फोटो पत्रकार प्रधानलाई मातृशोक
कान्तिपुर पब्लिकेसन्सको सह–प्रकाशन नारी मासिकका फोटोपत्रकार महेशमान प्रधानलाई मातृशोक परेको छ । प्रधानकी ममतामयी आमा लक्ष्मी प्रधानको ७६ वर्षको उमेरमा निधन भएको हो ।
१३ औं संस्करणको लिटिल कास्की–२०७६ को उपाधि न्यू लेखनाथ पब्लिक स्कुलमा अध्ययनरत सिसुवाकी वासिकल गुरुङले जितेकी छिन् । पोखरा उद्योग वाणिज्य संघको हल गैरापाटनमा भएको फाइनलमा अनुष्का गुरुङ फस्ट रनर्सअप तथा नन्दिता सुवेदी सेकेन्ड रनर्सअप घोषित भए । नवसाधना कला केन्द्रले आयोजना गरेको उक्त प्रतियोगितामा लिटिल कास्कीतर्फ १२ वर्षसम्मका बालिका सहभागी थिए ।
यसैगरी कास्की च्याम्पियनतर्फ तालचोककी एन्जिला पुनले उपाधि जितिन् । अनिमा गुरुङ फस्ट रनर्सअप तथा नवीन श्रेष्ठ सेकेन्ड रर्नसअप घोषित भएको यो विधामा २५ वर्षसम्मका युवतीहरूले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगिताको दुवै विधामा गरी कुल ४ सय जनाले अडिसनमा भाग लिएकोमा विभिन्न चरणमार्फत छानिएका लिटिल कास्कीतर्फका १५ जना तथा कास्की च्याम्पियनसिपतर्फका ८ जनाबीच फाइनल प्रतिस्पर्धा गराइएको थियो ।