रंगमञ्चदेखि रंगीन जीवनसम्म
‘प्रेम, सम्मान, विश्वास, आपसी समझदारी, एक–अर्काको अस्तित्व स्वीकारले दाम्पत्य जीवन सफल मात्रै होइन सुन्दर र खुसीयाली हुन्छ ।’
चिटिक्क मिलेको जीउडाल भएका युवतीहरूको सौन्दर्य प्रतियोगिताहरूमाझ सबै किसिमको जीउडाल भएका युवतीहरूको सहभागितामा पहिलो मिस नेपाल कर्भी सम्पन्न भएको छ । फरिया सेन्टरद्वारा आयोजित उक्त प्रतियोगिता ठमेलस्थित छायाँ सेन्टरमा सञ्चालन भएको थियो ।
३० जना सहभागी उक्त प्रतियोगितामा सोनल शर्माले मिस नेपाल युनिभर्स, अनुराधा ढुंगानाले मिस नेपाल वल्र्ड, सेविका बम्जन शाहीले मिस नेपाल अर्थ, माला कुमारी सुनारले मिस नेपाल इन्टरनेसनल तथा रक्षा प्रधानले मिस नेपाल सुप्रानेसनलको उपाधि जितेका थिए ।