आदर्श प्रेमको नमुना जोडी
प्रेम र विवाहका भिन्नताबारे दुवैले एकसाथ भने, ‘प्रेम सम्मानित र आदर्श छ, प्रेम हुँदैमा विवाह हुनैपर्छ भन्ने छैन । प्रेम आदर्श हो भने विवाह संस्कारगत संस्था ।
अमेरिकाको नेब्रास्काको ओमाहास्थित द रेलिभेन्ट सेन्टरमा सम्पन्न मिस नेपाल युएस–२०१९ को उपाधि भर्जिनियाकी सुरभी खनालले जितेकी छिन् । सातौं संस्करणको मिस नेपाल यूएस उपाधिसँगै सुरभीले फोटोजेनिक र ब्युटी विथ्आउट लिमिटको एवार्ड पनि प्राप्त गरेकी थिइन् । प्रतियोगितामा टेक्सासकी रिमा शर्मा फस्र्ट रनर्सअप तथा सिकागोकी मेघा रौनियार सेकेन्ड रनर्सअप भएका थिए । मेघाले मिस ट्यालेन्ट एवार्ड पनि जितेकी थिइन् ।
प्रतियोगितामा ज्याप अधिकारीले क्याटवाक तथा सज्जा रावतले कन्जिनियालिटी विधाको पुरस्कार पाएका थिए । गत असोज २५ गते संचालन भएको सो प्रतियोगितालाई नेब्रास्का नेप्लीज सोसाइटीले आयोजना गरेको थियो । कार्यक्रमलाई मिस नेपाल युनिभर्स २०१७ नगमा श्रेष्ठले कोरियोग्राफी एवं संचालन गरेकी थिइन् । कार्यक्रममा गायिका इन्दिरा जोशीको विशेष सांगीतिक प्रस्तुति थियो ।