अब्बल व्यक्तित्व
नेपालका यौनिक तथा लैिंगक अल्पसंख्यकहरूका पीडा थुप्रै छन् । पारिवारिक र सामाजिक हेला मात्र होइन राज्यको विभेद, प्रहरी–प्रसाशनको दुर्व्यवहार र रोजगारीको अभावसमेत उनीहरूले झेलिरहेका छन् ।

घरमा कालो रंगको प्रयोग अशुभ हो पञ्चतत्व पृथ्वी, पानी, आकाश, अग्नि, वायुलाई सही तरिकाले हाम्रो भौतिक शरीरमा तालमेल गराउन वास्तुशास्त्रको विशेष भूमिका हुन्छ । यो पनि एउटा विज्ञान हो । वास्तुशास्त्रअनुसार घरको विभाजनलाई सही–सही दिशामा भाग लगाएजस्तै घरमा रंगरोगन गर्दा पनि दिशाअनुरूप समुचित उपाय अपनाउनुपर्छ ।
प्रकृतिमा देखिने रंगले हाम्रो मस्तिष्कमा प्रभाव पारिरहेको हुन्छ । कुनै पनि घर हेर्दा वा कुनै घरभित्र जाँदा सकारात्मक र नकारात्मक ऊर्जा हामी जोकसैले महसुस गर्न सक्छौं ।
घरको मुली जन्मदा ग्रह तथा नक्षत्रको अवस्थिति कस्तो थियो भन्ने कुराले पनि घर एवं कोठाको रंग निर्धारण गर्छ । घर रंगरोगन गर्दा वास्तुशास्त्रमा ध्यान दिए घरमा सकारात्मक ऊर्जा प्राप्त हुन्छ । रंगले हाम्रो जीवनमा प्रत्यक्ष प्रभाव पारेको हुन्छ । रंगले हामीमा सकारात्मक तथा नकारात्मक ऊर्जा प्रवाह गरिरहेको हुन्छ । वास्तुशास्त्रसँगै ज्योतिष शास्त्रमा पनि रंगलाई ग्रहहरूका आधारमा चयन गरिएको छ ।
मानिसको जुन ग्रह शुभ भएर बसेको छ, त्यो ग्रहको रंग प्रयोग गरे मानिसमा सकारात्मक सोचको विकास हुन्छ भने काममा जाँगरसमेत चल्छ । घर एवं कोठामा ग्रहअनुसार रंग लगाए सकारात्मक सोच, ऊर्जा, सुख, शान्ति एवं समृद्धि मिल्छ । सेतो रंग चन्द्रमासँग सम्बन्धित छ । सेतो रंगले घरमा शीतलताको अनुभूति प्रदान गर्छ ।
उत्तर–पूर्व दिशामा हल्का नीलो तथा हल्का पहेंलो ।
पूर्व दिशामा सेतो, हल्का नीलो र हल्का पहेंलो ।
पूर्व–दक्षिण दिशामा सप्तरंगी, गुलाबी वा चाँदी रंग ।
उत्तर दिशामा हरियो रंग ।
घरका विशेष कोठाहरूका लागि पनि विशेष रंगले सजाउन सकिन्छ ।
शयन कक्ष घरको दक्षिण–पश्चिम दिशामा भएको राम्रो मानिन्छ । यसमा नीलो रंगको प्रयोग उपयुक्त हुन्छ ।
पाहुना कोठा घरको उत्तर–पश्चिममा हुनुपर्छ जसमा सेतो रंग प्रयोग गर्नु उपयुक्त हुन्छ ।
बालबालिकाको सुत्ने–पढ्ने कोठा घरको उत्तर–पश्चिम दिशामा राख्नु उपयुक्त हुन्छ । बालबालिकाको कोठामा सेतो रंगको प्रयोग राम्रो मानिन्छ ।
भान्सा दक्षिण–पूर्वी दिशामा हुनुपर्छ । यसमा सप्तरंगी र हल्का रातो रंग प्रयोग गर्न सकिन्छ ।
शौचालय दक्षिण–पश्चिम दिशामा बनाउनुपर्छ जसमा सेतो तथा क्रिम कलर लगाउनु राम्रो मानिन्छ ।
बैठक कोठा पूर्व–उत्तर दिशामा बनाउनुपर्छ । यसमा पहेंलो वा सेतो रंगको प्रयोग शुभ मानिन्छ ।
पूजा कोठा घरको पूर्व–उत्तर दिशामा बनाउनुपर्छ । यसमा हल्का पहेंलो, हल्का नीलो वा सेतो रंग शुभ मानिन्छ ।
घरबाहिरको रंग हल्का पहेंलो, गुलाबी वा सप्तरंगी भएको राम्रो मानिन्छ । घरको मूल ढोकामा कालो रंगबाहेक खैरो, काठ कलर वा माटो कलर प्रयोग गर्न सकिन्छ ।