Successfully Copied

मिस नेपाल कर्भी

फरिया सेन्टर प्राइभेट लिमिटेडले काठमाडौंमा मिस नेपाल कर्भीको आयोजना गर्ने भएको छ । यो सौन्दर्य प्रतियोगितामा शरीर मिलेको तथा जीउडाल राम्रो भएका युवतीले मात्र भाग लिनुपर्ने मान्यता तोड्दै यो सौन्दर्य प्रतियोगितामा सबै किसिमका रूप–रंगकाहरूलाई सहभागी गराइने बताइएको छ ।

फरिया सेन्टर प्राइभेट लिमिटेडले काठमाडौंमा मिस नेपाल कर्भीको आयोजना गर्ने भएको छ । यो सौन्दर्य प्रतियोगिता अन्य प्रतियोगिताको तुलनामा केही फरक किसिमको हुने सेन्टरले जानकारी दिएको छ । 

शरीर मिलेको तथा जीउडाल राम्रो भएका युवतीले मात्र सौन्दर्य प्रतियोगितामा भाग लिनुपर्ने मान्यता तोड्दै यो सौन्दर्य प्रतियोगितामा सबै किसिमका रूप–रंगकाहरूलाई सहभागी गराइने बताइएको छ ।

महिलाहरूको क्षमताको कुरा गर्दै खालि बाहिरि सौन्दर्य प्रतियोगिता मात्र हुने भएकाले भित्री प्रतिभा र क्षमता वृद्धि गराई महिलाहरूमा हौसला प्रदान गर्ने यो प्रतियोगिताको लक्ष्य छ । 

उमेर ढल्दैमा र शरीर मोटो हुँदैमा कोही पनि प्रतिभाविहीन वा कमजोर हुन्छन भन्ने हुँदैन । त्यसैले सबै महिला उद्यमशील र सामाजिक बन्नुपर्छ भन्ने हेतुले यो प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजकहरूले बताएका छन् । आगामी भदौ १२ गते ठमेलस्थित छायाँ सेन्टरमा सञ्चालन हुने यो प्रतियोगिताको ग्रान्ड फिनालेमा ३० जनाले प्रतिस्पर्धा गर्नेछन् । 

 

 Image