कक्टेल
विधि : स्टिरिङ मेथडबाट यो तयार पारिन्छ । सर्वप्रथम तीन पिस ताजा काँक्रोलाई ग्लासमा राखेर क्रस्ड गर्ने । त्यसपछि माथि उल्लेख गरिएका सम्पूर्ण सामग्रीलाई पालैपालो गिलासमा हालेर सेक गर्ने ।

परिसी कारञ्जित भारतको राजधानी दिल्लीमा स्नातक पहिलो वर्षको कस्मेटिक साइन्स अध्ययन गरिरहेकी छिन् । तीन वर्षअघि मिस नेपाल कल्चरमा फस्ट रनरअपको उपाधि जित्दै उनी मोडलिङमा प्रवेश गरेकी हुन् । परिसी मोडलिङमा प्रवेश गरेसँगै आफू फेसनमा निकै सचेत हुन थालेको कुरा बताउँछिन् ।
पहिरन
परिसी आफूलाई सहज लाग्ने तथा शरीर सुहाउँदो पहिरन लगाउँछिन् । उनी प्राय: जिन्स र टिसर्टमा सजिन्छिन् । यसले उनलाई सहज महसुस गराउँछ । उनले पार्टीमा सहभागी हुँदा बढीजसो सारी नै लगाउने गरेकी छिन् । सारी आफूलाई सुहाउने उनले महसुुस गरेकी छिन् ।
मेकअप
परिसी हल्का मेकअप गर्छिन् । गाजल उनको मेकअपमा नछुट्ने प्रसाधन हो । उनी बाहिर निस्कदा आइब्रो, लिपिस्टक, ब्रेस तथा कम्प्याक्ट लगाउँछिन् । कार्यक्रम तथा इभेन्टअनुसार मेकअप गर्नुका साथै त्यसमा पहिरनमा पनि ध्यान पुर्याउनुपर्ने परिसी बताउँछिन् । उनी कपाल चाहिँ प्राय: छोडेर हिँड्छिन् भने पहिरनअनुसार हेयर स्टाइल बनाउन पनि पछि पर्दिनन् । शृंगारमा उनलाई सबैभन्दा मन पर्ने नेल आर्ट हो । परिसी पहिरनअनुसार फरक–फरक तरिकाले नेल आर्ट गर्छिन् ।
एसेसरिज
एसेसरिजमा आफू निकै सोखिन भएको परिसी बताउँछिन् । सुनका गहना खासै नरुचाउने परिसी कृत्रिम गहना मन पराउँछिन् । उनी पहिरनमा म्याच गर्ने खालका एसेसरिज प्रयोग गर्छिन् भने हातमा औंठी लगाउन छुटाउँदिनन् । सि के ब्रान्डको घडी उनको रोजाइमा पर्ने गरेको छ ।