‘नेपालीहरूमा खानपानको शैली बदलिएको छ’
पछिल्लो समय इन्टरनेसनल एक्सपोजर र व्यस्तताले नेपालीहरूको खानपान शैली र सोच बदलिएको छ । बाहिर गएर खाने, ह्याङआउट गर्ने, नयाँ–नयाँ स्वादका फुड टेस्टिङ गर्ने ट्रेन्ड बढेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तिलगंगा आँखा प्रतिष्ठानलाई आफ्नो समन्वय केन्द्रका रूपमा मान्यता दिएको छ । आँखाको स्वास्थ्य सेवा, लेन्सको उत्पादन एवं अनुसन्धानका क्षेत्रमा उल्लेख्य योगदान पुर्याएकाले अस्पताललाई आफ्नो समन्वय केन्द्रका रूपमा मान्यता दिइएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
प्रतिष्ठानकी कार्यकारी अधिकृत प्रा.डा.रीता गुरुङलाई डब्लुएचओका देशीय प्रतिनिधि डा. जोस भेन्डरलेरले डब्लुएचओ समन्वय केन्द्रको मान्यता प्राप्त गरेको प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा. सन्दुक रुइतले आँखा अस्पतालले हालसम्म ६० लाख आँखा रोगीको उपचार तथा ४ लाख बढीको आँखाको शल्यक्रिया गरेको बताए ।