‘मिसामी’मा नारी–व्यथा
२०३० सालमा लेखेर सोही वर्ष दोलखामा मञ्चन गरिएको नाटक ५१ वर्षपछि पुस्तकाकार रूपमा प्रकाशित

आगामी अक्टोबर २५ मा भेनेजुएलामा सम्पन्न हुने मिस ग्राण्ड इन्टरनेसनल २०१९ मा नेपालको तर्फबाट निशा पाठकको प्रतिनिधित्व हुने भएको छ । पद्म कन्या कलेजबाट बिजनेस एडमिनिट्रेसनमा स्नातक गरेकी २२ वर्षिया निशा पाठक सौन्दर्य प्रतियोगिताका लागि नयाँ नाम होइन ।
यस अघि घरेलु प्रतियोगिता मिस ग्लोबल इन्टरनेसनल २०१४का विजेता बनेकी निशा अन्तर्राष्ट्रिय प्रतियोगिता मिस हेरिटेज इन्टरनेसनल २०१५ मा थर्ड रनर अप विजेता बनेकी थिइन् ।
निशा मिस नेपाल २०१९ मा मिस कन्फिडेन्ट अवार्ड विजेता पनि हुन् । यसैगरी हालै सेप्टेम्बर ८ देखि १३ सम्म भियतनाममा संचालन भएको मिष्टर एण्ड मिस कल्चर वल्र्ड इन्टरनेसनल २०१९ नामक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गरेकी निशा पाठकले फस्ट रनर अप उपाधि जित्न सफल भएकी थिइन् ।
निशा संचारकर्मीका साथै फेसन कोरियोग्राफर तथा कार्यक्रम उद्घोषिका पनि हुन् ।