‘शिल्पाञ्जलि’ प्रदर्शन
काठमाडौंस्थित नेपाल आर्ट काउन्सिलमा हालै सपना खरेलको ‘शिल्पाञ्जलि’ कला प्रदर्शनी भयो । प्रदर्शनीमा उनले जापानी शैलीअनुसार पुष्प सजावट गर्ने कला प्रस्तुत गरिन् । प्रदर्शनीमा‘ओसिबाना’ र ‘चिगिरी–ई’ अन्तर्गतका कला राखिएको थियो ।
दक्षिणकाली नजिकैको न्यू दक्षिणकाली रिसोर्टमा शनिबारको वातावरण भिन्न देखिन्थ्यो जहाँ रिसोर्टको स्वीमिङ पुल परिसरमा निर्माण गरिएको र्याम्पमा व्यवसायिक मोडलहरूले आकर्षक क्याटवाक गरे । अवसर थियो–तेस्रो शृंखलाको मनसुन फेसन परेड–२०१९ । बेटर ग्यालेक्सीले आयोजना गरेको उक्त फेसन शो सार्थक हुने संकेत बिहानै देखिएको थियो ।
शनिबार बिहानैदेखि परेको झरीले मनसुन फेसन परेडमा क्याटवाक गर्ने मोडलहरूलाई उत्साहित बनाइरहेको थियो । त्यसक्रममा मोडलहरूले प्लास्टिकका पहिरन लगाएर क्याटवाक गरे, जसलाई दर्शकले रमाइलो मान्दै तालीले साथ दिए ।
फेसन शोमा नेपाल फेसन इन्स्टिच्युटका १५ जनाभन्दा बढी विद्यार्थीले तयार गरेका प्लास्टिकका विभिन्न पहिरन प्रदर्शन गरिएको थियो भने ४ वर्षदेखि १२ वर्ष उमेर समूहका बालबालिकाले दुईवटा सिक्वेन्समा समर वेयरहरू प्रदर्शन गरे । त्यसपछि करिब दुई दर्जन महिला तथा पुरुष मोडलले विभिन्न तीनवटा सिक्वेन्समा प्लास्टिकका विविध पहिरन प्रदर्शन गरेका थिए ।