‘स्वस्थ रहन शरीर सन्तुलन हुनु जरुरी’
खाना र स्वास्थ्य एक–अर्काका परिपूरक हुन् । हामीले जस्तो खाना खान्छौं, हाम्रो स्वास्थ्य त्यस्तै हुन्छ । तसर्थ शारीरिक र मानसिक स्वास्थ्यका लागि स्वस्थ खाना एकदमै जरुरी हुन्छ ।

हिन्दू पञ्चांग अनुसार कात्तिक महिनाको कृष्ण त्रयोदशीका दिन धनतेरस मनाउने चलन छ । धनतेरसका दिनदेखि नै वास्तविक तिहार सुरु हुने मान्यता पनि छ । यो दिन देवताका वैद्य धन्वन्तरी अमृत कलशसहित समुद्र मन्थनबाट प्रकट भएका थिए । यही मान्यताका आधारमा यस दिन धनतेरसका साथै धन्वन्तरी जयन्ती पनि मनाइन्छ । यस दिन धन्वन्तरीसँगै कुवेर तथा लक्ष्मीको पनि पूजा गरिन्छ । लक्ष्मी तथा कुवेरको पूजा गरे धनको कमी हुँदैन भन्ने जनविश्वास छ । यो दिन चाँदी तथा पित्तलको पनि पूजा गरी यी धातुका नयाँ सामान घरमा भित्र्याइन्छ ।
धन्वन्तरीको जन्म
देवताहरूका वैद्य धन्वन्तरीको जन्म कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन भएको हो । धन्वन्तरीलाई भगवान् विष्णुको अवतार मानिन्छ । धन्वन्तरी हातमा अमृतले भरिएको कलश लिएर प्रकट भएका थिए भन्ने धार्मिक विश्वास छ । धन्वन्तरीले नै पहिलोपटक आयुर्वेद चिकित्सा विधि पत्ता लगाएका हुन् । उनले काशीमा पहिलो आयुर्वेदिक चिकित्सा विश्वविद्यालय खोलेका थिए । धन्वन्तरीको प्रमुख धातु पित्तललाई मानिन्छ । यसकारण पनि धनतेरसका दिन पित्तलका सामान खरिद गर्नु शुभ मानिन्छ । कस्ता सामान किन्ने ? धनतेरसका दिन सामान किन्दा विशेष ख्याल गर्नुपर्छ । यो दिन आफ्नो आवश्यकतालाई ध्यान दिएर मात्र सामान घर भित्र्याउनुपर्छ ।
पित्तल
धनतेरसका लागि पित्तलका सामान उत्तम मानिन्छ । धन्वन्तरीलाई पित्तल प्रिय लाग्ने भएकाले पित्तलका सामान किन्नु शुभ मानिएको हो ।
चाँदी
भगवान् कुवेरका लागि चाँदी राम्रो मानिन्छ । धनतेरसका दिन चाँदीका सिक्का तथा चाँदीका भाँडाहरू खरिद गर्न सकिन्छ ।
झाडु
तिहारको झझल्को दिने धनतेरसका दिन लक्ष्मी भित्र्याइने हुनाले यो दिन झाडु किन्नु उपयुक्त मानिन्छ ।
माटोको दियो
तिहारमा गरिने गणेश–लक्ष्मीको विशेष पूजामा माटोको दियोमा बत्ती बाल्नु शुभ हुन्छ । त्यसकारण धनतेरसकै दिन माटोको दियो घर भित्र्याउने चलन छ । यसका साथै फ्रिज, फर्निचर, वासिङ मेसिन आदि पनि किन्न सकिन्छ ।
के नकिन्ने ?
काँचका सामान
धनतेरसका दिन काँचका सामान खरिद गर्नु शुभ हुँदैन भन्ने मान्यता छ । सिसाका सामानको सम्बन्ध राहुसँग हुने भएकाले यसलाई अशुभ मानिएको हो ।
धारवाला सामान
यो दिन धार भएका कैंची, चक्कु आदि सामान पनि किन्नु हुँदैन । यस्ता सामान घरमा ल्याए अशुभ हुन्छ भनिन्छ । फलामका सामान शनिको कारक मानिने हुनाले पनि यस्ता सामानले खतरा बढाउने मान्यता छ ।
चिनी
यो दिन चिनी तथा चिनीबाट बनेका कुरा घर ल्याउनु अशुभ मानिन्छ । चिनीबाट बनेका खाद्य वस्तु लामो समयसम्म सुरक्षित एवं स्थायी हुँदैनन् ।
स्टिलका सामान
धनतेरसका दिन स्टिलका सामान किन्नु पनि राम्रो मानिँदैन । स्टिल राहुको कारक हुने भएकाले त्यसो भनिएको बताइन्छ ।