हिमालयन आर्ट फेस्टिभल २०२५ प्रारम्भ
फेस्टिभलमा १ सय ४० भन्दा बढी नेपाली कलाकारका पेन्टिङ, पौभा, मूर्तिकला, प्रिन्ट मेकिङ, इन्स्टलेशन, सेरामिक्सलगायतका विधाका उत्कृष्ट कृतिहरू प्रदर्शनीमा राखिएका छन् ।
गीतकार विमला तुलाचनको गीति एल्बम ‘मेरी आमा’को लोकार्पण गरिएको छ । राजधानीको कमलादी स्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा विशेष समारोहका बीच एल्बमको लोकर्पण गरिएको हो ।
एल्बममा ‘कहिले खहरेझैं...’, ‘हाम्रो प्रेम अजम्बरी...’, ‘सुन मायालु...’जस्ता चार गीत समावेश गरिएको छ । एल्बममा रहेका गीतमा उदय सोताङ, मनिला सोताङ, रिमा गुरुङ हाडा, सत्यराज आचार्य र अञ्जु पन्तको स्वर रहेको छ । वसन्त मुकारुङको एकल सङ्गीत रहेको एल्बमका गीतमा सचिन सिंह, फणिन्द्र राई र नोर्बु शेर्पाको सङ्गीत संयोजन रहेको छ ।
समारोहमा कवि तथा गीतकार श्रवण मुकारुङ, शशि लुमुम्बु, चन्द्र रानाहाछा, सङ्गीतकार राजु सिंह, गायक तथा गीतकार गौरब गुरुङ, भीमलाल गुरुङ, जगतमर्दन थापा, विश्ववल्भ लगायतको उपस्थिती रहेको थियो ।