छन् । ओठलाई नरम एवं गुलाफी बनाउन खैरो चिनीमा थोरै मात्रामा ओलिभ आयल वा मह मिसाएर ओठमा मल्न सकिन्छ । 

खुट्टा

दुलहीका खुट्टा सुन्दर देखिनु जरुरी हुन्छ । विशेषगरी गोलीगाँठो नरम एवं कोमल हुनुपर्छ । प्राय: खुट्टाको छाला शरीरको अन्य भागको तुलनामा अलि कडा हुन्छ । खुट्टाको एक्सफोलिएट गर्न कुनै हेभी स्क्रब प्रयोग गर्नुपर्ने हुन्छ । घरमा उपलब्ध हुने नुन तथा कागतीबाट पनि स्क्रब गर्न सकिन्छ । गोलीगाँठालाई नरम बनाउन पमिस स्टोन पनि एउटा राम्रो विकल्प हो । 

ओठ

ओठको पनि एक्सफोलिएट गर्नु जरुरी छ । यसबाट ओठका शुष्क तथा मृतकोशिकाहरू हटाउन सकिन्छ । बजारमा अनेकौं प्रकारका लिप स्क्रब उपलब्ध हुन्छन् । ओठलाई नरम एवं गुलाफी बनाउन खैरो चिनीमा थोरै मात्रामा ओलिभ आयल वा मह मिसाएर ओठमा मल्न सकिन्छ । 

कुहिना

कुहिनासम्म नै मेहन्दी लगाउने इच्छा छ भने कुहिनालाई एक्सफोलिएट गर्नुपर्छ । बेकिङ सोडा तथा दूध मिसाएर गाढा पेस्ट तयार गरी त्यसलाई कुहिनामा मल्नुपर्छ । यसले कुहिनाको रंग हल्का हुनुका साथै कोमल एवं नरम पनि हुन्छ । हरेक दुई दिनमा एकपटक कुहिना एक्सफोलिएट गर्नु राम्रो मानिन्छ ।

अन्डरआम्र्स

शरीरको यो कोमल भागलाई एक्सफोलिएट गर्न सौम्य प्रोडक्टस् प्रयोग गर्नुपर्छ । बजारमा उपलब्ध अनेकौं माइल्ड एक्सफोलिएटरको माध्यमबाट आफ्नो अन्डरआम्र्सलाई सुन्दर तथा बेदाग तुल्याउन सकिन्छ । अन्डरआम्र्सका लागि दही तथा सुन्तलाको सुकेको बोक्राको पाउडरबाट स्क्रब तयार गर्न सकिन्छ । स्क्रब गर्दा हात हल्का हुनुपर्छ । अन्डरआम्र्सको स्क्रब दुई मिनेटभन्दा बढी गर्नु उचित हुँदैन ।

 

पिठ्युँ

डिप नेकयुक्त ब्लाउज तथा गाउनलाई यदि आत्मविश्वासपूर्ण तरिकाले प्रयोग गर्ने हो भने आफ्नो पिठ्युँलाई बेवास्ता गर्नु ठीक होइन । नुहाउँदा नियमित रूपमा पिठ्युँ स्क्रब गर्नुपर्छ । त्यसबाहेक बेसनमा बेसार तथा दही मिसाएर पेस्ट तयार गरी पिठ्युँको एक्सफोलिएट गर्न सकिन्छ ।

 

 Image