बैशाख महिनाको राशिफल
बैशाख महिनाको राशिफल

चन्द्र खड्गी, महालक्ष्मी पेन्ट्स
महालक्ष्मी रंगको विशेषता के हो ?
महालक्ष्मीले सामान्यदेखि उच्च गुणस्तरको रंग बजारमा ल्याएको छ । हामीले बजारको मागलाई सम्बोधन गरेका छौं । बजारमा जुन किसिमको, जुन गुणस्तरको रंगको माग हुन्छ, हामीले सोहीअनुसार रंग ल्याएका छौं ।
रंगको टिकाउपन र गुणस्तरप्रति उपभोक्ताहरू कसरी विश्वस्त हुने ?
हामीले आफूले टिकाउ छ भन्नुभन्दा पनि यो उपभोक्ताले भन्ने कुरा हो । बजार रिपोर्टअनुसार हाम्रो रंगमा अहिलेसम्म कुनै किसिमको गुनासो आएको छैन । हामीले ७ वर्ष वारेन्टी दिन थालेको ८ वर्ष भैसकेको छ ।
रंग छनोट गर्दा के–कस्ता कुरामा ध्यान दिनुपर्छ ?
कम्पनीको ब्रान्ड हेरेर रंग छनोट गर्नुपर्छ । कति वर्षदेखि कम्पनीले रंग निकालिरहेको छ कम्पनी नयाँ हो कि पुरानो हो ध्यान दिनुपर्छ ।
अहिले आवासीय प्रयोजनका लागि कुन रंग बढी रुचाइएको छ ?
यही नै रंग भन्ने छैन । पहिले हामीले आफै डिजाइन बनाइदिन्थ्यौं । पहिले कम्पनीले जस्तो रंग बनायो उपभोक्ताहरू त्यही रंग प्रयोग गर्थे । अहिले उपभोक्ताले जुन रंग भन्छन् त्यही रंग कम्पनीले बनाउँछ । त्यसैले घरको रंग उपभोक्ताको रुचिमा भर पर्न थालेको छ ।